मुख्य समाचार
खेलकूद
— नेपाल क्रिकेट संघ(क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई अनुशासनको कारबाही गरेको छ । जय ट्रफीका क्रममा सामाजिक सञ्जालमा नेपालका अम्पायरको गुणस्तरबारे टिप्पणी गरेपछि उनलाई कारबाही गरिएको हो । सन्दीपलाई खेलाडी आचारसंहिताको आर्टिकल २.७ अनुसार कारबाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । लामाका अनुसार सन्दीपलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाइएको छ । ...
— दोस्रो हाफको उत्कृष्ट प्रदर्शनको मद्दतले चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सलाई ३–१ ले हराएको छ र लिग तालिकाको शीर्ष चारमा प्रवेश गरेको छ । चेल्सीले लिगमा पाँच खेलको हार क्रमलाई पनि टुंग्याएको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा टोसिन एबाराबोयोले चेल्सीका लागि पहिलो गोल गरे । पहिला हाफको इन्ज्युरी समयमा उल्भसका लागि म्याट डोहर्टीले बराबरी ...
— नेपालको आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप क्रिकेटको दोस्रो चरणमा पुग्ने सम्भावना निकै कमजोर बनेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा स्कटल्यान्डले सोमबार नेपाललाई नाटकीय खेलमा १ विकेटले हरायो । नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । नेपालले अब बुधबार अस्ट्रेलियासँग खेल्नेछ । समूह ‘डी’ मा अस्ट्रेलियाको ४ तथा बंगलादेश र स्कटल्यान्डको ...
— मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्‍यो । स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् ...
— प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला र पुरुष दुवै टोली ऐतिहासिक उपलब्धि बोकेर स्वदेश फर्कने भएको छ । दुवै टोली उपविजेता बन्यो । कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल खेलेर फर्केको यो पहिलो पटक हो । आइतबार साँझ नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न प्रतियोगिताको फाइनलमा दुवै टोली आयोजक भारतसँग पराजित भएपछि उपविजेतामा सीमित भएको थियो । ...
— बार्सिलोनाले स्पेनी ला लिगामा गेटाफेसँग १–१ को बराबरी खेलेको छ । बार्सिलोनाले अंक तालिकाको शीर्षमा रहेको एटलेटिको म्याड्रिडले बेहोरेको हारको फाइदा लिन सकेन । बार्सिलोनाबाट २० खेलबाट ३९ अंक भएको छ भने एटलेटिको समान खेलबाट ४४ अंकमै कायम रह्यो । यो पाँच अंकको दूरी हो । बार्सिलोनाले जुलेस कोन्डको गोलले अग्रता लिएपछि गेटाफेका लागि मउरो ...
— इन्टर मिलानले इटालीको सिरी ए मा आइतबार इम्पोलीलाई ३–१ ले हराएको छ र शीर्षमा रहेको नेपोलीमाथि दबाब कायम राखेको छ। अब दुई टिमबीचको दूरी तीन अंक मात्र भएको छ । डिफेन्डिङ च्याम्पियन इन्टरले सान सिरोमा प्राप्त गरेको यो जितमा लउटारो मार्टिनेज, डेन्जेल डुमफ्रेज र मार्कस थुरामले दोस्रो हाफमा एक एक गोल गरे । नेपोलीको २१ खेलबाट ...
— केयलिन एमबापेले गरेको दुई गोलको मद्धतले रियल म्याड्रिडले स्पेनी ला लिगामा आइतबार लास पाल्मासलाई ४–१ ले हराएको छ र अंक तालिकाको शीर्षमा उक्लेको छ । यो जितपछि रियलले आफ्नो छिमेकी एटलेटिको म्याड्रिडलाई दुई अंकले उछिनेको हो । यसअघि एटलेटिको लेगानेसको हातबाट स्तब्धपूर्ण ढंगले पराजित रहेको थियो । बार्सिलोना भने गेटाफेविरुद्ध बराबरीमा रोकिएको थियो । लिग तालिकाका ...
— इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी फेरि पुरानै लयमा फर्केको छ र उसले आइतबारको खेलमा इपस्विच टाउनलाई सजिलै ६–० ले पराजित गर्‍यो । रेलिगेसनको दबाबबाट गुज्रिरहेको इपस्विचविरुद्ध सिटीका लागि फिल फोडेनले दुई गोल गरे । यस्तै एक गोल इर्लिङ हालान्डको नाममा पनि रह्यो । यो जितपछि सिटी ३८ अंकमा लिग तालिकाको चौथो स्थानमा उक्लेको छ । ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुलले रोमाञ्चक जित निकालेको छ । लिभरपुलले ब्रेन्टफोर्डलाई २-० ले हराएको हो । लिभरपुलको जितमा डार्विन नुनेजले २ गोल गरे । दुवै गोल खेल सकिन लाग्दा भएका थिए । इन्जुरी समयको पहिलो र तेस्रो मिनेटमा गोल गर्दै उनले लिभरपुलका लागि ५०औं अंक दिलाए । खेलभर कुल ३७ ...
। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेको एउटा पोस्टले अहिले सामाजिक सञ्जालदेखि नेपाली क्रिकेटको माहोल तातेको छ । सन्दीपले सामाजिक सञ्जालमा पोस्ट राख्दै नेपालका समर्थकहरूप्रति कृतज्ञता प्रकट गरेका छन् । उनले लेखेका छन्- सबैजनालाई यो सबै कुराको लागि धन्यवाद । यो देश र यहाँका क्रिकेट समर्थकहरुले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर ...
। नेपाली खो खो खेलको लागि लागि आजको दिन ऐतिहासिक हुनेछ । भारतमा भइरहेको पहिलो खो खो विश्वकपमा नेपालको पुरूष र महिला दुवै टोली फाइनल पुगेको छ । आज पुरूष र महिला दुवै टोलीको फाइनल खेल हुँदैछ र दुवैतर्फ नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फको फाइनल बेलुका ७ बजे सुरु हुनेछ । पुरुषतर्फको फाइनल ...
— नेपाल एपीएफ क्लब एन्फा महिला लिग फुटबलको क्वालिफायर–१ का लागि छनोट हुने पहिलो टिम बनेको छ । यससँगै एपीएफको फाइनल खेल्ने सम्भावना बढेको छ । एपीएफले शुक्रबार अर्को एकपक्षीय जित निकालेको हो । यसपल्ट टोलीको सिकार बन्यो, वालिङ नगरपालिका टिम । रश्मिकुमारी घिसिङको ह्याट्रिकप्रेरित एपीएफले वालिङमाथि ठूलो अन्तरको जित पाएको हो । रश्मिले ४ गोल गरिन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको ...
— बागमतीले एन्फा वुमेन्स लिगमा शनिबार पुलिससँग बहादुरीपूर्ण गोलरहित बराबरी खेलेको छ । यो यस्तो नतिजा रह्यो, जसले बागमतीलाई प्ले–अफको नजिक पनि पुर्‍याएको छ । पुलिसको भने क्वालिफायर–वान खेल्ने सम्भावना कमजोर बनाएको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीले विभागीय प्रतिद्वन्द्वी पुलिसको आक्रमणलाई निस्तेज मात्र पारेन, आफ्नो आक्रमणलाई कायम राख्न पनि सफल रहेको थियो । ...
— आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ । मलेसियाको बांगीमा रहेको यूकेएम ओभल क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बंगलादेश १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका लागि सादिया इस्लामले २४ बलमा एक चौकाको सहयोगमा १६ रन ...
। कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट पारित पारित भएको छ । सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको ११९औँ बोर्ड बैठकले उक्त निर्णय पारित गरेको हो । कर्णाली प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिता आगामी चैतमा हुने तय भएको ...
First Prev ... 51 52 53 54 55 56 57 58 59 60 61 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम