मुख्य समाचार
खेलकूद
— शहिद लखन गाउँपालिका–६, घैरुङमा माघी पर्वको अवसर पारेर गोरु जुधाइएको छ । यहाँ माघीमा हरेक वर्ष गोरु जुधाइ प्रतियोगिता नै हुने गरेको छ । यसवर्ष १२ हल गोरु जुधाइएको छ । यो वर्ष प्रतियोगितामा भाग लिन धादिङको ज्वालामुखी स्थित रामपुर, भिमसेन थापा र गण्डकी र शहिद लखन गाउँपालिका किसानले गोरु लिएर आएका थिए । ...
— मोहम्मद मार्डी र मोहम्मद सुलेमनको दुई दुई गोलको मद्दतले जोर्डनले सोमबार एसियन कप २०२३ मा मलेसियालाई सजिलै ४–० ले हरायो । यो जितपछि जोर्डन समूह ‘ई’ को शीर्षमा पनि रहन सफल रह्यो । जोर्डनले पहिलो हाफमा तीन गोल गरेको थियो र खेलमाथि पूर्ण नियन्त्रण राख्न सफल रह्यो । यस अगाडि यसै समूहको खेलमा दक्षिण कोरियाले ...
— लियोनल मेसी र ऐटाना बोनमटी मंगलबार फिफाको उत्कृष्ट खेलाडी २०२३ चुनिएका छन् । मेसीले फिफाको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेको यो तेस्रो पल्ट हो, तर यसपल्ट भने यो विवादास्पद रह्यो । म्यानचेस्टर सिटीका इर्लिङ हालान्डलाई उछिनेर मेसी अविश्वसनीय रूपमा विजेता रहे । कीर्तिमान आठ पल्टका बेलन डे’अर विजेता मेसीले पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर एमएलएस ...
— टोटनहमले दुई पल्ट पुनरागमन रचेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार रोमाञ्चक २–२ को बराबरी खेलेको छ । ओल्ड ट्रायफोर्डमा युनाइटेडले दुई पल्ट अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन । रासमस होजलउन्डले युनाइटेडलाई सुरुआती अग्रता दिलाएपछि रिचार्लिसनले बराबरी गोल गरे । मार्कस रसफोर्डले युनाइटेडलाई फेरि अग्रता दिलाएपनि रोड्रिगो बेन्टकरले बराबरी गोल फर्काए । यो नतिजापछि ...
— इन्टर मिलानले इटालीको सिरी ए मा आफ्नो स्थिति अझ मजबुत बनाउने क्रममा शनिबार मोन्जालाई ५–१ ले हराएको छ । यससँगै शीर्ष स्थानमा इन्टरले पाँच अंकको ठोस अग्रता पनि लिएको छ । इन्टरको यो जितमा हाकान चाल्हानोलुले दुई गोल गरे । उसको २० खेलबाट ५१ अंक भएको छ । युभेन्ट्स ४६ अंकमा दोस्रो स्थानमा रहेको छ ...
— ओस्कार बबले दोस्रो हाफको इन्ज्युरी समयमा गरेको गोलको मद्दतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई ३–२ ले हराएको छ । सेन्ट जेम्स पार्कमा प्राप्त यस जितसँगै सिटी लिगको शीर्षमा रहेको लिभरपुलसँगको दूरी दुई अंकमा छोट्याउन सफल रह्यो । खेल बराबरीतर्फ अग्रसर भइरहेका बेला २० वर्षीय नर्वेली खेलाडी बबले निर्णायक गोल गरेका हुन् । यो ...
— अस्ट्रेलियाले एसियन कप-२०२३ को समूह ‘बी’ को पहिलो खेलमा शनिबार भारतमाथि प्रभावशाली २–० को जित निकालेको छ । पहिलो हाफको गोलरहित बराबरीपछि पूर्वविजेता अस्ट्रेलियाले २ गोल गरेको हो । भारतीय गोल रक्षक गुरप्रित सिंह सिन्धुको कमजोर क्लियरेन्समा ज्याक्सन इरभिनले ५० औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि सब्टिच्युट खेलाडी जोर्डन बसले नजिकको दूरीबाट ७३ औं ...
