— रियल म्याड्रिडका फरवार्ड भिनिसियस जुनियनरलाई मंगलबार दोहामा आयोजित कार्यक्रमबीच फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड प्रदान गरिएको छ । महिलातर्फ बार्सिलोनाकी मिडफिल्डर आइटाना बोनमतीले यो अवार्ड जितिन् ।
विवादास्पद रूपमा बेलन डे’अर अवार्ड जित्न असफल रहेको दुई महिनापछि २४ वर्षीय भिनिसियसले यसपल्ट यो सफलता चुमेका हुन् । त्यति बेला म्यानचेस्टर सिटीका रोड्रिले बेलन डे’अर जितेका थिए ...