मुख्य समाचार
खेलकूद
। दक्षिण कोरियाको गाङवनमा शुक्रबारदेखि शीतकालीन युथ ओलम्पिक सुरु भएको छ । शुक्रबार एक भव्य समारोहबीच प्रतियोगिताको उद्‌घाटन भएको हो । दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योलले प्रतियोगिताको उद्‌घाटन गरे । यो शीतकालीन युथ ओलम्पिकको छैटौं संस्करण हो । प्रतियोगितामा नेपालका तर्फबाट दुई खेलाडीको सहभागिता छ । जसमा पुरुषतर्फ छोवाङ विन्गुर तामाङ र महिलातर्फ लक्ष्मी राईको सहभागिता छ ...
। आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । भविष्यका स्टार जन्माउने यू–१९ विश्वकपको यो १५औं संस्करण हो । सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो । विश्वकपका खेलहरु पोचेस्ट्रुम, ब्लोएमफोन्टेइन, ...
— अस्ट्रेलियाले एसियन कपको नकआउट चरणको यात्रा निश्चित गरेको छ । उसले बिहीबारको खेलमा सिरियालाई १–० ले हरायो । अस्ट्रेलियाको यो लगातार दोस्रो जित हो र यससँगै समूह ‘बी’ मा छ अंक भएको छ । अस्ट्रेलियाको जितमा ज्याक्सन इरभिनले निर्णायक गोल गरे । उज्वेकिस्तानले अर्को खेलमा भारतलाई सजिलै ३–० ले हरायो । खेलका तीनै गोल पहिलो ...
। अष्ट्रेलिया कतारमा जारी एएफसी एसियन कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह बी अन्तर्गत बिहीबार भएको खेलमा सिरियालाई १-० ले हराएको अष्ट्रेलियाले लगातार दुई जितपछि अन्तिम १६ मा स्थान पक्का गरेको हो । अष्ट्रेलियाका लागि ५९औं मिनेटमा ज्याक्सन इभर्निले एक मात्र गोल गरे । लगातार दुई जितबाट अष्ट्रेलिया ६ अंकसहित शीर्ष स्थानमा छ । सिरिया ...
— इजिप्टले अफ्रिका कप अफ नेसन्समा बिहीबार लगातार दोस्रो बराबरी खेलेको छ । समूह ‘बी इजिप्टले घानासँग २–२ को बराबरीमा चित्त बुझाएको हो । केप भेर्डे दुई खेलबाट तीन अंकमा पहिलोमा छ भने त्यसपछि इजिप्टको दुई अंक छ । खेलको पहिलो गोल गरेका मोहमद सलाह भने चोटका कारण पूरा समय मैदानमा रहेनन् र यो इजिप्टको लागि ...
। नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक विष्ट भारतको दोस्रो श्रेणीको क्लब शिलोङ लाजोङमा अनुबन्ध भएका छन् । लाजोङले बिहीबार सामाजिक सञ्जाल मार्फत एरिकलाई अनुबन्ध गरेको जानकारी दिएको हो । एरिकले केही समयअघि एनएसएल २०२३ मा बुटवल लुम्बिनी एफसीको कप्तानी गरेका थिए ।
— आयोजक तथा डिफेन्डिङ च्याम्पियन कतार एसियन कप-२०२३ को नकआउट चरण पुग्ने पहिलो टिम बनेको छ । उसले बुधबारको खेलमा ताजाकिस्तानलाई १–० ले हरायो । यो नतिजापछि समूह ‘ए’ मा कतारको दुई खेलबाट ६ अंक भएको छ । उसको पछाडि चीन दुई खेलबाट दुई अंकमै छ । चीनले अर्को खेलमा लेबनानसँग गोलरहित बराबरी खेलेको हो । ...
— उपाधिको दाबेदार मानिएको मोरक्कोले अफ्रिका कप अफ नेसन्स २०२३ मा बुधबार प्रभावशाली विजयी सुरुवात गरेको छ । उसले समूह ‘एच’ को खेलमा १० खेलाडीमा सीमित तान्जानियालाई ३–० ले हरायो । रोमेन सिसको गोलले अग्रता लिएको मोरक्कोका लागि एजेडिन आनाही र युसेफ एन नेसरीले एक/एक गोल थपे । खेलमा २० मिनेट बाँकी छँदा तान्जानियाले रातो कार्डमा ...
