खेलकूद
। प्रिमियर लिगमा शनिबार आर्सनलले वल्भ्सलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा बुकायो साकाले छैटौं मिनेटमै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । यस्तै १३औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डले अग्रता दोब्बर पारे । वुल्भ्सका लागि ८६औं मिनेटमा माथेउस कुन्हाले एक गोल फर्काए । जितपछि शीर्ष स्थानको ...
— युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति भएका समूह चरणका खेलमा सबै ठूला टिम विजयी भएका छन् । समूह ‘ए’ मा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्ने क्रममा बायर्न म्युनिखले गालातासारेलाई ३–१ ले हरायो । त्यसमा इंग्लिस कप्तान ह्यारी केनले एक गोल गरे र अर्को गोलमा सहयोगी भूमिका निभाए । समूहको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एफसी कोपनहेगनलाई १–० ...
— सन ह्वेङ–मिन र जेम्स म्याडिसनको गोलको मद्दतले फुलहमलाई सोमबार २–० ले पराजित गर्दै फेरि इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । यससँगै एन्ज पोस्टेकोग्लोउको टिमले लिगमा आफ्नो अपराजित यात्रा नौ खेल पुर्‍याएको छ टोटनहमले ह्वेङ–मिनको गोलले अग्रता लिएपछि यस सिजनको सुरुआतमा लेस्टर सिटीबाट आएका म्याडिसनले दोस्रो गोल थपे । नयाँ क्लबका लागि उनको यो ...
— क्विन्टन डे ककको उत्कृष्ट शतकको मद्दतले दक्षिण अफ्रिकाले विश्वकप २०२३ मा बंगलादेशलाई १ सय ४९ रनको ठूलो अन्तरले पराजित गरेको छ । यो जितसँगै दक्षिण अफ्रिका विश्वकप २०२३ अंक तालिकाको दोस्रो स्थानमा उक्लिन सफल रह्यो । दक्षिण अफ्रिकाको पाँच खेलबाट आठ अंक भएको छ । समान आठ अंकमा रहेको न्युजिल्यान्ड भने नेट रनरेटमा पछि पर्दै ...
— नेपाली क्रिकेटले दसैंका लागि सबै खेल प्रेमीलाई मिठो उपहार दिएको छ, एसीसी यू– १९ प्रिमियर कपको उपाधि । नेपालले रोमाञ्चक र सनसनीपूर्ण फाइनलमा यूएईलाई १९ रनले पराजित गर्दै मंगलबार उपाधि जितेको छ । मलेसियाको क्वालमपुरस्थित बायुमास ओभल मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि यूएईले २७ ओभरमा १ सय ९८ रनको नयाँ लक्ष्य पाएको थियो । त्यसलाई ...
— कीर्तिमान पाँचपल्टको च्याम्पियन अस्ट्रेलियाले विश्वकप २०२३ मा बुधबार नेदरल्यान्ड्समाथि ३ सय ९ रनको जित निकालेको छ । यो जितसँगै सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियाको स्थिति बलियो बनेको छ । यो जितपछि अस्ट्रेलियाको पाँच खेलबाट छ अंक भएको छ । नेदरल्यान्ड्स भने दुई अंकमै सीमित रह्यो । वान डे विश्वकपमा रनको आधारमा यो सबैभन्दा ठूलो अन्तरको जित हो ...
— डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत प्रदर्शन कायम राख्ने क्रममा बुधबार योङ ब्वाइजलाई ३–१ ले हराएको छ र यसमा इर्लिङ हाल्यान्डले दुई गोल गरे । समूह ‘एच’ मा सिटीको यो लगातार तेस्रो जित हो र नौ अंकसहित शीर्ष स्थानमा छ । यसै समूहको अर्को खेलमा आरबी लाइपजिगले रेड स्टार बेलग्रेडलाई ३–१ ले ...
: आइसीसी एक दिवसीय विश्वकपमा अफगानिस्तानले पाकिस्तानविरुद्ध शानदार जित हात पारेको छ। भारतको चेन्नईमा भएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको हो। पाकिस्तानले दिएको २८३ रनको लक्ष्य अफगानिस्तानले एक ओभर अगावै पूरा गर्दै दोस्रो जित दर्ता गराएको छ। अफगानिस्तानका लागि रहमत शाहले अविजित ७७ रन र कप्तान हसमतुल्लाह शहिदीले अविजित ४८ रन बनाए। त्यस्तै ओपनर ब्याट्सम्यानद्वय रहमुल्लाहले ...
: यु-१९ एसीसी प्रिमियर कपको फाइनलमा कप्तान देव खनालले शतक प्रहार गरेका छन्। मलेसियामा युएईविरुद्ध भइरहेको खेलमा खनालले ९२ बलमा शतक प्रहार गर्दै पेभलियन फर्किएका हुन्। शतक प्रहार गर्दा उनले ९ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै अर्जुन कुमालले अर्धशतकसहित ५५ रन बनाएर आउट भए। ७८ बलमा उनले ४ चौका प्रहार गरेका थिए। त्यसअघि ...
काठमाडौं । विश्वकप छनोटको तयारीका रुपमा हेरिएको त्रिकोणात्मक श्रृंखलाको सुरुको तीन म्याचमा नेपालले टस जित्यो, खेल पनि जित्यो । सुरुको दुई खेलमा टस जितेपछि फिल्डिङ रोजेको नेपालले राम्रो बलिङ गर्दै क्रमशः यूएई र हङकङलाई ठूलो स्कोर बनाउन दिएन । अनि सहजै जित हात पार्‍यो । शनिबार हङकङविरुद्ध दोस्रो खेलमा पनि नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेका ...
— डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले विश्वकप २०२३ मा शनिबार दक्षिण अफ्रिकाको हातबाट ठूलो अन्तरको हार व्यहोरेको छ । वानखडे स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिका २ सय २९ रनले विजयी रह्यो । यो हारले अंक तालिकामा इंग्ल्यान्डको स्थिति अत्याधिक कमजोर भएको छ र उसको चार खेलबाट दुई अंक मात्रै रहेको छ । पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले सात विकेटमा ...
— आर्सनलले दुई गोलले पछाडि रहेको स्थितिबाट इंग्लिस प्रिमियर लिगमा शनिबार चेल्सीलाई २–२ को बराबरीमा रोकेको छ । स्टायनफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले कोल पाल्मर र मखायलो टोमियासुको गोलले २–० को अग्रता लिएको थियो । त्यसयता आर्सनलका लागि डक्लन रिस र लिआन्द्रो ट्रोसार्डले गोल फर्काए । यो नतिजापछि आर्सनल २१ अंकमा लिग तालिकाको दोस्रो स्थानमा रह्यो ...
— स्पेनी ला लिगामा सेभियाले शनिबार रियल म्याड्रिडलाई १–१ को बराबरीमा रोकेको छ । यो खेल रियलका पूर्व खेलाडी सर्जियो रामोसका लागि भावनात्मक पनि रह्यो । पेरिस सेन्ट जर्मेन छाडेर अहिले उनी सेभियामा छन् । सेभियाले डाविड अल्बाको आत्मघाती गोलको मदतले अग्रता लिएयता डानी कारभेलोले बराबरी खेले । रामोसले सन् २००५ देखि २०२१ सम्म रियलका लागि ...
: आइसीसी एक दिवसी विश्वकपमा श्रीलंकाले पहिलो जीत हात पारेको छ। भारतको खलनउमा भएको खेदलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो। टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.४ ओभरमा अलआउट हुँदै २६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको श्रीलंकाले दस बल अगावै लक्ष्य भेट्टाएको थियो। श्रीलंकाका लागि सदीराले ९१ रनको अविजित पारी खेलेका थिए। त्यस्तै ...
: हङकङलाई हराउँदै नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ। शनिबार मुलपानीमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गरेको हो। नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ओभरको खेलमा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन सक्यो। हङहङका लागि अन्सी राथले सर्वाधिक ४५ रन बनाए। त्यस्तै अइजाज खानले २५, बाबर ह्यातले २०, हरुन ...
: जापानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। मेलसियामा भइरहेको एसीसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा जापानलाई १४४ रनले हराउँदै नेपालले फाइनल यात्रा सुनिश्चित गरेको हो। वर्षाले खेल प्रभावित हुनुअघि नेपालले २५ ओभरको समाप्तिमा २ विकेट गुमाएर १४० रन बनाएको थियो। तर जापान ११.५ ओभरमा अलआउट हुँदै ४३ रनमात्र बनाउन सक्यो। जापानका लागि सोतारोले १५ र केइफरले ...
First Prev ... 66 67 68 69 70 71 72 73 74 75 76 ... Next Last