मुख्य समाचार
खेलकूद
। पोखरा एभेन्जर्सले इंग्ल्याण्डका अनुभवी विकेटरकिपर तथा आक्रमक ब्याटर एडम रोसिङ्गटनलाई अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि पोखराले पहिलो विदेशी खेलाडीको रुपमा एडमलाई अनुबन्ध गरेको विज्ञप्तीमार्फत जनाएको छ । शीर्षक्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको पोखराले जनाएको छ । इंग्ल्याण्ड यू-१९ राष्ट्रिय टिमबाट खेलिसकेका रोसिङगटनले इंग्लिस टी२० ...
: भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली आज इरानसँग भिड्दै छ। खेल भारतको सिलोङस्थित जवहारलाल नेहरु रङ्गशालामा नेपाली समयअनुसार साँझ ६ः१५ मा सुरु हुनेछ। सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपालले इरानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ। इरान पनि आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छ। पहिलो खेलमा ...
। अखिल नेपाल फुटबल संघ (एन्फा)ले महासचिव किरण राईलाई निलम्बन गरिएको बारे कुनै जानकारी नभएको बताएको छ । आइतबार कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई पदबाट निलम्बन गरेपछि एन्फाले विज्ञप्ति जारी गरेर राईको निलम्बनबारे एन्फाको सचिवालयमा कुनै जानकारी नभएको बताएको हो । ‘एन्फाका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्‌काले एन्फा महासचिव किरण राईलाई स्पष्टिकरण माग गरिएको भनि विभिन्न ...
: विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि अस्ट्रेलियाका अलराउण्डर साम हिजलेटलाई अनुबन्ध गरेको छ। साम हिजलेटले अस्ट्रेलिया यू–१९ हुँदै सिनियर टिमबाट एक अन्तर्राष्ट्रिय एकदिवसीय खेलेका छन्। अस्ट्रेलियाको बिग ब्यासमा ब्रिसबेन हिट र होबर्ट हुरिकेंस खेलेका छन्। साम हिजलेटले खेलहरूमा उत्कृष्ट स्ट्राइक रेटका साथ प्रदर्शन गर्दै आइरहेका छन्। उनीसँग ५० भन्दा माथि बिग ब्यास ...
: आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। यही कात्तिक ९ देखि १९ गतेसम्म नेपालले यूएई र अमेरिकासँग सिरिज खेल्न लागेको छ। टिममा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, आसिफ शेख, अनिल साह, ...
: त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका फ्लड लाइटका ६ वटै टावर ठड्याइएको छ। फ्लड लाइटको निर्माण व्यवसायीले आइतबार एक दिनमै दुईवटा पोल उठाएपछि ६ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ। रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०/३० टनका हाइमास्ट लाइट जडान गरिएको हो। पोल नं १, ४, ५ ...
: अष्ट्रेलियामा खेलिरहेको तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा भारतले सात विकेटको हार बेहोरेको छ। अष्ट्रेलियाले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतको सुरुवात खराब रह्यो। पचास रन नपुग्दै आफ्नो सम्पूर्ण शीर्ष क्रम गुमायो। भारतको इनिङ वर्षाले प्रभावित भयो र खेल धेरै पटक रोकियो। त्यसपछि खेल ५० ओभरबाट घटाएर २६ ओभरमा झारियो। निर्धारित ...
। इरान र भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार राति नेपालको अन्तिम टोली घोषणा गरेको हो । टोलीको कप्तान सावित्रा भण्डारी छन् । टोलीमा सजनी थोकर, हिराकुमारी भुजेल र दीपा शाहीले पुनरागमन गर्दा पूर्णिमा राई र मीना देउवा पहिलोपटक परेका छन् । भुजेल र शाही गतवर्ष ...
। सेटर हरि हजुर थापा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् । बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप भलिबलका लागि नेपाल भलिबल संघले थापालई नयाँ कप्तान नियुक्त गरेको जनाएको छ । त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्ने हरि हजुर दोस्रो पटक नेपालको कप्तान बनेका हुन् । यसअघि उनले २०८० सालमा पनि ...
। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकप क्रिकेटमा भारत र अस्ट्रेलियासँग खेल्ने चाहना रहेको बताएका छन् । शुक्रबार सामोआसँगको खेल जितेपछि कुरा गर्दै रोहितले विश्वकपमा उच्चस्तरीय टिमसँग भेट हुने र राम्रो खेल्ने बताएका हुन् । ‘अब विश्वकप भारतमै हुने भएकाले भारतसँगै खेल्ने चाहना छ, अनि अस्ट्रेलियासँग पनि’ उनले ...
— आईसीसी ट्वान्टी–२० विश्वकप पुगेको नेपालले ट्वान्टी–२० एसिया–इस्ट एसिया प्यासिफिकमा छनोट उपाधि जितेर दोहोरो खुसीयाली मनाएको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गरेपछि नेपाल विजेता बन्ने निश्चित भएको हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आयोजनामा भएका प्रतियोगिताहरुमा जितेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । २०१८ को अक्टोबरमा मलेसियामा नेपालले ट्वान्टी–२० विश्वकपको ...
— नेपालले यू–१७ वुमेन्स एसियाकप छनोटमा थाइल्यान्डको हातबाट ठूलो अन्तरको हार बेहोरेको छ । थाइल्यान्डको चोनुबरीमा भएको खेलमा नेपाल १२–० ले पराजित रहेको हो । समूह ‘एफ’मा बेहोरेको हारसँगै नेपालको प्रतियोगितामा चुनौती समाप्त भएको छ । यो नतिजापछि नेपाल १ अंकमा सीमित रह्यो र तीन टिममध्ये दोस्रो स्थानमा रह्यो । यसअघि नेपालले तुर्किमिनिस्तानविरुद्धको खेल गोलरहित बराबरी ...
ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफक क्षेत्र छनोटको अन्तिम खेलमा नेपालका अलराउन्डर ब्याटर दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन्। उनको यो १० औँ टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो। उनले ८७ खेलमा ७७ इनिङ्समा ९ वटा अर्धशतक प्रहार गरेका थिए। उनले ३१ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका ...
: आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गत सामाओसँगको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन्। उनको यो टी-२० अन्तर्राष्ट्रियमा १०औँ अर्धशतक हो। आसिफले ३१ बलमा ६ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। उनले यसअघि ६७ खेलमा ६६ इनिङ्स खेल्दै ९ वटा अर्धशतक प्रहार गरेका थिए। उनले पहिलो विकेटका लागि ...
खेलाडीको स्वास्थ्य उपचारका लागि राखेप र नाम्सबीच सहकार्य
। अस्ट्रेलियाका बाँयाहाते ओपनिङ ब्याटर डार्शी शर्ट नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ का लागि लुम्बिनी लायन्समा अनुबन्ध भएका छन् । लुम्बिनीले सामाजिक सञ्जालमार्फत शर्ट अनुबन्ध गरेको जानकारी दिएको हो । यसअघि बुधबार टोलीले राखेको संकेतका आधारमा अनलाइनखबरले डार्शी शर्ट नै खेलाडी भएको हुनसक्ने आँकलनका साथ समाचार तयार पारेको थियो। एक फोटो राखेर अस्ट्रेलिया, राजस्थान रोयल्स र होबार्ट ...
First Prev ... 62 63 64 65 66 67 68 69 70 71 72 ... Next Last
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम