खेलकूद
। युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका निकायको गत आर्थिक वर्षमा ३६ लाख ५२ हजार ६१८ रुपैयाँ बेरुजु देखिएकामा राष्ट्रिय खेलकुद परिषद राखेपको मात्र ३२ लाख १६ हजार ४६८ रुपैयाँ देखिएको छ । बुधबार नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा विभिन्न निकायहरुको बारेमा ब्रिफिङ लिएका थिए । त्यस क्रममा मन्त्रालय मातहतका निकायको बेरुजुबारे पनि जानकारी ...
। इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटीले राजीनामा दिएका छन् । आइतबार राति भएको युरोकप २०२४ को फाइनलमा इंग्ल्याण्ड स्पेनसँग २–१ पराजित भएको थियो । युरोकपको फाइनलमा लगातार दोस्रो पटक हारेपछि साउथगेटीले प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् । ८ वर्षसम्म प्रशिक्षक रहेका ५३ वर्षीय साउथगेटीको नेतृत्वमा इंग्ल्याण्डले १०२ खेल खेल्यो । उनको सम्झौता यही वर्षसम्म थियो ।
। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले सोमबार त्रिवि क्रिकेट मैदानमा ३०० दिनभित्र फ्लडलाइट जडान र प्यारापिट निर्माण सक्ने निर्णय गर्‍यो । तर फ्लडलाइट जडानका लागि राष्ट्रिय खेलकुद परिषदले गरेको बोलपत्र भने तेस्रो पटक पनि रद्द हुने अवस्थामा पुगेको छ । पछिल्लो पटक राखेपले ११ वैशाख २०८१ मा पहिलो पटक बोलपत्र आह्वान गरेको थियो । ...
। श्रीलंकामा हुने एसीसी एसिया कपको तयारी स्वरुप खेलेको अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई २ रनले हराएको छ । आज भएको तेस्रो खेलमा नेपालले जित हात पारेको हो । यसअघिका २ खेलमा भने यही टिमसँग नेपाल पराजित भएको थियो । पहिले ब्याटिङ गरेको नेपालले ११२ रन बनायो । जवाफी ब्याटिङ उत्रिएको श्रीलंका वुमन्स डेभलप्मेन्ट टिमले ...
। अर्जेन्टिनी विङ्गर एन्जल डि मारियाले कोपा अमेरिका २०२४ को उपाधि जित्दै अन्तर्राष्ट्रिय फुटबलबाट सुखद बिदाइ लिएका थिए । यसअघि नै कोपा अमेरिकापछि सन्यास लिने घोषणा गरेका डि मारियाले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलका रुपमा कोपा अमेरिका जिते । अर्जेन्टिनाले कोपा अमेरिका, फिफा विश्वकप जे जित्दा पनि धेरै चर्चा सुपर स्टार कप्तान लिओनल मेसी र पर्खालजस्ता गोलकिपर इमिलियानो ...
। अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कोपा अमेरिका २०२४ को ‘गोल्डेन ग्लोभ्स’ अवार्ड जितेका छन् । अर्जेन्टिनालाई कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका मार्टिनेजले प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बनेका हुन् । उनले प्रतियोगिमा ६ खेलमा जम्मा १ गोल मात्र खाए । अर्जेन्टिनालाई अपराजित रहँदै उपाधि जित्दा ६ खेल जितेको थियो । जसमा गोलकिपर मार्टिनेजले पाँच ...
। ६६औं मिनेटमा चोटका कारण मैदानबाट बाहिरिनुपर्दा सुपर स्टार लिओनल मेसी एकदमै निराश थिए । कोलम्बियाविरुद्ध कोपा अमेरिका फाइनलमा पहिलो रोजाइमा खेलेपनि मेसीले चोटका कारण पूरा समय मैदानमा बिताउन सकेनन् । मैदानबाट बाहिरिएर बेन्च पुग्दा मेसीले आफ्नो आँखाको डिलबाट आँशु रोक्न सकेनन् । फ्लोरिडास्थित हार्ड रक स्टेडियममा उपस्थित मेसीका समर्थक पनि सँगै रोए । त्यतिबेलासम्म ...
