मुख्य समाचार
खेलकूद
— बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार फेरि अर्को हार बेहोरेको छ । नु क्याम्पमा बार्सिलोना भिल्लारियलको हातबाट ५–३ ले पराजित रह्यो र यो नतिजासँगै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग दस अंकको दूरीमा रह्यो । यस नतिजासँगै प्रशिक्षक जाभीले यस सिजनको अन्त्यमा क्लब छाड्ने पनि घोषणा गरेका छन् । उनले सन् २०२१ को नोभेम्बरमा बार्सिलोना सम्हाल्न सुरु ...
— एडेमोला लुकमनको दुई गोलमा नाइजेरियाले क्यामरुनलाई शनिबार २–० ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल यात्रा तय गरेको छ । एटलान्टाका फरवार्ड लुकमनले प्रत्येक हाफमा एक/एक गोल गरे । अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल यात्रा तय गरेपछि नाइजेरियाली फुटबल टिम । तस्बिर : सीएएफ अनलाइन क्यामरुनका लागि यो नतिजा निराशाजक रह्यो । क्यामरुन पछिल्लो विश्वकपमा ...
। पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा भुटानको पारो एफसीलाई १–० ले पराजित गर्दै थ्रीस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । थ्रीस्टारको जितका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् । चापागाईंले अतिरिक्त समयको २६ र २९ औं मिनेटमा गोल गरेका हुन् । चापागाईंले अतिरिक्त समयको २६ औं मिनेटमा पेनाल्टी बक्सबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेका हुन् ...
। नेपालका स्पिनर सुवास भण्डारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को कारबाहीमा परेका छन् । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपअन्तर्गत दोस्रो खेलमा पाकिस्तानविरुद्ध गरेको गल्तीको कारण उनी कारबाहीमा परेका हुन् । उनलाई आईसीसीले एक डेमेरिट प्वान्ट दिएको छ । पाकिस्तानविरुद्ध १४औं ओभरमा भण्डारीले शाहजैब खानलाई अनावश्यक बल फ्याँकेपछि उनको काँधमा लागेको थियो ।त्यसैको कारण आईसीसीको आचार संहिता २.९ ...
। दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाललाई सुपर सिक्समा पुर्याउन तीव्र गतिका बलर आकाश चन्द नायक बने । सुपर सिक्समा पुग्न निर्णायक खेलमा बलियो टेस्ट टोली अफगानिस्तानलाई १४५ रनमै रोक्न आकाशले जादुमय बलिङ गरेका थिए । दक्षिण अफ्रिकाको बफेलो पार्कमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । बलियो ...
— लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने शुक्रबार बताएका छन् । उनको यो निर्णय स्तब्धपूर्ण र अप्रत्यासित रहेको छ । सन् २०१५ मा उनले पहिलो पल्ट एनफिल्डको जिम्मेवारी सम्हालेका थिए । क्लोप आएयता लिभरपुल फेरि युरोपेली क्लब फुटबलको शक्ति बनेको थियो । जर्मन प्रशिक्षकको नेतृत्वमा लिभरपुलले सन् २०२० मा इंग्लिस प्रिमियर लिग जितेको ...
— अस्ट्रेलियन ओपन-२०२४ को पुरुष एकल उपाधिका लागि ड्यानिएल मेडभेडेभ र जानिच सिनर भिड्ने भएका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा सिनरले डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचलाई ६–१, ६–२, ६–७ (६/८) र ६–३ ले हराएका थिए । त्यससँगै अस्ट्रेलियन ओपनमा जोकोभिचको छ वर्ष लामो अपराजित यात्रामा पूर्ण विराम लागेको छ । यससँगै जोकोभिचको २५ औं ग्रान्ड स्लाम ...
: रोमाञ्चक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल यु-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ। दक्षिण अफ्रिकामा शुक्रबार भएको खेलमा अफगानिस्तानले दिएको लक्ष्य ४४.४ ओभरमा पूरा गर्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो। नेपाललाई सुपर सिक्समा प्रवेश गराउँदै कप्तान देव खनालले अर्धशतक प्रहार गरे। ८९ बल खेलेका खनाल ७ चौकासहित ५८ रन बनाए। त्यस्तै सुवास भण्डारी ...