। स्पानिस क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले यदी खेलाडीले आफूप्रति विश्वास गुमाएमा आफूले झोला प्याक गर्ने र क्लब छाड्ने बताएका छन् । स्पानिस सुपर कपको फाइनलमा आइतबार बार्सिलोना चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडसँग ४-१ ले पराजित भएको थियो । यस्तै ला लिगामा चौथो स्थानमा रहेको बार्सिलोना शीर्ष स्थानको जिरोनाभन्दा ८ अंकले पछि छ । ‘म यो क्लबलाई माया गर्छु ...
। आयोजक कतार लगातार दुई खेल खेल्दै घरेलु मैदानमा भइरहेको एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा साविक विजेतासमेत रहेको कतारले ताजिकिस्तानलाई १-० ले पराजित गरेको थियो । अल बायत स्टेडियममा भएको खेलमा कतारका लागि अक्रम अफिफले एक मात्र गोल गरे । उनले १७औं मिनेटमा गरेको गोल ...
। न्युजिल्याण्डका ओपनर फिन एलेनले टी-२० आई क्रिकेटमा एकै खेलमा कीर्तिमानी १६ छक्का प्रहार गरेका छन् । उनकै विष्फोटक शतकको मद्दतमा न्युजिल्याण्डले बुधबार दुनेदिनमा पाकिस्तानलाई ४५ रनले पराजित गर्दै दुई खेल अगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा न्युजिल्याण्डले ३-० को अग्रता लिएको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले एलेनको १३७ रनको मद्दतमा ...
काठमाडौं । स्थानीय बासिन्दा र संरक्षणकर्मीको विरोधपछि खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णयबाट पछि हटेको काठमाडौं महानगरपालिका त्यहाँ अब फुटबल मैदान बनाउन तम्सिएको छ । फेरि पनि स्थानीयवासी र संरक्षण अभियन्ताहरुले खुलामञ्चलाई प्राकृतिक चौरकै रुपमा छाड्न माग गर्दै सर्वसाधारणको पहुँच नखुम्च्याउन चेतावनी दिएका छन् । तर, स्थानीय फुटबल क्लबहरुलाई साथ लिएर महानगरपालिका जसरी पनि खुलामञ्चमा सकेसम्म कृत्रिम ...
।जनवरी १९ देखि दक्षिण अफ्रिकामा सुरु हुने आईसीसी यू-१९ विश्वकपका लागि सबै १६ टोली तयारी अवस्थामा छन् । नेपालले पनि ८ वर्षपछि यू-१९ विश्वकपमा पुनरागमन गरेको छ । यस पटक फरक फर्म्याटमा हुने लागेको यू१९ विश्वकपमा नेपाल समूह डी मा छ । नेपाल रहेको समूहमा एसियाकै तीन राष्ट्रसहित न्युजिल्याण्ड छन् । नेपालले केही समयअघि यू१९ एसिया कपमा खेलेको ...
। वर्षको उत्कृष्ट पुरुष खेलाडीले पाउने फिफा बेस्ट अवार्ड अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले हात पारेका छन् । इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारेका हुन् । पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पे उत्कृष्ट खेलाडीको दौडमा तेस्रो भए । ३६ वर्षीय मेस्सीले जुनमा अमेरिकी मेजर लिग सकर एमएलएस क्लब इन्टर मियामीमा सर्नुअघि सन् २०२३ को सुरुवात ...
— डिफेन्डिङ च्याम्पियन सेनेगलले अफ्रिका कप अफ नेसन्स २०२३ को उपाधि रक्षा अभियान सोमबार जितसँगै सुरु गरेको छ । उसले समूह ‘सी’ को खेलमा गाम्बियालाई सजिलै ३–० ले हरायो । खेलको चौथो मिनेटमा पेप गुएयेको गोलले अग्रता लिएको सेनेगलका लागि लामिने कमाराले दोस्रो हाफमा दुई गोल थपे । गाम्बिया खेलको अन्त्यमा दस खेलाडीमा सीमित रहेको थियो ...
— ली काङ–इनको दुई गोलको मद्दतले दक्षिण कोरियाले एसियन कप २०२३ मा अपेक्षा अनुसार प्रभावशाली सुरुआत गर्ने क्रममा सोमबार बहराइनलाई सजिलै ३–१ ले पराजित गरेको छ । यो जितपछि समूह ‘डी’ मा पूर्व विजेता दक्षिण कोरियाको तीन अंक भएको छ । उसको अर्को चरण प्रवेशको सम्भावना पनि बलियो बनेको छ । खेलको ३९ औं मिनेटमा दक्षिण कोरियाले ...
First Prev ... 71 72 73 74 75 76 77 78 79 80 81 ... Next Last