मुख्य समाचार
खेलकूद
। रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गएराति गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ । एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो । बैंग्लोरले १४८ रनको विजय लक्ष्य १३.४ ओभरमा ६ विकेटमा पूरा गर्‍यो । बैंग्लोरका लागि फाफ डु प्लेसिसले २३ बलमा ३ छक्का र १० चौका ...
। रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति जिरोनासँग ४-२ ले पराजित भएपछि रियलले चार खेल अगाडी नै उपाधि पक्का गरेको छ । त्यसअघि भएको खेलमा रियलले क्याडिजलाई ३-० ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । उपाधि जित्न रियललाई एक अंक आशव्यक थियो । ...
। एर्लिङ हालान्ड एक्लैले चार गोल गरेपछि म्यानचेष्टर सिटीले प्रिमयर लिगमा वल्भसलाई ५-१ ले सहजै पराजित गरेको छ । हालान्डले प्रिमियर लिगमा पहिलो पटक एकै खेलमा चार गोल गरेका हुन् । शीर्ष स्थानको आर्सनललाई पछ्याइरहेको सिटी लगातार चार प्रिमियर लिग उपाधि जित्ने अभियानमा छ । घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा हालान्डले पहिलो हाफमै ह्याट्रिक गरेका थिए ...
— लुटन टाउनले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनसँग १–१ को बराबरी खेलेको छ र यो नतिजाले रेलिगेसनबाट बच्न संघर्षरत उसलाई अझ गाह्रो पार्नेछ । यस खेल अगाडि एभरटन आफैं रेलिगेसनबाट बच्ने निश्चित भइसकेको थियो । एभरटनले खेलको २४ औं मिनेटमा डोमिनिक क्लेभर्ट लेविनको पेनाल्टी गोलले अग्रता लिएको थियो । एलिजह एडेबायोले ३१ औं मिनेटमा बराबरी गोल ...
— मिचेल स्टार्कले अनुशासित बलिङ गर्दै चार विकेट लिएपछि कोलकाता नाइट राइडर्सले शुक्रबार आईपीएल २०२४ मा मुम्बई इन्डियन्सलाई २४ रनले पराजित गरेको छ । जितका लागि कमजोर मानिने १ सय ७० रन पछ्याएको मुम्बई वानखडे स्टेडियममा १८.५ ओभर मात्रै टिक्यो र १ सय ४५ रन बनाएर अलआउट भयो । सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाएर ...
— ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबार पाँचौं तथा अन्तिम ट्वान्टी–२० खेल खेलेपछि नेपाली राष्ट्रिय टोली दुई चरणमा विश्वकपका लागि फ्लोरिडा लाग्ने तालिका रहेको छ । अमेरिका र वेस्ट इन्डिजमा जुनमा आयोजना हुने ट्वान्टी–२० विश्वकपका लागि एक समूहमा आइतबार (बिहान २.३० बजे) र आइतबार दिउँसो गरी दुई ...
: अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज एलाई ६ विकेटले पराजित गरेको छ। कुशल मल्लले आक्रामक ब्याटिङ गरेपछि वेस्ट इन्डिज एले दिएको १७३ रनको लक्ष्य नेपालले ७ बल अगावै पूरा गर्‍यो। मल्लले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। उनले १९औं भरमा लगातार बाउन्ड्री प्रहार गरेका थिए। नेपाललाई जित दिलाउन अनिल साह र आसिफ ...
— आसिफ शेख र अनिल साहले अर्धशतक बनाएपछि नेपालले ट्वान्टी २० क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ७३ रनको लक्ष्य नेपालले ७ बल अगाडि नै पुरा गर्‍यो । आसिफ र अनिलले दोस्रो विकेटमा ७१ बलमा ९६ रनको साझेदारी तथा ...
: वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले टी–२० शृंखलाअन्तर्गत अन्तिम खेल आज खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँचौं खेल १२:१५ बजेबाट सुरू हुने छ। नेपाललाई पराजित गर्दै वेस्ट इन्डिजले एक खेलअगावै शृंखला ३-१ ले जितिसकेको छ। यो शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको हो। नेपालले गत शनिबार पहिलो खेलमा वेस्ट इन्डिजलाई ४ विकेटले पराजित ...
— साताअघि (बिहीबार) नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पाँच ट्वान्टी–२० खेलको शृंखला खेल्ने १६ सदस्यीय टोली घोषणा गरेको थियो । यहींबाट उत्कृष्ट १५ खेलाडीले अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने निश्चित जस्तै थियो । तर, यो सूचीमा सागर ढकाल र कमलसिंह ऐरी थिएनन् । भोलिपल्ट शुक्रबार वेस्ट इन्डिज ‘ए’ विरुद्धको ...
— भिनिसियस जुनियरले गरेको दुई गोलको मद्दतले रियल म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा बायर्न म्युनिकलाई २–२ को बराबरीमा रोकेको छ । रियलले २४ औं मिनेटमा भिनिसियको गोलले २४ औं मिनेटमा अग्रता लिएपछि बायर्नले दुई गोल गरेको हो । त्यसमा लिरोय सेन र ह्यारी केनले गोल गरेका थिए । केनले पेनाल्टीबाट गोल गरेका हुन् ...
— बेलायतमा हुने दुई मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवको उपस्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवलगायतसँग आज मंगलबार छलफल गरेका छन् । एन्फाले सोमबार मात्र २३ खेलाडी र ७ पदाधिकारीलाई बिदाइ गरेको थियो । निर्धारित तालिकाअनुसार नेपाली फुटबल ...
— कप्तान रोहित पौडेलले अर्को उत्कृष्ट इनिङ्स खेले पनि नेपाल बिहीबार ट्वान्टी २० क्रिकेट शृंखलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग २८ रनले पराजित भएको छ । रोहितले ४७ बलमा ८४ रन बनाए पनि २ सय १० रनको लक्ष्य लिएर आएको नेपाल पूरा २० ओभर खेली १ सय ८१ रनमा अलआउट भयो । यो सँगै वेस्ट ...
— इंग्ल्यान्ड र नेपालबीच हुन लागेको पहिलो ऐतिहासिक फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली लन्डन उत्रिएको छ । मे ६ तारिख सोमबार अल्डरसट टाउन फुटबल क्लब स्टेडियममा हुने मैत्रीपूर्ण खेलमा भाग लिन खेलाडी, प्राविधिक र एन्फा पदाधिकारीसमेत लन्डन आइपुगेका हुन् । नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान किरणकुमार लिम्बूसहित १२ खेलाडी बिहीबार दिउँसो लन्डन उत्रिएका छन् ...
— एसियाली खेलकुद पत्रकार महासंघ (एआईपीएस एसिया) को २५ औं कंग्रेस भदौ अन्तिम साता नेपालमा हुने भएको छ । स्पेनको सान्ता सुसानामा भएको एआईपीएस एसियाको बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले उक्त कंग्रेस आयोजनाको जिम्मा पाएको हो । बैठकमा नेपाल, मलेसिया र किर्गिस्तानले दाबी पेस गरेकामा नेपालको प्रस्ताव स्वीकृत भएको हो । नेपाल खेलकुद पत्रकार मञ्चले यसअघि सन् ...
: नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ। क्यानले बुधबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा सागर ढकाल र कमलसिंह ऐरी समेटिएका छन्। टोलीमा आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश ...
First Prev ... 48 49 50 51 52 53 54 55 56 57 58 ... Next Last