— एसियन कप २०२३ मा बिहीबार लिग चरणका खेल सकिएका छन् । लिग चरणको अन्तिम दुई खेलमा साउदी अरेबिया र थाइल्यान्डले गोलरहित बराबरी खेले । यस्तै किर्गिस्तान र ओमानबीचको खेल १–१ को बराबरीमा रह्यो । यस नतिजापछि समूह ‘एफ’ मा साउदी अरेबिया सात अंकमा शीर्षमा रह्यो भने थाइल्यान्ड पाँच अंकमा दोस्रो स्थानमा रह्यो । यससँगै प्रतियोगिताको ...
। घरेलु टोली भारतले पहिलो टेस्ट क्रिकेटमा इंग्ल्यान्डलाई पहिलो दिन नै अल आउट गरेको छ । हैदराबादमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड २४६ रनमा अल आउट भयो । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ८८ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाए । इंग्ल्यान्डका शीर्षक्रमका सबै ब्याटरले राम्रो सुरुवात पाएपनि त्यसलाई ठूलो इनिङमा परिणत गर्न सकेनन् ...
: जावलाखेल युथ क्लब पोखरामा जारी २३औँ संस्करणको आहा! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा जाउलाखेल प्रवेश गरेको छ। पोखरा रंगशालामा आज भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले प्रतियोगिताको अन्तिम आठमा स्थान पक्का गरेको हो। खेलको पहिलो मध्यान्तरको ३८औँ मिनेटमा निर्णायक गोल गर्दै जावलाखेलका हिसुब थपलियाले टोलीलाई जित दिलाएका हुन्। ‘म्यान अफ ...
। नेपालले आइसिसी यू-१९ विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराउन सके सुपर सिक्समा पुग्ने भएको छ । समूह डी का नेपाल र अफगानिस्तान सुरुवाती दुबै खेलमा पराजित भएपछि अन्तिम खेल सुपर सिक्समा पुग्न निर्णायक हुने भएको छ । शुक्रबार विजेता टोली सुपर सिक्स र पराजित हुने टोलीले १३ देखी १६ औं स्थानको लागि ...
। राष्ट्रिय खेलाडीको वर्चश्वसहित मैदान उत्रिएको मछिन्द्र क्लबलाई स्तब्ध पार्दै जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । एक दशकपछि आहारारामा फर्किएको जावलाखेलले पोखरा रंगशालामा भएको खेलमा मछिन्द्रलाई १–० ले पराजित गरेको हो । केही समयअघि राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका विशाल श्रेष्ठले मछिन्द्रको कप्तानी सम्हालेका थिए । गोल रक्षकसँगै मछिन्द्रको कप्तानी सम्हालेका श्रेष्ठले ...
— एथलेटिको बिलबाओसँग पराजित हुँदै बार्सिलोना स्पेनी कोपा डेल रेबाट बुधबार बाहिरिएको छ । साम मामेसमा भएको क्वार्टरफाइनलमा बिलबाओ ४–२ ले विजयी रहेको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा रहेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको हो । त्यसमा इनाकी विलियम र निको विलियमले बिलबाओका लागि निर्णायक गोल गरे र टिम सेमिफाइनल पुग्यो । अर्को क्वार्टरफाइनलमा मार्लोकाले ...
— मोरक्कोले अफ्रिका कप अफ नेसन्सको बुधबार भएको खेलमा जाम्बियालाई १–० ले हराएको छ । पछिल्ला विश्वकपको सेमिफाइनल पुगेको मोरक्का समूह ‘एफ’ को शीर्षमा रह्यो । अफ्रिका कप अफ नेसन्स : मोरक्कोले जित्दा आयोजक आइभरी कोस्टलाई फाइदा समूहको अर्को खेलमा तान्जानिया कंगोसँग गोलरहित बराबरी खेल्यो । मोरक्कोको जितले आयोजक आइभरीकोस्टलाई भने फाइदा भएको छ । जाम्बियाले यो खेलमा ...
: नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ। दक्षिण अफ्रिका जारी यु-१९ विश्वकपको दोस्रो खेलमा नेपाल पराजित भएको हो। नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। पाकिस्तानका लागि अजन अवाइसले अर्धसतकसहित ६३ रन बनाए। त्यस्तै श्यामी हुसेनले ३७, सहजैब खानले ३७, अहमद हुसेनले २९ र हरुन अर्सदले १५ रन बनाए। नेपालका ...
First Prev ... 69 70 71 72 73 74 75 76 77 78 79 ... Next Last