— सेको फोफानाले सुरुमै गरेको उत्कृष्ट गोलको मद्दतले आइभरीकोस्टले अफ्रिका कप अफ नेसन्समा शनिबार गिनी–बिसाउलाई २–० ले पराजित गर्दै विजयी सुरुआत लिएको छ । यससँगै उसले तीन अंक बटुलेको छ । साउदी अरेबियामा व्यवसायिक फुटबल खेल्ने फोफानाले चौथो मिनेटमै आयोजक देशलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा जियान–फिलिपे क्रसाले दोस्रो गोल गरे र आइभरीकोस्ट समूह ‘ए’ ...
— डिफेन्डिङ च्याम्पियन तथा आयोजक देश कतारले एसियन कप २०२३ मा शुक्रबार सजिलो विजयी सुरुआत लिएको छ । उसले लेवनानलाई ३–० ले पराजित गरेको हो । सन् २०२२ को विश्वकप आयोजक पनि रहेको कतारलाई अक्रम आफिफले पहिलो हाफको अन्त्यतिर गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफ सुरु भएयता अलमोज अलिले कतारको अग्रता दोब्बर बनाए भने तेस्रो ...
— कतारमा शुक्रबारदेखि एसियन कप फुटबल सुरु भएको छ । लगभग चार सातासम्म चल्ने यो प्रतियोगिताले नयाँ एसियाली च्याम्पियन दिनेछ । कतार प्रतियोगिताको आयोजक मात्र होइन, डिफेन्डिङ च्याम्पियन पनि हो । कतारलाई आफूले जितेको उपाधि रक्षा गर्न कठिन भने हुनेछ । जापान र दक्षिण कोरिया सबैभन्दा बलिया प्रत्याशीका रूपमा रहेका छन् । एसियन कप : हेर्नलायक पाँच खेलाडी जापान प्रतियोगिता इतिहासकै सबैभन्दा ...
। म्यानचेस्टर युनाइटेडका विंगर जाडोन साञ्चो लोनमा पुरानो क्लब बोरुसिया डर्टमन्ड फर्किएका छन् । २३ वर्षिय उनले २०२१ जुलाईमा जर्मन क्लब डर्टमन्डबाट ७३ मिलियन पाउन्डमा ओल्ड ट्राफोर्ड गएका थिए । म्यानचेस्टर युनाइटेडका म्यानेजर एरिक टेन हागसँग विवादका कारण उनले क्लब छोडेका हुन् । क्लबको अभ्यासका क्रममा उनीहरुबीच भएको विवादपछि उनले क्लब छोडेका हुन् । उनी लोनमा डर्टमन्ड फर्किन ...
: जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १५ औं संस्करण शुक्रबारबाट बनेपामा सुरु भएको छ। जिल्लाको १३ स्थानीय तहमध्ये १२ स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएपछि जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको हो। स्थानीय स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन्। प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, ...
। ओसासुनालाई २-० ले हराउँदै बार्सिलोना स्पानिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबको रियादमा भइरहेको सुपर कपमा रोवर्ट लेवान्डोस्की र ल्यामिन यमलले दोस्रो हाफमा गरेको गोलमा बार्सिलोना विजयी भएको हो । लेवान्डोस्कीले ५९औं मिनेटमा इल्के गुन्डोगानको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यामलले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ...
। एसियन कप आज शुक्रबारदेखि सुरु हुँदैछ । कतार यसको आयोजक रहेको छ र यो नै प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । जापान भने उपाधिका लागि सबैभन्दा बलियो प्रत्यासी हो । अनि सन ह्वेङ–मिनको दक्षिण कोरिया ६४ वर्षयता पहिलो पटक एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्ने उद्देश्यमा हुनेछ । कुल २४ टिमको सहभागिता रहेको प्रतियोगितामा अस्ट्रेलियादेखि ...
: नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार मुद्दामा जेल सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ। बुधबार जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएपछि क्यानले आज लामिछानेलाई निलम्बन गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । चन्दले दोषी ठहर भएकाले लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट ...
— बार्सिलोनाले स्पेनी सुपरकपको फाइनलमा रियल म्याड्रिडको सामना गर्ने भएको छ । उसले बिहीबार भएको दोस्रो सेमिफाइनलमा ओसासुनालाई २–० ले हरायो । फाइनल आइतबार हुनेछ । बार्सिलोनाका लागि रोबर्ट लेवनडोस्की र लामिन यामलले दोस्रो हाफमा एक-एक गोल गरे । पछिल्लो सिजनको फाइनलमा पनि यिनै दुई टिम भिडेका थिए र त्यस ‘एल क्लासिको’ मा बार्सिलोना विजयी रहेको ...
First Prev ... 72 73 74 75 76 77 78 79 80 81 82 ... Next Last