मुख्य समाचार
खेलकूद
। जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि इंग्ल्याण्डको टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले ह्यारी मगुएर, ज्याक ग्रेलिस, जेम्स म्याडिसन जस्ता खेलाडीलाई बाहिर राख्दै २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । यसअघि ३३ सदस्यीय प्रारम्भिक टोलीबाट साउथगेटले ७ खेलाडीलाई बाहिर राखेका छन् । गोलकिपर जेम्स ट्राफोर्ड, डिफेण्डर जराड ...
। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) ऐतिहासिक कीर्तिमान नजिक छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनविरुद्धको खेल खेल्दै किरण नेपालका लागि एक सयौँ खेल खेल्ने कीर्तिमान नजिक छन् । डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय फुटबल करियरमा किरणले हाल नेपालका लागि सर्वाधिक ९९ क्याप जितेका ...
। अखिल नेपाल कबड्डी संघको आयोजनामा सीता दाहाल महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप नेपालमा हुने भएको छ । पाँच राष्ट्र सहभागी हुने उक्त च्याम्पियनसिप असार ४ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना हुने संघका महासचिव अरविन्द झाले जानकारी दिए । च्याम्पियनसिपमा नेपालसहित इरान बंगालदेश श्रीलंका र इन्डोनेसियाको सहभागिता हुनेछ । नेपालको महिला टोलीले गत असोजमा चीनको हान्झाउमा भएको ...
। पाकिस्तानले टी–२० विश्वकप २०२४ मा खराब सुरुआत गरेकोमा कुनै दुविधा नै रहेन । अमेरिकासँग सुपर ओभरमा हार व्यहोरेपछि भनिएको थियो, ‘यो त पाकिस्तानी क्रिकेटका लागि कालो दिन हो ।’ पाकिस्तानी क्रिकेटले एसोसियट देशविरुद्धको हार पचाउनै सकेन । पाकिस्तान त्यसपछि आफ्नो दोस्रो खेलमा भारतसँग पनि पराजित भयो । त्यसपछि त अझ भनिएको छ, पाकिस्तानी क्रिकेटकै समाप्ती ...
। फिफा विश्वकप छनोट-२०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटको दोस्रो चरणमा नेपालले आज यमनसँग अन्तिम खेल खेल्दैछ । समूह एचमा रहेको नेपालले यसअघिका पाँच वटै खेलमा पराजित भएकोले आजको खेल नेपालको लागि प्रतिष्ठाको लागि महत्वपूर्ण हुनेछ । यमनको घरेलु मैदानमा हुनुपर्ने यस खेल न्युट्रल भेन्यु साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद स्टेडियममा हुनेछ । खेल ...
। फ्रान्सेली फुटबल स्टार केलिएन एम्बाप्पे युरोकपअघि क्यानडा विरुद्धको मैत्रीपूर्ण खेलको अभ्यासमा सहभागी भएनन् । किनकी लक्जेमवर्ग विरुद्ध ३-० ले विजयी भएको खेलमा उनको घुँडामा समस्या देखिएको थियो । क्यानडा विरुद्ध पहिलो रोजाइमा नखेलेका उनी वैकल्पिक खेलाडीको रुपमा ७४औं मिनेटमा उसमान डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । उनले खेलपछि ...
। आईसीसी टी–२० विश्वकप २०२४ मा घरेलु टोली अमेरिकाले सुरुवाती दुई खेलमा सानदार प्रदर्शन गरेको छ । पहिलो खेलमा क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा मात्रै ३ विकेटको क्षतिमा पूरा गरेको थियो । उक्त खेलमा आरोन जोन्सले ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनको विष्फोटक इनिङ खेलेका थिए । उक्त इनिङबाट जोन्सले ...
। युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सोमबार कर्णालीको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुदको लागि तयार भइरहेको भौतिक संरचनाको निरीक्षण गरेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन हुने वीरेन्द्रनगरस्थित रङ्गशाला, पौडी पोखरी, नवनिर्मित कभर्ड हल, ब्याडमिन्टन हल लगायतका संरचनाको निरीक्षणसँगै प्रगति विवरणको बारेमा उनले जानकारी लिएका हुन् । कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव ...
