मुख्य समाचार
खेलकूद
— भारतले एसीसी महिला यू-१९ एसिया कपको उपाधि जितेको छ । आइतबार बंगलादेशलाई ४१ रनले हराउँदै भारतले उपाधि जितेको हो । मलेसियाको क्वालालुम्पुरस्थित बायुमास क्रिकेट ओभलमा भारतले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १८.३ ओभरमा १० विकेट गुमाउँदै ७६ रनमा समेटिएको थियो । बंगलादेशका लागि जुअैरिया फिरदोसले २२ रन बनाउँदा फाहोमिया चोयाले १८ रज बनाए ...
— ग्याब्रिएल जेससले दुई गोल गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ५–१ को प्रभावशाली जित निकालेको छ । यो जितपछि आर्सनलले लिग तालिकाको शीर्षमा रहेको लिभरपुलसँगको दूरी तीन अंकमा छोट्याएको छ र तेस्रोमा छ । आर्सनलको १७ खेलबाट ३३ अंक छ । लिभरपुलको दुई खेल कम खेलेको छ र ३६ अंक छ । चेल्सी भने ...
— नेपालले वुमेन्स यू-१९ मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा आइतबार भुटानसँग १-१ को बराबरी खेलेको छ । दशरथ रङ्गशालामा भएको खेलमा सुशीला केसीले नेपालका लागि पहिलो गोल गरिन । उनले पेनाल्टी एरिया बाहिरबाट ४७ औं मिनेटमा गरेको प्रहार गोलमा परिणत भएको हो । तर यो नै निर्णायक भने सावित भएन । भुटानका लागि फुन्ट्सो छोदेनले ८० औं मिनेटमा बराबरी ...
: नेपाल प्रिमियर लिग पहिलो सिजनको च्याम्पिन बन्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ पाएका छन्। नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जनकपुरका कप्तान अनिल साह र आजको खेलका कप्तान आसिफ शेखलाई उक्त रकमको चेक हस्तान्तरण गरे। त्यस्तै दोस्रो हुँदै सुदूपश्चिम रोयल्सले ५१ लाख, तेस्रो हुँदै कर्णाली याक्सले २५ लाख र चौथो हुँदै १५ ...
: नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन्। एनपीएलको उपाधि जित्न चुकेका ऐरीले कार जितेका हुन्। उनले ओमोडा एण्ड जेइको ब्रान्डको ओमोडा गाडी जितेका हुन्। उनले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै जनकपुर बोल्ट्सका ललित राजबंशीले मोटरसाइकल जितेका छन्। एनपीएलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी ललितले ...
— नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्स जितेकामा जनकपुरमा खुसियाली मनाइँदै छ । खेलप्रेमीहरूले जनकपुरमा मोटरसाइकल र्‍याली र रथयात्रा निकाल्दै अबिर दलेर एकअर्कामा खुसी साटासाट गरिरहेका हुन् । समूह–समूहमा जम्मा भएका युवाले जनकपुरका विभिन्न चोकमा जनकपुर बोल्ट्सको गीत गाएर बाजागाजाका साथ नाचगान गर्दै खुसियाली साटासाट गरिरहेका छन् । युवाहरूले पटाका पड्काउँदै आतिसबाजीसमेत गरेका छन् । लाहिरु ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेकोमा जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । नेपाल जेसीजको ५१औं राष्ट्रिय महाधिवेशन उद्‌घाटन गर्न इटहरी पुगेका प्रधानमन्त्री ओलीले फाइनल खेल हेर्न नपाएको भन्दै आफ्नो ध्यान त्यतैतिर रहेको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फाइनल खेल ...
