मुख्य समाचार
खेलकूद
। चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत मंगलबार ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन विजयी हुँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् । एसियाडको ११औं दिन नेपालका लागि रशिलाले मात्र खेल जितेकी हुन् । बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा रशिलाले मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित गरिन् । जितपछि रशिला अन्तिम १६मा प्रवेश गरेकी छन् । ...
। एसियाली खेलकुदको क्रिकेटमा हङकङविरुद्धको खेलमा १२.३ ओभरमा पाकिस्तान ६ विकेट गुमाएर ७३ रनको स्थितिमा थियो । तर पुछारका ब्याटरहरुले विस्फोटक ब्याटिङ गरेपछि पाकिस्तानले २० ओभरमा सबै १० विकेट गुमाएर १६० रन बनायो । उसका लागि अमिर जमालले १६ बलमा ४१ रन बनाए । यस्तै आसिफ अली र अराफाद मिनहासले समान २५ रन बनाए । पाकिस्तानलाई अलआउट गर्ने ...
नम्बर एक (१) अर्थात पहिलो नम्बर विश्वकप क्रिकेटको पहिलो संस्करण सन् १९७५ मा इंग्ल्याण्डमा भएको थियो जसको उपाधि पहिलो पटक वेष्ट इण्डिजले जितेको थियो । नम्बर दुई (२) विश्वकप क्रिकेट १९७९ को दोस्रो संस्करणमा विश्वकप इतिहासकै सबैभन्दा थोरै शतक बनेका थिए । यस बिश्वकपमा जम्मा दुईवटा मात्र शतक बनेका थिए । प्रतियोगिताभर वेष्ट इण्डिजका सर गोर्डन ग्रिनिज र ...
। काभा मेन्स भलिबल च्यालेन्ज कप यही अक्टोबर दोस्रो सातादेखि श्रीलंकामा हुने भएको छ । मध्य एसियाका दोस्रो श्रेणीका राष्ट्रहरुले खेल्ने यस प्रतियोगिता यही अक्टोबर ९ देखि १५ सम्म श्रीलंकामा आयोजना हुने पक्का भएको नेपाल भलिबल संघले जनाएको छ । जसमा आयोजक श्रीलंका र नेपालसहित बंगलादेश, अफगानिस्तान, उज्बेकिस्तान र साउदी अरेबिया सहभागी हुनेछन् । प्रतियोगिता सिंगल राउण्ड रोबिनका ...
— नेपाल १९ औं एसियाली खेलकुदको महिला कबड्डीमा इरानसँग ४३–१९ ले पराजित भएको छ । इरान पछिल्लो एसियाली खेलकुदको महिला कबड्डीमा स्वर्ण पदक विजेता हो । यो जितपछि इरान प्रतियोगिताको सेमिफाइनल पुग्ने पनि निश्चित जस्तै भएको छ । पहिलो हाफमा इरान ३३/१६ ले अगाडि थियो । नेपालले यसअघि समूह बी को खेलमा बंगलादेशलाई हराएको ...
— नेपालको १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा चुनौती मंगलबार समाप्त भएको छ । भारतविरुद्धको खेल २३ रनले गुमाएपछि नेपालको यात्रा क्वाटरफाइनलमै रोकिएको हो । स्वर्ण पदकको बलियो प्रत्यासी भारत भने यस जितपछि सेमिफाइनल प्रवेश गर्न सफल भएको छ । नेपालले भारतविरुद्ध बलियो चुनौती पेस गरे पनि त्यो जितका लागि पर्याप्त रहेन । जितका लागि ...
— डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डले वान डे विश्वकप अगाडिको आफ्नो अन्तिम अभ्यास खेलमा सोमबार बंगलादेशलाई डीएसएल नियमअनुसार चार विकेटले पराजित गरेको छ । मोइन अलीले ३९ बलमा ५६ रन बनाए र इंग्ल्यान्डले १ सय ९७ रनको परिमार्जित लक्ष्य ७७ बलको खेल बाँकी छँदै हात पारेको थियो । त्यसअघि रिस टोपलीले २३ रनमा तीन विकेट लिएपछि बंगलादेशले ३७ ...
— गोलको खडेरीबाट गुज्रिरहेको चेल्सीले इंग्लिस प्रिमियस लिगमा सोमबार फुलहममाथि आत्मविश्वास बढाउने २–० को जित निकालेको छ । चेल्सीका लागि मिखाइलो मोडरिक लामो प्रतीक्षा पनि गोल गर्न सफल रहे । मउरिसो पोचेटिनोको घाइते खेलाडीले पिरोलिएको चेल्सी छिमेकी फुलहमको सामना गर्न अगाडि रेलिगेसनबाट क्षेत्रबाट दुई अंकमात्र अगाडि थियो । यस क्रममा उसले दुई गोलमात्र गरेको थियो । त्यही ...