। स्पानिस टेनिस स्टार कार्लोस अल्कारेजले फ्रेन्च ओपनको उपाधि जितेका छन् । ५ सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा जर्मनीका अलेजान्डर जेभरेभलाई ३-२ ले पराजित गर्दै अल्कारेजले पहिलो पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन् । पेरिसको रोला ग्यारो क्ले कवर्टमा भएको फाइनलमा तेस्रो वरियताका अल्कारेजले जेभरेभलाई ६-३, २-६, ५-७, ६-१, ६-१ ले पराजित गरे । अल्कारेसको यो तेस्रो ...
। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान)लाई अमेरिका र वेस्ट इन्डिजमा जारी टी– २० विश्वकप क्रिकेटमा नेपाली राष्ट्रिय टोलीको प्रदर्शनमा पूर्णरूपले केन्द्रित हुन ध्यानाकर्षण गराएको छ । ‘विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली प्रतियोगिताको तयारीमा पूर्णरूपले केन्द्रित भई उच्चस्तरीय प्रदर्शनका लागि आवश्यक प्रशिक्षण लगायतका कार्य गर्नुपर्ने समयमा नेपाली समाजको नाममा विभिन्न स्थानमा प्रतियोगिताको सम्मुख ...
। नेपाल खेलकुद महासंघ (नेकोस)ले नेपाल क्रिकेट संघ (क्यान) मा बेथिति भइरहेको भन्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ । नेपाली क्रिकेटमा भइरहेको पछिल्लो घटनाक्रमको विषयमा नेकोसले आइतबार युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो । आइतबारै पत्रकार सम्मेलन पनि गर्दै नेकोसले क्यान अध्यक्ष चन्दको राजीनामा माग गरेको छ । नेकोसका महासचिव विप्लव ...
। नेपाली फुटबल टिमका कप्तान किरणकुमार चेम्जोङले २९ जेठमा यमनविरुद्ध हुने खेलमा जसरी पनि अंक जोड्ने बताएका छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले साउदी अरेबियामा यमनसँग खेल्नेछ । उक्त खेलमा जित वा बराबरी खेलेर अंक जोड्ने कप्तान चेम्जोङले बताए । आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘अहिलेसम्म प्वाइन्टलेस ...
– भारतले आईसीसी टी–२० विश्वकप २०२४ मा पाकिस्तानलाई ६ रनले हराएको छ । समूह ए मा भारतले लगातार दोस्रो जित हात पारेको हो । लगातार दोस्रो हारले पाकिस्तानको सुपर–८ सम्भावना निकै कठिन बनेको छ । १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै ११३ रन बनायो । पाकिस्तानका मोहम्मद रिजवानले ४४ बलमा १ चौका ...
– स्कटल्यान्डले आईसीसी टी–२० विश्वकप २०२४ मा ओमानमाथि ७ विकेटको सानदार जित हात पारेको छ । दोस्रो जितका साथ स्कटल्यान्ड समूह बी मा ३ खेलमा ५ अंकका साथ शीर्षस्थानमा उक्लिदै सुपर ८ को सम्भावना मजबुत बनाएको छ । जित्नलाई १५१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलनले ३१ ...
। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टी-२० विश्वकप अन्तर्गत न्यूयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट मैदानमा हालसम्म प्रयोग भएका दुईवटा पिचहरू गुणस्तरहीन रहेको स्वीकार गरेको छ । यस्तै आईसीसीले उक्त स्थानमा हुने टी-२० विश्वकपका बाँकी खेलहरूका लागि यो समस्यालाई समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ । आईसीसीले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हालसम्म ...
। क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् । क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । नेपाली राष्ट्रिय ...
First Prev ... 86 87 88 89 90 91 92 93 94 95 96 ... Next Last