सबैभन्दा पहिले खेलाडीको एउटा सूची– मुथैया मुरलिधरन, सेन वार्न, जेम्स एन्डरसन, अनिल कुम्बले, स्टुआर्ट ब्रोड, ग्लेन म्याकग्रा र कर्टन वाल्स । यिनीहरूको नाम सुन्नेबित्तिकै क्रिकेट पारखीको मुखबाट ठ्याक्कै निस्कनेछ, ‘ओहो, यी महान् खेलाडीहरू !’ क्रिकेटका यी सात महान् खेलाडी खासमा त्यस्ता बलर हुन्, जसले टेस्ट क्रिकेटमा पाँच सयभन्दा बढी विकेट लिए ।
टेस्ट क्रिकेटमा यो जत्तिको ठूलो उपलब्धि ...