मुख्य समाचार
खेलकूद
। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजकमा एनसेल पनि जोडिएको छ । एनपीएलको पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेललाई ‘पावर्ड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको जनाइएको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो महत्त्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो । यसअघि ...
। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा गर्ने व्यक्तिले उपचार सुविधा पाउने रकम एक लाखबाट बढाएर पाँच लाख पुर्‍याउने महत्वाकांक्षी योजना अगाडि सारेको छ । हाल कार्यान्वयनमा रहेको एक लाख रुपैयाँको स्वास्थ्य बीमाले धेरै नागरिकलाई राहत दिए पनि यो रकम अपर्याप्त रहेको मन्त्रालयले निश्कर्ष निकालेको छ । विशेष गरी मिर्गौला, मुटु, कलेजो, फोक्सो र मस्तिष्कघात जस्ता ...
। नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन् । यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा सुरु हुनेछ हुनेछ । लिगको दोस्रो दिन कुनै खेल हुने छैन । कीर्तिपुरसहित देशका विभिन्न स्थानमा हुने उपनिर्वाचनका ...
। यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत भएको खेलमा फ्रान्सले जित निकालेको छ । लिग ए समूह २ अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले इटालीलाई ३-१ गोलअन्तरले हराएको हो । फ्रान्सको जितमा आड्रियन राबियटले दुई गोल गरे भने लुकास डिग्नेको फ्रिकिक प्रहार गोलरक्षकको हातमा लाग्दा आत्मघाती गोल मानिएको थियो । आन्द्रिया कामबियासोले इटालीका लागि एकमात्र गोल गरे । खेलको ...
। युवा खेलाडी एर्लिङ हालान्डको ह्याट्रिक मद्दतले नर्वेले यूईएफए नेसन्स लिग फुटबलमा फराकिलो जित हासिल गरेको छ । लिग बी समूह ३ अन्तर्गत भएको खेलमा नर्वेले कजाकस्तानलाई ५-० को फराकिलो अन्तरले हराएको हो । नर्वेको जितमा हालान्डले ह्याट्रिक गर्दा एलेजेण्डर सोर्लोथ र एन्टोनियो नुसाले एक/एक गोल गरे । खेलको २३औं मिनेटमा हालान्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए ...
— टिम क्लेनडिनेस्ट र फ्लोरिन विर्टजको दुई/दुई गोलमा जर्मनीले यूईएफए नेसन्स लिगमा शनिबार बोस्नियामाथि ७–० को फराकिलो जित निकालेको छ । प्रतियोगिताको ६ वर्षको इतिहासमा यो नै अहिलेसम्मको सबैभन्दा ठूलो अन्तरको जित हो । यो जितसँगै जर्मनीले एक खेल अगाडि नै लिग–ए ग्रुप–थ्री जित्ने निश्चित भएको छ । जर्मनी यसअघि नै प्रतियोगिताको क्वाटरफाइनल पनि पुगिसकेको छ ...
। विश्वकपमा छनोट इतिहास रच्‍न सफल नेपाली यू–१९ महिला टोलीका सदस्यहरुलाई नेपाल प्रिमियर लिग (एनपीएल)का आठ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् । ऐतिहासिक उपलब्धीको सम्मान स्वरुप एनपीएलका सबै आठ फ्रेन्चाइज टोलीहरुले संयुक्त रुपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । यसअघि नेपाल क्रिकेट संघ क्यानले टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन ...
— नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटलाई मुख्य प्रायोजन सिद्धार्थ बैंकले गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाली क्रिकेटको सबैभन्दा ठूलो इभेन्टका लागि शुक्रबार सिद्धार्थ बैंकलाई प्रमुख प्रायोजकको रूपमा भित्र्याएको घोषणा गरेको थियो । क्यान र सिद्धार्थ बैंकबीच ५ वर्षे सम्झौता भएको छ । सम्झौताअनुरुप एनपीएलको ...
। लुम्बिनी लायन्सले आउँदो नेपाल प्रिमियर लिगको लागि बार्बाडियन फास्ट बलर रामोन सिमण्ड्सलाई टिममा ल्याएको छ । सिमण्ड्स लुम्बिनी लायन्सले हस्ताक्षर गरेको चौँथो विदेशी खेलाडी हुन् । बायाँ हाते पेसरको रुपमा सिमण्ड्सले २० वर्षको उमेरमा नै वेस्ट इन्डिज क्रिकेटमा आफ्नो पहिचान बनाइसकेका छन् । विशेषगरी उनले आईसीसी यू-१९ क्रिकेट विश्वकपमा वेस्ट इन्डिज यू–१९ टिमका लागि उत्कृष्ट ...
— क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले शुक्रबार राति पोल्यान्डलाई ५–१ ले हराएको छ । यस जितसँगै पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल पनि पुगेको छ । खेलका सबै छ गोल दोस्रो हाफमा भएको थियो । त्यसक्रममा पोर्चुगलले उत्कृष्ट आक्रमण खेल प्रदर्शन गरेको थियो । रोनाल्डोले ७२ औं मिनेटमा पेनाल्टीबाट गोल गरेपछि ८७ औं मिनेटमा दोस्रो थपे । ...
— दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिबार उरुग्वेले कोलम्बियामाथि ३–२ को महत्त्वपूर्ण जित निकालेको छ । यो जितसँगै उरुग्वे कोलम्बियालाई उछिन्दै अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । उरुग्वेको जित भने नाटकीय रह्यो र उसका लागि म्यानुएल उगारटेले दोस्रो हाफको इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । यस अगाडि इन्ज्युरी समयकै छैटौं मिनेटमा आन्द्रेस गोमेजले ...
। दक्षिण अफ्रिकासँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा भारतले जित हासिल गरेको छ । शुक्रबार राति भएको चौथो खेलमा १३५ रनको फराकिलो जित निकाल्दै भारतले श्रृंखला ३-१ ले जितेको हो । भारतले दिएको २८४‌ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८.२ ओभरमा १४८ रनमा अल आउट भयो । ट्रिस्टन स्टब्सले सर्वाधिक ४३ रन बनाए भने डेभिड मिलरले ...
: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्ट्सलाई जिम्मेवारी दिएको बताए। उनले नेपालको घरेलु लिगलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा ...
। नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ । क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिइनेछ । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । बुधबार भएको निर्णायक खेलमा यूएईलाई हराउँदै नेपाल आगामी जनवरीमा मलेसियामा ...
— इटाली र फ्रान्सले नेसन्स लिगको क्वाटरफाइनल यात्रा बिहीबार निश्चित गरेका छन् । इटलीले लिग–वान ग्रुप–टुको खेलमा बेल्जियमलाई १–० ले हरायो । त्यसमा सान्ड्रो टोनालीले १ मात्र गोल गरे । इटालीका लागि उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि रह्यो । फ्रान्सले भने इजरायलसँग गोलरहित बराबरी खेल्यो । लिग–बी ग्रुप–टुको खेलमा भने इंग्ल्यान्डले ग्रिसलाई ३–० र आयरल्यान्डले ...
। फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले हार व्यहोरेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना पाराग्वेसँग २-१ गोलअन्तरले पराजित भएको हो । खेलमा सुरुआती अग्रता लिएको भएपनि त्यसलाई जोगाउन नसक्दा अर्जेन्टिना पराजित भयो । लाउतारो मार्टिनेजले ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि १९औं मिनेटमा पाराग्वेका एन्टोनियो सानाब्रियाले बराबरी गोल ...
First Prev ... 46 47 48 49 50 51 52 53 54 55 56 ... Next Last