मुख्य समाचार
खेलकूद
। रासमस होएलण्डको दुई गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा लुटनज टाउनलाई २-१ ले पराजित गरेको छ । लुटनको मैदानमा भएको खेलमा रासमसले सुरुवाती सात मिनेट भित्रै दुई गोल गरेका थिए । पहिलो मिनेटमै गोल गरेका रासमसले सातौँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाएका थिए । १४औं मिनेटमा चार्ल्टन मोरिसले लुटनका लागि गोल ...
। दक्षिण अफ्रिकाका अलराउन्डर माइक प्रोक्टरको ७७ वर्षको उमेरमा निधन भएको छ । छोटो अन्तर्राष्ट्रिय करिअर बोकेका माइकको मुटुको अप्रेसनको क्रममा निधन भएको हो । उनकी श्रीमती मर्यनाले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार शनिबार राति माइकको उपचारका क्रममा निधन भएको हो । सन् १९७० देखि १९८० को दशकका दक्षिण अफ्रिकाको लागि खेलेका उनले छोटो समयको अन्तर्राष्ट्रिय ...
। स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड रायो भालेकानोसँग बराबरीमा रोकिएको छ । आयतबार राति भएको खेलमा रियलले राभो भालेकानोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । खेलको तेस्रो मिनेटमै जोसेलुले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता रियलले कायम राख्न सकेन । भालेकानोले २७औं मिनेटमा राउल डे टोमसको पेनाल्टी गोलमा ...
। नेरदल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिवियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दैछ । टीयु क्रिकेट मैदानमा भएको टसमा नेदरल्यान्ड्सका स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् र उनले टोलीमा दुई परिवर्तन गरेका छन् । नेपालसँग पहिलो खेलमा ९ विकेटले पराजित भएको नेदरल्यान्ड्सले रोलेफ मान डर मर्वे र तेजा निडामानिरुलाई आज खेलाएको छ ...
— रोड्रीले खेलको अन्त्यतिर गरेको गोलमा म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई १–१ को बराबरीमा रोकेको छ । यससँगै सिटीले आफ्नो घरेलु मैदानमा अपराजित यात्रालाई कायम राख्यो । तर खेलबाट प्राप्त एकै अंकले उसलाई उपाधि होडमा केही कमजोर भने बनाएको छ । चेल्सीले रहिम स्टर्लिङको गोलले अग्रता लिएको थियो । यसअघि लिभरपुल र आर्सनल दुवैले आ–आफ्नो ...
: साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी आइपुगेका छन्। उनीहरूको स्वागतका लागि साउदीको जेद्दा शहरमा नेपाली वाणिज्य दूतावासमा कार्यरत कन्सुलेट श्रम सहचारी ताम्रराज काफ्ले, एनआरएनए साउदी र एनआरएन आरसिसि जेद्दा टिम लगायतले खादा ओढाइ टिमलाई स्वागत गरेका थिए। आगामी फागुन ७ गतेदेखि हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ ...
। सिरो इम्मोबाइलको पेनाल्टी गोल मद्दतमा इटालियन क्लब लाजियोले जर्मन क्लब बायर्न म्युनिखलाई च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो खेलमा पराजित गरेको छ । दश खेलाडीमा समेटिएको बायर्नलाई लाजियोले १-० ले हराएको हो । लाजियोका लागि सिरो इम्मोबाइलले ६९औं मिनेटमा पेनाल्टीमा गोल गरे । लाजियोको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो ...
। युरोपियन च्याम्पियन्स लिग अन्तर्गत प्रि क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । गएराति भएको खेलमा पीएसजीले स्पानिस क्लब रियल सोसिडाडलाई २-० ले हरायो । पीएसजीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । किलिएन एमबाप्पेले ५८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि ब्राडली बार्कोलाले ७०औं मिनेटमा गोल गरे । यी ...
। यही फागुन १८ देखि २७ गते (मार्च १-१०) सम्म नेपालमा हुने साफ महिला यु-१६ च्याम्पियनसिपका लागि नेपालको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक चक्र तामाङले शनिबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाल, भारत, बंगलादेश र भुटान गरी दक्षिण एसियाका चार राष्ट्र सहभागी हुने च्याम्पियनसिप ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ । प्रतियोगिताको उद्धघाटन खेल भारत ...
