मुख्य समाचार
खेलकूद
— नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले नेदरल्यान्ड्सका क्रिकेटर बास डी लिडलाई अनुबन्ध गरेको छ । पोखराले भित्र्याएका उनी दोस्रो विदेशी खेलाडी हुन् । यसअघि अमेरिकाका आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो । राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरामा अनुबन्धित २४ वर्षीय लिडले नेदरल्यान्ड्सबाट ३८ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ६ सय ९७ रन बनाइसकेका ...
। प्रिमियर लिगमा गएराति भएको खेलमा नटिङ्हम फरेस्टले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ । क्रिस उडको निर्णायक गोलमा फरेस्टले ३ अंक जोडेको हो । प्यालेसको भने जितविहीन यात्रा ८ खेलसम्म पुगेको छ । यो हारले प्यालेसलाई अझ दबाव थपिएको छ । घरेलु मैदानमा फरेस्टलाई जित दिलाउन उडले ६५औं मिनेटमा गोल गरेका थिए । जितपछि नटिङहम फरेस्ट ...
। स्कटल्याण्डका क्रिकेट खेलाडी ब्राण्डन म्याकमुलेनले सुदूरपश्चिम रोएल्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । सुदूरपश्चिमले सोमबार सामाजिक सञ्जालमार्फत म्याकमुलेनलाई अनुबन्ध गरेको जनाएको छ । २५ वर्षीय ब्याटिङ अलारउण्डर म्याकमुलेनले स्कटल्याण्डका लागि २२ ओडिआई र १६ टी२०आई खेल खेलेका छन् । ओडिआईमा उनको उच्च स्कोर १३६ र टी२०आईमा ९६ रहेको छ । म्याकमुलेनले गत वर्ष लिग टु ...
। ब्राजिलिनय फुटबल नेयमारले चोटपछि मैदानमा पुनरागमन गरेको खेलमा साउदी क्लब अल नाटकीय जित हात पारेको छ । सलेम अल-दौसारीले ह्याट्रिक गरेपछि साउदी अरेबियाको अल-हिलालले एएफसी च्याम्पियन्स लिगमा साविक विजेता यूएईको अल-ऐनमाथि ५-४ को जित हात पारेको हो । गत अक्टोबरमा उरुग्वे विरुद्धको खेलमा घुँडाको क्रुसिएट लिगामेन्टमा चोट लागेपछि मैदानबाहिर रहेका नेयमार ७७ औं मिनेटमा वैकल्पिक खेलाडीका ...
। ओमानका कप्तान अकिब इल्यासले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् । विराटनगर किंग्सले आइतबार सामाजिक सञ्जालमार्फत ओमानका अलराउण्डर अकिबलाई अनुबन्ध गरेको जनाएको छ । ३२ वर्षीय अकिब विराटनरको पहिलो विदेशी खेलाडीका रुपमा अनुबन्ध भएका हुन् । ‘एनपीएलमा विराटनगर किंग्सको हिस्सा बन्न पाउँदा म एकदमै खुशी छु’, अकिबले भनेका छन् । उनले लिगमा ...
: साबिक विजेता बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको पहिलो खेलमै हारबाट जोगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको समूह ‘ए’ को खेलमा बंगलादेश पाकिस्तानसँग १–१ गोलको बराबरीमा रोकिएको हो । एक गोलले पछि परेको बंगलादेशले इन्जुरी समयमा गोल गर्दै बराबरी गरेको थियो । निकै प्रतिस्पर्धात्मक खेलको ३२औं मिनेटमा जहमेना मलिकले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएकी ...
। न्युजिल्याण्डले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विश्व विजेता बनेको हो । न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि कप्तान लाउरा वलभार्टले २७ बलमा ४ चौका मदतमा ...
। नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो । आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट ...