। कोलम्बियाका मिडफिल्डर जेम्स रोड्रिग्वेज कोपा अमेरिका २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन् । फाइनलमा कोलम्बिया अर्जेन्टिनासँग अतिरिक्त समयमा १-० ले पराजित भएपछि रोड्रिग्वेजले उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरेका हुन् । उनले कोलम्बियालाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वह गरेका थिए । यस संस्करणमा १ गोल मात्र गरेका उनले एकै संस्करणमा सर्वाधिक ६ असिस्ट गर्ने कीर्तिमान बनाए ...
। अर्जेन्टिनाका लाउटारो मार्टिनजले कोपा अमेरिका २०२४ को सर्वाधिक गोलर्कता बनेका छन् । अमेरिकामा सम्पन्न विश्वकै पुरानो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको ४८औं संस्करणमा मार्टिनजले सर्वाधिक ५ गोल गरेका हुन् । उनकै निर्णायक गोलमा अर्जेन्टिनाले सोमबार बिहान हार्ड रक स्टेडियममा भएको खेलमा कोलम्बियालाई १-० ले पराजित गर्दै कीर्तिमानी १६औंपटक उपाधि जितेको हो । फाइनलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश ...
। लाउटारो मार्टिनजले अतिरिक्त सममया गोल गरेपछि कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा सोमबार बिहान भएको ४८औं संस्करणको कोपा फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनजेल ११२औं मिनेटमा जिओभानी लो सोल्सोको पासमा निर्णायक गोल गरे । लाउटारो र ...
। अक्सर खेलाडीहरुलाई क्षमताअनुसार प्रयोग गर्ने र टिमलाई जित दिलाउन कप्तान हुन्छन् । सर्वश्रेष्ठ कप्तानले प्रशिक्षण र खेलका क्रममा वातावरण बनाउँछन्, अनि टिमको जितलाई पहिल्यै पहिलो प्राथमिकतामा राख्छन् । तर कप्तान नै सबथोक होइनन् । कुनै पनि टिमको प्रदर्शनमा प्रशिक्षक, टिम म्यानेजमेन्ट, छनोटकर्ता मात्र होइन, त्यहाँको क्रिकेट बोर्ड सबै त्यतिकै जिम्मेवार हुन्छन् । श्रीलंका क्रिकेटमा भने कप्तानमाथि ...
। युरो २०२४ मा ६ खेलाडी संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेका छन् । फाइनलमा पुगेका स्पेनका डानी ओल्मो र इंग्ल्याण्डका कप्तान ह्यारी केनलाई गोल थप्दै सर्वाधिक गोलकर्ताको अवार्ड एक्लै जित्ने अवसर थियो । तर फाइनलमा यी दुवै खेलाडीले गोल गर्न नसकेपछि ३-३ गोल गरेका ६ खेलाडी संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेका छन् । यसमा ओल्मो र केनसँगै जर्मनीका ...
। लगातार २ युरो फाइनलमा पुर्‍याए पनि उपविजेतामै सीमित हुनुपर्दा इंग्ल्यान्डका प्रशिक्षक ग्यारथे साउथगेटले भविष्यबारे चर्चा सुरु भएको छ । ५३ वर्षीय साउथगेट सन् २०१६ देखि इंग्ल्यान्डको प्रशिक्षक छन् । उनको हालको सम्झौता आउने डिसेम्बरमा सकिँदैछ । साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड लगातार दुई पटक युरो कप फाइनल सन् २०१८ को विश्वकप फाइनल र २०२२ को क्वाटरफाइनल खेलेको ...
। नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड दिएका हुन् । यससँगै उनले आउँदो पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरुको सहभागिता व्यवस्थित गर्ने समेत बताए । उनले भने, ‘पेरिसमा हुने ओलम्पिक प्रतियोगितामा ...
: अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ। कोलम्बियालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिका उपाधि जितेको हो। हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले ११२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन्। उनी यो संस्करणमा ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बने। ६६ औं मिनेटमा ...
: युरोकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ। सोमबार बिहान भएको खेलमा इंग्ल्यान्डलाई हराउँदै स्पेनले युरो २०२४ को उपाधि उचालेको हो। २–१ गोलले पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधि जित्न सफल भएको छ। निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी रहँदा मिकेल ओयार्जाबालको गोल नै निर्णायक गोल बन्न पुग्यो। पहिलो हाफ गोलरहित बनेपनि ...
First Prev ... 65 66 67 68 69 70 71 72 73 74 75 ... Next Last