। प्रिमियर लिगमा उपाधि दाबेदार क्लबहरु लिभरपुल र आर्सनलले प्रभावशाली जित हात पार्दा साविक विजेता तथा उपाधिको अर्को दाबेदार म्यानचेष्टर सिटीले चेल्सीसँग १-१ को बराबरी खेलेको छ । शीर्ष स्थानको लिभरपुलले ब्रेन्टफोर्डलाई ४-१ ले पराजित गर्‍यो । लिभरपुलका लागि डार्विन नुनेजले ३५औं, एलेक्स म्याक एलिस्टरले ५५औं, मोहमद सालाहले ६८औं र कोडी गाक्पोले ८६औं मिनेटमा गोल गरे ...
। रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा सेल्टाभिगोलाई २-१ ले पराजित गरेको छ । सेल्टाको घरेलु मैदानमा गएराती भएको खेलमा लेवान्डोस्कीले दुवै हाफमा गोल गरे । उनले इन्जुरी टाइममा विजयी गोल गरेका थिए । ४५औं मिनेटमा लेवान्डोस्कीले लासिन यामलको पासमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको दोस्रो मिनेटमै आएगो ...
— डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र रियल म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा घर बाहिर जित निकालेका छन् । अन्तिम १६ को पहिलो लेगको खेलमा सिटीले एफसी कोपनहेगनलाई ३–१ ले हरायो । यस्तै रियलले आरबी लाइपजिगलाई १–० ले पराजित गर्‍यो । यी जितसँगै दुवै टिमको क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । पेप ग्वार्डिओलाको सिटीले केभिन डे ...
: आइसीसी क्रिकेट विश्वकप लिग- २ को दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्दै नेपाल ९ विकेटले विजयी भएको छ। टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेदरल्याण्ड्सले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ९ विकेटले विजयी भएको हो। नेपालले २०८ बल बाँकी रहँदा १५.२ ओभरमै लक्ष्य भेट्टाएको हो। नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धसतक प्रहार ...
— कोनर ग्यालिघरको दुई गोलमा टिक्दै चेल्सीले सोमबार इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ३–१ ले हराएको छ । यससँगै चेल्सीले अर्को सिजन युरोपमा खेल्ने सपना फेरि ब्युँझाएको छ । प्यालेसकै पूर्व खेलाडी ग्यालिघरले ४७ र दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे । त्यस अगाडि चोटग्रस्त खेलाडीको समस्याबाट गुज्रिरहेको प्यालेसले जेफेरसन लेर्माको गोलले पहिलो हाफमा ...
— नेपालले नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको विजय हात पार्दै विश्वकप लिग-२ क्रिकेटमा लयमा फर्किएको छ । नेपालले शनिबार १ सय ३८ रनको लक्ष्य १५.२ ओभरमै १ सय ४१ रन बनायो । नोभेम्बरमा भारतमा सम्पन्न विश्वकपपछि एकदिवसीय क्रिकेटमा पहिलो खेल खेलिरहेको नेदरल्यान्ड्सलाई नेपालले कुनै मौका नै दिएन । कुशल भुर्तेलले आक्रामक इनिङ्स खेल्दै नेपालको सुरुआत गरेका थिए । ...
— इंग्लिस मिडफिल्डर रुबेन लोफ्टस–चेकको दुई गोलको मद्दतले एसी मिलानले युरोपा लिग नकआउट चरण प्ले अफको पहिलो लेगमा बिहीबार रेनेसलाई ३–० ले हराएको छ । मिलानले आफ्नो घरमा यो सजिलो जित निकालेको हो । मिलानका लागि अर्को गोल राफेल लिओको नाममा रह्यो । चेल्सीबाट मिलान आएका लोफ्टस–चेकले पछिल्ला पाँच खेलमा गरेको गोल संख्या पाँच नै पुगेको ...
First Prev ... 63 64 65 66 67 68 69 70 71 72 73 ... Next Last