मुख्य समाचार
खेलकूद
— नेपाललाई हराउँदै मलेसिया एसिया कप २०२४ का लागि छनोट भएको छ । शुक्रबार मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले हराउँदै एसिया कप २०२४ मा आफ्नो स्थान सुरक्षित गरेको हो । एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ...
— कमजोर बलिङ र फिल्डिङपछि नेपालको महिला एसिया कप क्रिकेटमा छनोट हुने सम्भावना समाप्त भएको छ । नेपाल शुक्रबार एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियासँग ४ विकेटले पराजित भएको थियो । प्रतियोगिताको शीर्ष दुई टोली एसिया कपमा छनोट हुने प्रावधान थियो । तर, नेपाल फेरि एक पटक सेमिफाइनलमै रोकियो । टस जितेको नेपालले मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा निर्धारित ...
— युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र लाजियोले बुधबार आ–आफ्नो घरमा जित निकालेका छन् । केयलिन एमबापेले गोलको खाता खोलेपछि पीएसजीले रियल सोसिडाडलाई २–० ले हरायो । फ्रान्सेली च्याम्पियनका लागि ब्राडली बारकोलाले दोस्रो गोल थपे । पीएसजीले अहिलेसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन् र सोसिडाडविरुद्ध पनि उसको खेल ...
— नेदरल्यान्ड्सविरुद्धको विश्वकप लिग २ क्रिकेट खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले शनिबार त्रिवि क्रिकेट मैदानमा टस जितेपछि नेदरल्यान्ड्सलाई पहिला ब्याटिङका लागि बोलाएको हो । नेपाल बिहीबार नामिबियाविरुद्ध पहिलो खेलमा अप्रत्यासित रुपमा ४ विकेटले पराजित भएको थियो । नामिबियाले टस जितेपछि ब्याटिङका लागि आएको नेपाल १ सय ३२ रनमा अलआउट भएको थियो । ...
— क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमै नामिबियासँग ४ विकेटको स्तब्धपूर्ण हार बेहोरेको नेपाल विजय यात्रामा फर्कन आतुर छ । तर, नेपालका लागि यो यात्रा सजिलो हुने छैन । नेपालले एसोसिएट क्रिकेटको शीर्ष टोली नेदरल्यान्ड्ससँग शनिबार खेल्दै छ । लिग २ मा नेदरल्यान्ड्सको यो पहिलो खेल हो । नेपाल आएर नेदरल्यान्ड्सले पहिलो पटक एकदिवसीय संरचनाको खेल खेल्दै छ । नोभेम्बरमा ...
: मधेसमा ६ वर्ष अवधिमा प्रदेश गौरवका आयोजना एउटा पनि सञ्चालन हुन सकेको छैन। जति छन् ती अलपत्र छन्। बरु प्रदेश सरकारले १–२ लाखदेखि ५–१० लाखसम्मका साना योजना कार्यान्वयनमा जोड दिइरहेको छ। मन्त्रालयहरूले टुक्रे योजनालाई प्राथमिकतामा राखेर बजेट निकासा गर्न थालेका छन्। विगतमा समयमा काम गर्न नसकेपछि विकास बजेट फ्रिज हुने गरेकामा यसपटक पनि कामै हुन ...
: ओपनर अनिल साह र यु–१९ का कप्तान देव खनाल आइसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि टोलीमा समेटिएका छन्। घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा क्यानडासँगको तीन ओडीआई खेलमा शानदार प्रदर्शन गरेका साह र खनालको पनि इन्ट्री भएको हो। क्यानले आज जारी गरेको सूचीमा शाह ...
: एसिया कप खेल्ने नेपालको सपना तुहिएको छ। एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसियासँग ४ विकेटले पराजित भएपछि एसिया कप खेल्ने नेपालको सपना तुहिएको हो। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको मलेसियाले १ बल अगावै लक्ष्य पूरा गर्‍यो। मलेसियाका लागि इल्सा हन्टरले अविजित ६९ ...
: नेपाल क्रिकेट संघ (क्यान)ले विनोद भण्डारीको कप्तानीमा 'नेपाल ए' टोली घोषणा गरेको छ। क्यानले यसअघि सम्भावित ३६ खेलाडीको नामावली सार्वजनिक गरे पनि केहीबेरमै १६ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा अशुतोस घिरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरन ठगुन्ना, मयन यादव, प्रतिश जिसी, रिसद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप ...
: राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नेपालको लक्ष्य एसोसियटमा पहिलो बन्ने रहेको बताएका छन्। आइसीसी विश्वकप लिग-२ को खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले मुख्य प्रशिक्षकमा मोन्टी देशाई आएपछि नै नेपालको मुख्य लक्ष्य एसोसियटमा पहिलो बन्ने रहेको बताए। 'मोन्टी सर आएदेखि नै हामीले एउटै लक्ष्य राखेका छौं, त्यो भनेको एसोसियटमा नम्बर वान बन्ने हो,' कप्तान पौडेलले ...
: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल 'ए'का लागि सम्भावित ३६ जना खेलाडीको नामावली सार्वजनिक गरेको छ। क्यानले बुधबार विनोद भण्डारी, विवेक यादव, प्रतिश जिसी, सन्दीप जोरा, अर्जुन साउद, हेमन्त धामीलगायतलाई समेटेर 'टिम ए'को सम्भावित नामावली सार्वजनिक गरेको हो। त्यस्तै टिम एको प्रशिक्षकमा पूर्वकप्तानसमेत रहेका ज्ञानेन्द्र मल्ल र कलाम अलिलाई नियुक्त गरिएको छ।
: आइसीसी क्रिकेट विश्वकप लिग- २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो। नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा पूरा गरेको थियो। नामिबियाका लागि जेन फ्रलिंकले सर्वाधिक ३४ रन बनाए। त्यस्तै मिचेल भान लिंगेनले २३, निकोलास डेभिनले १५ र जेन निकोलले ...
: नेपालले कुवेतलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले कुवेतलाई डीएलएस मेथडमा ८ विकेटले हराएको हो। डीएलएसबाट १२ ओभरमा ५० रनको लक्ष्य पाएको नेपालले ६.५ ओभरमा पूरा गरेको थियो। नेपालका लागि इन्दु बर्मा २२ रनमा अविजित रहिन्। त्यस्तै कविता कुँवर १ रन, सीता राना मगर १७ रनमा आउट ...
: कर्णालीले खेलाडीका लागि नयाँ जर्सी तयार गरेको छ। अब कर्णालीका खेलाडीले प्रदेशको पहिचान र चिनारी झल्किने जर्सीमा खेल्ने भएका हुन्। कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडीका लागि जर्सी र मार्चपासमा लगाउने पोसाक तयार पारेको हो। अब यही जर्सीमा कर्णालीका खेलाडीले देशभित्र हुने हरेक खेलमा प्रतिस्पर्धा गर्नेछन् भने मार्चपासमा पनि परिषद्ले तयार पारेको पोशाक नै ...
: प्रहरीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट केही क्रिकेट समर्थकलाई नियन्त्रणमा लिइएको छ । बिहीबार क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृंखलाको पहिलो खेल चलिरहँदा समर्थकहरुले सन्दिप लामिछानेको पक्षमा नारावाजी गर्दै प्रदर्शन गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको हो । ठूलो संख्यामा क्रिकेट समर्थकले प्रदर्शन गरेपछि नियन्त्रणमा लिन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । प्रदर्शनमा सहभागी क्रिकेट समर्थकहरुले 'सन्दिपलाई ...
: चिनियाँ नयाँ वर्षको अवसरमा माघ २७ गते शनिबार नेपाल र चिनियाँ टोलीबीच दशरथ रंगशालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ। चीनको चिङ्घाइ फुटबल क्लबको टोली र नेपालको यु-२३ फुटबल टिमबीच मैत्रीपूर्ण फुटबल हुन लागेको हो। मैत्रीपूर्ण फुटबल प्रतियोगितालाई महत्वका साथ हेरेको र तयारी पनि राम्रो भएको दुवै टोलीका प्रशिक्षक एवं खेलाडीहरूले जनाएका छन्। खेलको पूर्वसन्ध्यामा शुक्रबार दशरथ ...
First Prev ... 64 65 66 67 68 69 70 71 72 73 74 ... Next Last