। बार्सिलोनाले स्पानिस ला लिगामा सेभियामाथि ५-१ को फराकिलो जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोवर्ट लेवान्डोस्की र पाब्लो टोरेले २-२ गोल गरे । पेड्रीले १ गोल थपे । खेलको २४औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्तरा दिलाएका थिए । २८औं मिनेटमा पेड्रीले अग्रता दोब्बर पारे भने ३९औं मिनेटमा ...
। लिभरपुलले प्रिमियर लिगमा आइतबार राति चेल्सीलाई २-१ ले पराजित गरेको छ । यो जितपछि लिभरपुल केही घण्टापछि नै म्यानचेष्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा फर्किएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सालाह र कर्टिस जोन्सले गोल गरे । एनपिल्डमा सालाहले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्द लिभरपुललाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा ...
। साफ महिला च्याम्पियनसिपमा गत शुक्रबार भुटानविरुद्धको खेलमा घाइते भएका नेपाली टोलीकी डिफेण्डर हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले च्याम्पियनसिपको बाँकी खेल गुमाउने भएका छन् । नेपाली टोलीका चिकित्सक ज्योति राई र फिजियोथेरापिस्ट नवीना वैद्यले आइतबार उनीहरु घाइते रहेको पुष्टि गर्दै शल्यक्रिया गर्नुपर्ने बताएका छन् । उनीहरुको एकै दिन शल्यक्रिया गर्ने तयारी छ । फिजियोथेरापिस्ट वैद्यले एसीएल ...
। घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । फ्रान्समा लिग खेलिरहेकी गोलमेसिन तथा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाविनै मैदान उत्रिएको नेपाल भुटानविरुद्ध फिनसिङमा ...
। रियल मड्रिडले स्पानिस ला लिगामा गएराति सेल्टा भिगोलाई २-१ ले पराजित गरेको छ । रियलका लागि केलिएन एमबाप्पे र भिनिसियस जुनियरले गोल गरे । यो जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । खेलको २०औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर सेल्टा भिगोका विलियट स्विडेबर्गले ५१औं मिनेटमा गोल गर्दै खेल ...
। प्रिमियर लिगमा एएफसी बर्नमाउथले आर्सनलको अपराजित यात्रामा ब्रेक लगाएको छ । बर्नमाउथले गएराति १० खेलाडीमा समेटिएको आर्सनललाई २-० ले पराजित गरेको हो । बर्नमाउथका लागि जस्टिन क्लुइभर्टले एक गोल र एक असिस्ट गरे । राएन क्रिस्टिइले अर्को गोल गरे । खेलको ३०औं मिनेटमा विलियन सालिबाले रातो कार्ड पाएपछि आर्सनल दश खेलाडीमा समेटिएको थियो । भिएआरको सहयोगमा ...
। नेपाली ‘गोल मेसिन’ सावित्रा भण्डारी (साम्बा) सम्मिलित इएन एभान्ट गुइग्याम्पले फ्रेन्च महिला लिगमा यस सिजनको पहिलो जित हात पारेको छ । साम्बाले गोल गरेको खेलमा गुइग्याम्पले स्ट्रासवर्गलाई ३-२ ले पराजित गर्दै यस सिजन पहिलो जित निकालेको हो । गुइग्याम्पको लागि साम्बाले नै ५६औं मिनेटमा पहिले गोल गर्दै अग्रता दिलाएका थिए । तर अजारोले ६२औं र चापेलले ...
: नेपालले अमेरिकाविरुद्ध रोमाञ्चक जित हात पारेको छ। आइतबार डालासमा भएको टी-२० शृंखलाको दोस्रो खेलमा नेपालले सुपर ओभरमा रोमाञ्चक जित हात पारेको हो। यससँगै नेपालले एक खेल अगावै अमेरिकाविरुद्धको शृंखला जितेको छ। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ९२ रन बनाए। भुर्तेलले ...
First Prev ... 54 55 56 57 58 59 60 61 62 63 64 ... Next Last