खेलकूद
। बर्नलीलाई २-० ले पराजित गर्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार राति बर्नलीको मैदानमा भएको खेलमा लिभपुरका लागि डार्विन नुनेजले छैटौं मिनेटमै गोलगर्दै अग्रता दिलाएका थिए । यस्तै डिएगो जोटाले ९०औं मिनेटमा गोल गरे । हार्भे एलिओटले ५५औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता दिएन । जितपछि लिभरपुलले १९ खेलबाट ४२ अंक जोड्दै ...
: ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा पुगेको छ। दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३-० गोलले हराउँदै ललितपुरले क्वालिफायरमा स्थान बनाएको हो। ललितपुरका लागि इमु इजिकेलले दुई र पापा इबु केबेले एक गोल गरे। इमुले खेलको ३६औं र ५३औं मिनेटमा गोल गरे भने पापाले ४४औं मिनेटमा गोल गरेका थिए। सोमबार भएको ...
: क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ। आइतबार बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखेर अन्तिम फैसलाका लागि आज उनकै इजलासमा पेसी तोकिएको हो । मंसिर २४ गते न्यायाधीश पदमराज पाण्डेको इजलासमा मुद्दाको पेशी तोकिए पनि सन्दीपका कानुन व्यवसायीबाट ...
। प्रिमियर लिगमा चेल्सीको खराब प्रदर्शन जारी रहँदा आइतबार वल्भ्ससँग २-१ ले पराजित भएको छ । वल्भ्सले आफ्न मैदानमा भएको खेलमा ५१औं मिनेटमा मारियो लेमिनाको गोलबाट अग्रता लिएको थियो । इन्जुरी टाइमको तेस्रो मिनेटमा म्याट डोहोर्टीले गोल गर्दै वल्भ्सको अग्रता दोब्बर पारे । चेल्सीका वैकल्पिक खेलाडी क्रिस्टोफर एनकुन्नुकले इन्जुरी टाइमको छैटौं मिनेटमा एक गोल फर्काएपनि हार टार्न ...
— फुटबल दुनियाँमा इंग्लिस प्रिमियर लिगले आफ्नो यात्रा सुरु गरेको तीन दशक नाघिसकेको छ । यसबीचमा लिग खेलमा विभिन्न कीर्तिमानहरू कायम भए । अनि, समयसँगै कतिपय तोडिँदै पनि गए । तर यही लिगमा शनिबार एउटा यस्तो कीर्तिमान कायम भएको छ, जुन भविष्यमा कहिल्यै तोडिने छैन । र, यस्तो कीर्तिमान कायम गर्न सफल भएकी हुन्, रेबेक्का ...
: क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको हो। बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको अदालत प्रशासनले जनाएको छ। मंसिर २४ गते न्यायाधीश पदमराज पाण्डेको इजलासमा मुद्दाको पेशी तोकिए पनि सन्दीपका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित गरेको थियो। यसअगाडि न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहन शनिबार लिभरपुललाई रोमाञ्चक १–१ को बराबरीमा रोकेको छ । एनफिल्डमा भएको खेल जितेको भए लिभरपुलसामु क्रिसमस अगाडि शीर्ष स्थान कब्जा गर्ने अवसर थियो । तर दुवै टिम बराबरीमा एक एक अंकमै सीमित रहे । आर्सनलले ग्याब्रिएलको गोलले अग्रता लिएको थियो । मोहम्मद सलाहले लिभरपुलका लागि बराबरी गोल फर्काए ...
— साँच्चै बैंग्लोरमा पछिल्लो साफ च्याम्पियनसिपकै बेला सुनिएको थियो, सायद विशाल श्रेष्ठले नेपालका लागि अन्तिम पटक खेल्दै छ र संन्यास लिनेछन् । कुवेत र भारतविरुद्धको खेल गुमाइसकेपछि पाकिस्तानविरुद्ध उनलाई बिदाइ दिने अवसर थियो नै । फेरि पूरा खेल खेलाउन पनि आवश्यक थिएन, अन्तिम केही मिनेट पनि पर्याप्त थियो । तर किन हो यस्तो हुँदै भएन ...
— जुलियन एल्भारेजले गरेको दुई गोलमा म्यानचेस्टर सिटीले शुक्रबार ब्राजिलको फ्लुमिनेसलाई ४-० ले हराउँदै फिफा क्लब वर्ल्डकप जितेको छ । पेप ग्वार्डिओलाको सिटीले युरोपेली च्याम्पियन्स लिग विजेताका रूपमा प्रतियोगितामा सहभागिता जनाएको हो । सिटीले खेलको ४० सेकेन्डमै अग्रता लिएको थियो र एल्भारेजले नै गोलको खाता खोलेका थिए । निनोले एक आत्मघाती गोल गरे भने अर्को फिल ...
