मुख्य समाचार
खेलकूद
— फिक्सिङको आरोप लागेका क्रिकेटर महबुब आलम र आदिल आलम अन्सारीसहित ५ क्रिकेटरले अदालतबाट सफाइ पाएका छन् । गत वर्ष काठमाडौंमा भएको नेपाल ट्वान्टी–२० लिगमा महबुब र आदिलसहितलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विभिन्न आरोप लगाई मुद्दा दायर गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट सोमबार सबैले सफाइ पाएका हुन् । जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङको आरोप ...
। घरेलु टोली नेपालले पहिलो टी-२० अभ्यास खेलमा टेस्ट टोली आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हराएकोछ । योसँगै दुई खेलको सिरिजमा नेपालले १-० को अग्रता लिएको छ । जितको लागि १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा ओपनर कुशल भुर्तेल ३२ बलमा ४ चौकासहित सर्वाधिक ३७ रनमा नट आउट ...
। १९औं एसियाडकी ऐतिहासिक पदक विजेता एरिका गुरुङ र एसियाडमै खेलेका विप्लवलाल श्रेष्ठले यूएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकाको टेक्सासमा यही मार्च २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा एरिकाले महिला ६८ केजीमाथि तथा विप्लवले पुरुष ८४ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । एरिकाले गत असोजमा चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा ऐतिहासिक ...
— इन्डियन प्रिमियर लिग आईपीएल-२०२४ अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा जितका लागि १ सय ९४ रनको लक्ष्य पाएको लखनउले ओभरमा छ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो । जितका लागि उसले अन्तिम ओभरमा २७ रन बनाउन आवश्यक थियो । त्यसमा ...
— गुजरात टाइटन्सले शनिबार आईपीएल २०२४ मा मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको छ । रोहित शर्माको स्थानमा हार्द्धिक पान्ड्या विवादास्पद रूपमा मुम्बईको कप्तानमा नियुक्त भएयता यो हार बेहोरेको हो । जितका लागि १ सय ६९ रन पछ्याइरहेको मुम्बईका लागि शर्मा र डेवाल्ड ब्रेभिसले तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गर्दै बलियो स्थिति बनाए । त्यसमा ...
— नेपाल क्रिकेट संघ (क्यान) ले वार्षिक क्यालेन्डर निकालेको तीन महिना पुगेको छैन । त्यसमा आगामी वर्षमा टेस्ट राष्ट्रसँग खेल्ने अपेक्षा नेपाली क्रिकेट पदाधिकारीको रहेको थियो । पुस १९ गते क्यानले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दा सचिव पारस खड्काले टेस्ट टोलीलाई बोलाउन समय लाग्ने रहेको आफूहरूले थाहा पाएको बताएका थिए । ‘आयरल्यान्डको मुख्य टोली १० देखि १५ महिना व्यस्त छ, ...
। इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा पञ्जाव किंग्स ४ विकेटले विजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १७५ रनको लक्ष्य पञ्जावले १९.२ ओभरमा ६ विकेट गुमाउँदै भेटायो । लक्ष्य भेटाउने क्रममा पञ्जाबका साम करनले ६३, लियाम स्टेफेन लिभिङस्टोनले ३८, प्रभसिमरन सिंहले २६ र कप्तान शिखर धवनले २२ रनको योगदान गरे । दिल्लीका ...
। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपील) २०२४ को तेस्रो खेलमा सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ । जितको लागि २०९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो । अन्तिम ओभरमा जितको लागि १३ रन चाहिए पनि कोलकाताका हर्षित रानाले मात्रै ८ रन खर्चेर २ विकेट लिएका ...
। इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सर्वाधिक मूल्य साढे ३९ करोड रुपैयाँ (२४ करोड ७५ लाख भारु)मा कोलकाता नाइट राइडर्समा अनुबन्ध भएका अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले पहिलो खेलमा खराब बलिङ गरेका छन् । शनिबार राति सम्पन्न खेलमा सनराइजर्स हैदराबादविरुद्ध स्टार्कले चार ओभरमा ५३ रन खर्चिदा विकेटविहीन बने । कोलकाता चार रनले विजयी भएपनि २०१५ पछि ...
। आयरल्याण्ड वल्भससँग खेल्ने नेपाल ए टीमको टोली घोषणा भएको छ । टी-यू क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने एक दिवसीय र टी-२० दुवै खेलका लागि क्यानले टोली घोषणा गरेको हो । विनोद भण्डारीको कप्तानीमा दुवै फर्म्याटको टोली घोषणा गरिएको हो । टी-२० को टोलीमा विनोद भण्डारी, लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, ...
: सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए । उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई छ विकेटले पराजित गरेको इन्डियन ...
। ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई बलात्कार अभियोगमा ब्राजिलको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको हो । यसअघि सन् २०१७ मा इटलीको अदालतले पनि उनलाई दोषी ठहर गर्दै ९ वर्षकै जेल सजायँ सुनाएको थियो । त्यतिबेला उनी एसी मिलानका ...
: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ आजदेखि भारतमा सुरु हुँदैछ । १७ औं संस्करणको आईपीएलको पहिलो खेलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति ८ : १५ मा सुरु हुनेछ । यस सिजनदेखि महेन्द्रसिंह धोनीले चेन्नईको कप्तानी गर्नेछैनन् । आईपीएलको सर्वाधिक सफल टोली चेन्नई धोनीको कप्तानीमा १४ ...
। तीन पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपालले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ । तीन पाकिस्तानी खेलाडी फखार उबैदिन, उस्मान अलि र कासिफ नदिम सम्मीलित हेल्प नेपालले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा टिपटप हेल्प नेपाल ...
: प्रधानमन्त्री पुष्पकमल दाहालसँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच बुधबार भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा प्रधानमन्त्री दाहालले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए। 'नेपाल सरकारले क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण ...
: नेपालले आयरल्यान्ड ‘ए’(वुल्भ्स) र एसएमएस फ्रेन्डसिप कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघले रोहितकुमार पौडेलको कप्तानीमा बुधबार १५ सदस्यीय टोलीको घोषणा गरेको हो। नेपालले सोमबार र मंगलबार आयरल्यान्ड ‘ए’ सँग टी-२० खेल्न लागेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलामा सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग खेल्न लागेको हो। त्यसैगरी भारतमा हुने फ्रेन्डसिप कपमा ...
First Prev ... 88 89 90 91 92 93 94 95 96 97 98 ... Next Last