— जनकपुर बोल्ट्सका लाहिरु मिलान्था नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो सिजनमा उच्च स्कोरर बनेका छन् । फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध निर्णायक इनिङ्स खेलेपछि मिलान्थाले रबि बोपारा, रोहित पौडेललाई उछिनेका हुन् । फाइनलको दोस्रो इनिङ्स अगाडि सर्वाधिक रन बनाउनेमा मिलान्थाभन्दा माथि चितवन राइनोजका बोपारा, लुम्बिनी लायन्सका कप्तान रोहित, सुदूरपश्चिमका सैफ जैब, जनकपुरकै जिम्मी निशम र सुदूरपश्चिमका विनोद ...
— मलेसियामा जारी महिला यू-१९ एसिया कपको ‘सुपर-४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक-एक अङ्क बाँडेका छन् । आजको खेलमा नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलङ्काको एक विकेट लिएको थियो । वर्षा ...
— भारतीय अफस्पिनर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) ले सामाजिक सञ्जाल एक्समा उत्कृष्ट खेलका लागि धन्यवाद दिँदै अश्विनले सन्न्यास लिएको जानकारी दिएको हो । ब्रिसबेनमा अस्ट्रेलियाविरुद्ध भएको टेस्ट खेल ड्रम भएपछि अश्विनले सन्न्यास घोषणा गरेका हुन् र ३८ वर्षीय अश्विनले १०६ टेस्टबाट ५३७ विकेट लिएका छन् । उनले ...
: कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा पुगेको छ। टियु क्रिकेट मैदानमा कर्णालीलाई २ विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको हो। यससँगै जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिमसँग भेट पक्का गरेको हो। चितवन राइनोजलाई २१ रनले एलिमिनेटरमा पराजित गर्दै कर्णाली दोस्रो क्वालिफार्यस प्रवेश गरेको थियो। जनकपुर भने पहिलो क्वालिफार्यसमा सुदूरपश्चिमसँग ८ विकेटले हार बेहोरेको ...
: जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ। टियु क्रिकेट मैदानमा बुधबार जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल पुग्ने पहिलो टोली बनेको हो। हारसँगै जनकपुरले दोस्रो क्वालिफारमा कर्णाली याक्ससँगको भेट पक्का गरेको छ। जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो। सुदूरपश्चिमका ...
— नेपाल प्रिमियर लिग(एनपीएल) को विजेताले १ करोड १० लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार विजेता/उपविजेतासँगै तेस्रो र चौथो स्थान हासिल गर्नेको पुरस्कार राशिबारे जानकारी दिएको हो । क्यानका अनुसार उपविजेता हुने टोलीले ५१ लाख रुपैयाँ पाउनेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्नेले २५ लाख र चौथो स्थान प्राप्त गर्ने ...
: नेपाल प्रिमियर लिगमा कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। टियु क्रिकेट मैदानमा बुधबार चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो। कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १५४ रनमात्रै बनाउँदा चितवन एलिमिनेटरबाट नै बाहिरिएको छ। चितवनका लागि रवि बोपाराले सर्वाधिक ५३ रन बनाए। उनले ...
— रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियनरलाई मंगलबार दोहामा आयोजित कार्यक्रमबीच फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्रदान गरिएको छ । महिलातर्फ बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमतीले यो अवार्ड जितिन् । विवादास्पद रूपमा बेलन डे’अर अवार्ड जित्न असफल रहेको दुई महिनापछि २४ वर्षीय भिनिसियसले यसपल्ट यो सफलता चुमेका हुन् । त्यति बेला म्यानचेस्टर सिटीका रोड्रिले बेलन डे’अर जितेका थिए ...
— नेपाल र भारतबीच एसीसी महिला यू–१९ एसिया कप क्रिकेटको मंगलबारको खेल वर्षाका कारण रद्द भएको छ । यसअघि नै यी दुई टोली मलेसियामा भइरहेको प्रतियोगिताको ‘सुपर फोर’ मा पुगिसकेका थिए । नेपाल र भारत दुवैले समूह ‘ए’ को खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । भारतले टस जितेपछि ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ...
First Prev ... 50 51 52 53 54 55 56 57 58 59 60 ... Next Last