— एस्टन भिल्लाले शुक्रबार इंग्लिस प्रिमियर लिगको शीर्षमा उक्लने अवसर गुमाएको छ । आफ्नो घरेलु मैदानमा भएको खेलमा उसलाई सेफिल्ड युनाइटेडले १–१ को बराबरीमा रोकेको हो । क्यामरुन आर्चरले ८८ औं मिनेटमा सेफिल्डका लागि पहिलो गोल गरे । उनलाई भिल्लाले यसै सिजन सेफिल्डलाई बेचेको थियो । सब्स्टिच्युट निकालो जानिओलोले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा बराबरी ...
सबैभन्दा पहिले खेलाडीको एउटा सूची– मुथैया मुरलिधरन, सेन वार्न, जेम्स एन्डरसन, अनिल कुम्बले, स्टुआर्ट ब्रोड, ग्लेन म्याकग्रा र कर्टन वाल्स । यिनीहरूको नाम सुन्नेबित्तिकै क्रिकेट पारखीको मुखबाट ठ्याक्कै निस्कनेछ, ‘ओहो, यी महान् खेलाडीहरू !’ क्रिकेटका यी सात महान् खेलाडी खासमा त्यस्ता बलर हुन्, जसले टेस्ट क्रिकेटमा पाँच सयभन्दा बढी विकेट लिए । टेस्ट क्रिकेटमा यो जत्तिको ठूलो उपलब्धि ...
। इंग्लिस क्लब म्यानचेष्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको । जुलियन अल्भारेजको दुई गोल मदतमा फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४-० ले पराजित गर्दै सिटी च्याम्पियन बनेको छ । साउदी अरेबियाको जेदाहमा भएको खेलमा अल्भारजले पहिलो र ८८औं मिनेटमा गवल गरे । फिल फोडेनले ७२औं मिनेटमा गोल गरे । फ्लुमिनेन्सका मोटा फिल्होले २७औं मिनेटमा आत्मघाती गोल ...
— लुकास भाजक्वेजले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोलको मदतले रियल म्याड्रिडले एलभासेलाई १–० ले हराएर बिहीबार स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । नाचोलाई रातो कार्डमा गुमाएको रियल १० खेलाडीमा सीमित रहेर खेलेको थियो । यसअघि शीर्षमा रहेको जिरोनाले रियल बेटिससँग १–१ को बराबरी खेलेपछि रियलसामु अगाडि बढ्ने अवसर मिलेको थियो । रियलको १८ ...
— इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेस र ब्राइटनले बिहीबार १–१ को बराबरी खेलेका छन् । ड्यानी बेलब्याकले खेलको ८२ औं मिनेटमा हेडबाट गोल गरेपछि ब्राइटन एक अंक बटुल्न सफल रहेको हो । यसअघि प्यालेसले जोर्डन एवेको गोलले अग्रता लिएको थियो । यो नतिजापछि ब्राइटन १८ खेलबाट २७ अंकसहित आठौं स्थानमा उक्लिन सफल रह्यो । प्यालेस भने ...
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ जति अघि बढ्दै गयो उति यसमा रोमाञ्चकता थपिन थालेको छ । पछिल्ला केही खेलको नतिजाले एनएसएललाई थप रोमाञ्चक बनाएको छ भने शीर्ष चारमा रहेर प्लेअफमा को पुग्नेछ भन्ने चासो समेत उत्तिकै बढेको छ । ९ टिम सहभागी प्रतियोगितामा अहिलेसम्म लिग चरणका ३६ मध्ये ३२ खेल सकिएका छन् । तर ...
। लुकास भजक्वेजले इन्जुरी टाइममा गोल गरेपछि दश खेलाडीमा समेटिएको रियल मड्रिडले स्पानिस ला लिगामा अलाभेजलाई १-० ले पराजित गरेको छ । यो जितपछि रियल जिरोनालाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लेको छ । त्यसअघि जिरोना र रियल बेटिस बीचको खेल १-१ को बराबरीमा रोकिएपछि रियललाई शीर्ष स्थानमा उक्लने मौका थियो । तर रियलले अलाभेजलाई हराउन संघर्ष ...
First Prev ... 61 62 63 64 65 66 67 68 69 70 71 ... Next Last