मुख्य समाचार
खेलकूद
— गत असोजको भारी वर्षा र बाढीका कारण क्षतिग्रस्त बनेको च्यासल रंगशाला अझैसम्म पुननिर्माण भइसकेको छैन । बाढी र डुबानले मैदानको खोलापट्टिको संरचना भत्काएको थियो भने चौरमा माटोले पुरिएर खण्डहर बनेको थियो । बाढीले क्षति भएको तीन महिनापछि अहिले मैदानको मर्मत सम्भारको काम भइरहेको छ । राष्ट्रिय खेलकूद परिषद्ले करिब पाँच वर्ष लगाएर सन् २०२१ मा ...
— अस्ट्रेलियाले पाँचौं, अन्तिम तथा निर्णायक टेस्टमा आइतबार भारतलाई ६ विकेटले पराजित गरेको छ । सिडनी क्रिकेट मैदानमा जितका लागि १ सय ६२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले चार विकेट गुमाएर त्यसलाई प्राप्त गरेको थियो । यससँगै अस्ट्रेलियाले सिरिज ३–१ ले जितेको छ र बोर्डर–गावस्कर ट्रफि आफ्नो नाममा लेखाएको छ । अस्ट्रेलियाले भारतलाई टेस्ट सिरिजमा हराएको यो ...
— नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगको उपाधि होडमा धक्का महसुस गर्नु परेको छ र शीर्षमा रहेको लिभरपुलभन्दा कमजोर भएको छ । आर्सनलले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो । म्यानचेस्टर सिटी भने वेस्ट ह्याममाथि ४–१ को जित निकाल्न सफल रह्यो । लयमा रहेको न्युकासल युनाइटेडले टोटनहमलाई अर्को पीडादायी २–१ को हार आत्मसात् गर्न बाध्य पार्‍यो । पछिल्लो ...
। जय ट्रफी एलिट कप दुई दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबको कप्तानी आरिफ शेखले गर्ने भएका छन् । नियमित कप्तान दीपेन्द्रसिंह ऐरी आइएल टी२० क्रिकेट खेल्न यूएई जाने भएपछि आरिफले पुलिसको कप्तानी गर्न लागेका हुन् । पुलिसले जय ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ जसमा राष्ट्रिय टिमका अधिकांश खेलाडी छन् । राष्ट्रिय टिमका कुशल ...
। त्रिभुवन आर्मी क्लबले जय ट्रफी एलिट कप खेल्ने अन्तिम टोलीको टुङ्गो लगाएको छ। नरेन साउद, दुर्गेश गुप्ता र आकाश चन्दले पनि त्रिभुवन आर्मी क्लबबाट खेल्ने भएका छन् । आर्मीले विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । आर्मीमा पनि राष्ट्रिय टोलीका खेलाडीहरू छन् । सोमपाल कामी, कुशल मल्ल, भीम सार्की, विवेक यादव, ...
। नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले योगदान दिएका नेताहरूको नाममा विभिन्न शहरमा खेलकुद प्रतियोगिताहरू गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा ३७ स्वर्गीय नेताहरूको नाममा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको हो । वीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका ३७ जना नेताहरूको नाममा फुटबललगायतका विभिन्न प्रतियोगिताको आयोजना गरिने ...
। नेपालमा आगामी फेब्रुअरीमा चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार प्रतियोगिताबारे जानकारी गराएको हो । नेपालको आयोजनामा फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा हुने प्रतियोगितामा किर्गिस्तान, लेबनान र म्यानमारको महिला फुटबल टोलीका बीचमा प्रतिस्पर्धा हुनेछ । फिफाको अन्तर्राष्ट्रिय विन्डोका बेला उक्त प्रतियोगिताको आयोजना हुन लागेको ...
। नेपाली कांग्रेसले आगामी माघमा सर्वाधिक पुरस्कार राशीको सभापति कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ, महाधिवेशन निर्देशन समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । संघले बिहीबार सानेपास्थित केन्द्रिय कार्यलयमा पत्रकार सम्मेलन गर्दै सभापति कप फुटबल प्रतियोगिता २०८१ आयोजना हुने औपचारिक जानकारी दिएको हो । प्रतियोगिता माघ १० देखि १७ गतेसम्म ...