— १९औं एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनको समूह ‘बी’ को महिला ६४ केजीमा नेपालकी शारदा चौधरीले स्न्याचमा ७० तथा क्लिन एन्ड जर्कमा ८८ केजी गरी कुल १५८ केजी उचालेकी छन् । आफ्नो समूहमा शारदा पाँचौं स्थानमा रहिन् । स्न्याचमा शारदाले पहिलो लिफ्टमा ७० केजी र तेस्रो लिफ्टमा ७४ केजी उचाल्ने प्रयास गरे पनि सफल भइनन् । उनले क्लिन ...
: चीनमा जारी एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाल क्वार्टर फाइनलबाटै बाहिरिएको छ। भारतसँग २३ रनले पराजित भएसँगै नेपाल बाहिरिएको हो। मंगलबार बिहान सम्पन्न खेलमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ९ विकेट क्षतिमा १७९ रनमात्र बनाउन सक्यो। पूरै २० ओभर खेल्ने क्रममा नेपालका लागि ब्याटिङतर्फ दिपेन्द्र सिंह ऐरीले १५ बल खेल्दै सर्वाधिक ३२ ...
नियमित फुटबल हुने हो भने खेलाडीले नियमित आम्दानी गर्न पाउँछन्। तर फुटबलको जिम्मेवारी भएको संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाली राजनीतिको एउटा दर्पणजस्तो छ, लथालिंग, भताभुंग र अस्थिर अनि कतिपय सन्दर्भमा अनियमितताको अखडा पनि। नियमित फुटबलको वातावरण बनाउन ऊ चुकिरहेको छ। लिग फुटबलको ठेगान हुँदैन र राष्ट्रिय एवं स्थानीय स्तरका प्रतियोगिता पनि जुर्मुराएका छैनन्। त्यसैकारण ...
: चीनको हाङचओमा जारी १९औं एसियाली खेलकुदको १०औं दिन नेपालले कबड्डीमा पदकको आशा जगाएको छ। सोमबार भएको महिला कबड्डीमा बंगलादेशलाई ३७–२४ ले पराजित गरेसँगै नेपालको पदक जित्ने सम्भावना बलियो बनेको हो। सात टोली सहभागी महिला कबड्डीमा साविक विजेता इरानसँगै नेपाल र बंगलादेश समूह ‘बी’मा छन्। यस्तै समूह ‘ए’ मा दक्षिण कोरिया, भारत, चाइनिज ताइपेई र ...
— १९ औं एसियाली खेलकुदको ट्वान्टी–२० क्रिकेटअन्तर्गत नेपालले भारतको सामना गर्ने भएको छ । नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने छ । नेपालले मंगलबार भारतसँ हाङचाउमा नेपाली समयअनुसार बिहान पौने ७ बजे खेल्दै छ। एक महिनाअघि एसिया कप क्रिकेट पहिलोपटक भारतसँग ओडीआई खेलेको थियो । नेपालले एसियली खेलकुदमा भारतसँग पहिलो ट्वान्टी-२० आई खेल्ने भएको हो । यस्तै, क्वाटरफाइनलमा ...
— जोएल माटिपले इन्जुरी समयमा गरेको आत्मघाती गोलको मद्दतले टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार नौ खेलाडीमा सीमित लिभरपुललाई २–१ ले हराएको छ । कर्टिस जोन्स र डिएगो जोटाले विवादास्पद ढंगले रातो कार्ड खाएपछि लिभरपुल नौ खेलाडीमा सीमित भएको थियो । टोटनहमले कप्तान सन ह्वेङ–मिनको गोलले अग्रता लिएयता कोडी गाक्पोले बराबरी गोल फर्काए । यो जितपछि टोटनहमको ...
— जुड वेलिङघमले गरेको सिजनको सातौं गोलको मद्दतले रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा जिरोनालाई सजिलै ३–० ले हरायो र अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो । यो जितपछि रियलको आठ खेलबाट २१ अंक भएको छ । बार्सिलोना समान खेलबाट २० अंकमा दोस्रोमा छ । जिरोना भने १९ अंकमा तेस्रो स्थानमा रह्यो । जोसेलुले रियलका ...
— नेपाल बास्केटबल लिग (एनबीएल) मा शनिबार रोयल स्पोर्ट्स सेन्ट्रल र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगिताको दोस्रो दिन रोयल स्पोर्ट्सले गोल्डेनगेट क्लबलाई ८७–७३ स्कोरले पराजित गरेको थियो । रोयलको जितमा महत्वपूर्ण भूमिका खेलमा प्रसाङध्वज मास्के मोस्ट भ्यालुएबल प्लेयर भए । अर्को खेलमा त्रिभुवन आर्मीले विशाल मिलन केन्द्रमाथि १०२–८७ स्कोरको जित पाएको थियो । आर्मीका ...
First Prev ... 90 91 92 93 94 95 96 97 98 99 100 ... Next Last