मुख्य समाचार
खेलकूद
। एएफसीको यू-१७ एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपाल जापानसँग ९-२ को पराकिलो अन्तरले पराजित भएको छ । समूह एफ अन्तर्गत कतारको दोहजस्थित एस्पाइर एकेडेमी पिचमा बुधबार राट्टी भएको खेलमा नेपालले सुरुवाती अग्रता लिएको थियो । तर, जापानले पुनरागमन गर्दै गोलको वर्षा गर्‍यो । नेपालका लागि सबिन कुमारले १२औं मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । ...
। साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम दुई खेल आज हुँदैछ । आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग खेल्नेछ भने भुटान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेलपछि सेमिफाइनल समिकरण पनि तय हुनेछ । समूह बी बाट आयोजक नेपालसहित भुटान र श्रीलंका सेमिफाइनल पुग्ने होडमा छन् भने लगातार दुई खेल हारिसकेको ...
। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार पूजा महतोको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरेको हो । यसअघि बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट अन्तिम टोली घोषणा भएको हो । कप्तान पुजाले नेपालको सिनियर टोलीबाट २० टी२० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् । अन्तर्राष्ट्रिय ...
। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने नेपालको कीर्तिमान तोडिएको छ । जिम्बाब्बेले आईसीसी टी-२० विश्वकप अफ्रिका सब रिजनल क्वालिफायर बी अन्तर्गत खेलमा जाम्बिया विरुद्ध ३४४ रन बनाउदै नेपालको कीर्तिमान तोडेको हो । यसअघि गत वर्ष चीनको हान्झाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाउँदै कीर्तिमान बनाएको थियो । कप्तान सिकन्दर राजा एक्लैले ...
। भारतलाई ३-१ ले पराजित गर्दै साविक विजेता बंगलादेश साफ वुमन्स च्याम्पियन्सिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा पाकिस्तानसँग बराबरी खेलेको बंगलादेशले बुधबार भारतमाथि शानदार जित निकाल्दै समूह ए को विजेता बनेको हो । भारतलाई समूह विजेता बन्दै सेमिफाइनल जान बराबरी नै पर्याप्त थियो । बंगलादेशलाई सेमिफाइनल पुग्नका लागि मात्र त बराबरीले नै पुग्थ्यो ...
। नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले इंग्ल्याण्डका विकेटकिपर ब्याटर थोमस जेम्स (टम) मुर्सलाई अनुबन्ध गरेको छ । लुम्बिनीले बुधबार सामाजिक सञ्जालमार्फत मुर्सलाई एनपीएलका लागि अनुबन्ध गरेको जनाएको हो । नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल मार्की प्लेअर रहेको लुम्बिनीले पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको हो । २८ वर्षीय मुर्सले इंग्ल्याण्डको यू-१९ टिमबाट खेलेका छन् । उनले ...
। नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौं गुर्खाजले नेदरल्याण्ड्सका ब्याटर माइकल लेभिटलाई अनुबन्ध गरेको छ । काठमाडौंले बुधबार सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जनाएको छ । लेभिटले अब मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुने पहिलो संस्करणको एनपीएल गुर्खाजबाट खेल्नेछन् । काठमाडौंले लेभिटलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । लेभिट एनपीएलका लागि अनुबन्ध हुने दोस्रो ...
। इंग्लिस क्लब एस्टन भिल्लाले युरोपियन च्याम्पियन लिगमा इटालियन क्लब बोलोग्नालाई २-० ले पराजित गरेको छ । लिग चरणमा एस्टन भिल्लाले शतप्रतिशत नतिजा निकाल्दै लगातार तेस्रो खेल जितेको हो । घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा भिल्लाका लागि ५५औं मिनेटमा जोन म्याकगिन र ६४औं मिनेटमा जोन डुरानले गोल गरे । यस सिजन लयमा रहेको भिल्लाले यसअघि स्वीस ...
। हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर १ देखि ३ सम्म हङकङ, चाइनमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२४ का लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा जोरासँगै राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश बम, विवेक यादव, प्रतिश जिसी र राशिद खान ...
। टेष्ट राष्ट्र वेष्ट इन्डिजका फास्ट बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । पोखरा एभेन्जर्सले मंगलबार सामाजिक सञ्जालमार्फत एन्डरसनलाई अनुबन्ध गरेको जानकारी गराएको हो । पहिलो संस्करणको एनपीएद्य आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म आयोजना हुँदैछ । जसमा पोखरासहित ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । टेष्ट र ओडीआई क्रिकेट खेलिसकेका एन्डर ...
। साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह ए को अन्तिम खेलमा साविक विजेता बंगलादेशले भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । भारत यसअघघि नै समूह ए बाट सेमिफाइनल पुगिसकेको छ । आजको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । भारतले च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानलाई ५-२ ...
। आईसीसी क्रिकेट विश्वकप लिग टु को तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिका ए टिमसँग पराजित भएको छ । मंगलबार राति भएको पहिलो अभ्यास खेलमा नेपालले लज्जासपद ब्याटिङ गर्दा अमेरिका ए टिमसँग ४ विकेटले पराजित भयो । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरका ए ले २३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । उसका ...
। भिनिसियस जुनियरले ह्याट्रिक गरेपछि रियल मड्रिडले यूईएफए युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्डमाथि ५-२ को पुनरागमन जित हात पारेको छ । घरेलु मैदान सान्टियागो बर्नावेउमा रियल पहिलो हाफमै दुई गोल गोलले पछि परेको थियो । तर, भिनिसियसको ह्याट्रिक तथा एन्टोनी रुडिगर र लुइस भजक्वेजको गोलमा रियलले सानदार पुनरागमन गर्‍यो । खेलको ३०औं मिनेटमा डोनयाल मालान ...
। कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश खिमानन्द भुषालको इजलासले इकुलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि उनी १४ असोजमा रिहा भएको अदालतका सूचना अधिकारी मेलिस बासकोटाले ...
। राष्ट्रिय पुरुष टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द शिविरमा ३६ खेलाडी बोलाएका छन् । नेपाल नोभेम्बर फिफा विन्डोमा हुने मैत्रिपूर्ण खेलका लागि ताजिकिस्तान जानेछ । न्यौपाने सोमबार पुरुष टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । प्रारम्भिक टोली: गोलकिपरः किरण चेम्मोङ, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, जियारथ शेख, कृशल मोक्तान डिफेन्डरः अनन्त ...
। नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छन् । शनिबार भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समय निकाल्नै जितेकी हुन् । सुनमायाले ५ घण्टा ४०:०३ मिनेटमा निर्धारित ६० किलोमिटर दूरी पूरा गरिन् । सुनमायाले कोर्स रेकर्डसहित उपाधि जितेपछि आफूले रेस एकदमै इन्जोए गरेको प्रतिक्रिया दिइन् । ‘धेरै ...
First Prev ... 53 54 55 56 57 58 59 60 61 62 63 ... Next Last