। इन्जिनियरिङ अध्ययन संस्थान ‘पुल्चोक गर्ल्स’ ले म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आगामी शनिबार हुने म्याराथनमा ५ सय बढी सहभागी हुने कार्यक्रम संयोजक सुजिता शर्माले बताइन् । ‘प्रतियोगितमा भाग लिनेका लागि १ सय शुल्क तोकिएको छ । यसबाट उठेको पैसा बालगृहलाई सहयोग गर्छौं,’ उनले भनिन् । म्याराथान पुल्चोक क्याम्पसबाट सुरु भएर ७ किलोमिटर दौडिएपछि पुल्चोकमै ...
: फेवातालमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको सबै विधामा चिनियाँ टोली च्याम्पियन बनेका छन् । दोस्रो नेपाल–चीन फ्रेन्डसिप ड्रागनबोट रेसअन्तर्गत दुई सय किलोमिटर ड्रागनबोट रेसमा चीनको टोङ वान लाओ यो क्लब ४७ सेकेन्डमा निधारित दूरी पूरा गर्दै प्रथम भएको छ । यस्तैगरी युन्नान मिन्चु युनिभर्सिटीले निर्धारित दूरी ४८ सेकेन्डमा पूरा गर्दै दोस्रो भएको छ भने लाइओ ...
: रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजी क्षेत्रको लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुँदै छ । अष्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरले एक्स्ट्राटेक ओभल प्रालिमार्फत ६० करोड रुपैयाँ लागतमा तिलोत्तमा नगरपालिका–१७ पूर्वदरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरेका हुन् । ६ बिघा क्षेत्रफलमा फैलिएको रंगशालामा खेलाडी ड्रेसिङ रुम, मिडिया बक्स, भीआईपी बक्स लगायत पूर्वाधार निर्माणका काम भइरहेका छन् । ‘क्रिकेट ...
— नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका उत्कृष्ट नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी सोमबार ओमोडा एन्ड जेइको अटोमोबाइल्सको ब्रान्ड एम्बासडर बनेका छन् । चिनियाँ ओमोडाका लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स र दीपेन्द्रबीच सम्झौता भएको हो । सम्झौतामा एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा र दीपेन्द्रले हस्ताक्षर गरेका हुन् । निर्देशक शारडाले दीपेन्द्रलाई गाडीको साँचो हस्तान्तरण गरे । सम्झौताको ...
— लियाम डेलापको उत्कृष्ट प्रदर्शनपछि इपस्विच टाउनले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई २–० ले हराएको छ । यो सिजन आफ्नो घरेलु मैदानमा इपस्विचको यो पहिलो जित हो । हारले भने चेल्सीलाई गम्भीर धक्का लागेको छ । चेल्सी ३६ अंकमै सीमित रहेर तेस्रो स्थानमा रह्यो र यो शीर्षमा रहेको लिभरपुलसँग नौ अंकको दूरी हो । इपस्विच भने १५ ...
— अस्ट्रेलियाले चौथो टेस्टको अन्तिम सेसनमा नाटकीय ढंगले भारतको ७ विकेट लिएपछि सोमबार रोमाञ्चक १ सय ८४ रनको जित हात पारेको छ । यस जितसँग ५ टेस्टको शृंखलामा २–१ को अग्रता पनि लिएको छ । दिनको खेल सकिन १२.५ ओभर मात्रै बाँकी रहेका बेला भारत १ सय ५५ रन बनाएर अलआउट भएको थियो । अब अन्तिम तथा पाँचौं टेस्ट ...
— अन्तर्राष्ट्रिय खेलकुदको दृष्टिकोणबाट सन् २०२४ पनि उत्तिकै नाटकीय, सनसनीपूर्ण र रोमाञ्चक रह्यो । यस वर्षलाई सबैभन्दा बढी सम्झिने भनेको पेरिस ओलम्पिककै लागि हो । पछिल्लो समय धेरैलाई लाग्न थालेको थियो, सायद ओलम्पिकमा जस्तो पहिलो हुने गर्थ्यो त्यस्तो आकर्षण रहेन् । अझ ओलम्पिकको आयोजना आफैमा अत्याधिक खर्चालु हुन थालेको थियो । यस्तोमा स्वंय ओलम्पिककै आयोजनामा ...
First Prev 1 2 3 4 5 6 7 8 9 10 ... Next Last