मुख्य समाचार
खेलकूद
— नेपालका धावक दीपक अधिकारीले शनिबार हाङचउ एसियाली खेलकुदको १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । हाङचउ ओलम्पिक स्टेडियमको ट्र्याकमा दीपकले २९ मिनेट ३५.०६ सेकेन्डमा दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् । ३० मिनेट १०.३ सेकेन्डको राष्ट्रिय कीर्तिमान उनकै नाममा थियो । जुन गत वर्ष पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा स्थापित गरेका थिए । नवौं राष्ट्रियमा स्वर्ण ...
— भारतले साफ यू–१९ फुटबल च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गरेको छ । भारतले शनिबार दशरथ रंगशालामा भएको फाइनलमा पाकिस्तानलाई ३–० ले पराजित गर्दै लगातार तेस्रो पटक दक्षिण एसियाली उमेर समूहको यो प्रतियोगिता जितेको हो । नेपालले सन् २०१५ र २०१७ मा गरी यो प्रतियोगिताको पहिलो दुई संस्करण जितेको थियो । त्यसयता भारतको वर्चस्व छ । भारतले २०१९, २०२२ र यसपालिसहित लगातार ...
— नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा ‘ए’ श्रेणीका १० खेलाडीले अधिकतम मूल्य पाएका छन् । मंसिरमा हुने एनएसएलको दोस्रो संस्करणका लागि शनिबारको अक्सनमा ‘ए’ श्रेणीमा रहेका २७ मध्ये १० खेलाडीमाथि अधिकतम ३ लाख ५० हजारको भाउ लागेको थियो । ‘ए’ श्रेणीका खेलाडीको १ लाख ५० हजार बेसप्राइस राखिएकामा बोलकबोलबाट त्यो बढेर अधिकतम भाउमा पुगेको थियो । झापा एफसीले लाकेन ...
— नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेटमा आइतबार अन्तिम आठको यात्रा तय गरेको छ । नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १ सय ३८ रनले हरायो । यस अगाडि नेपालले मंगोलियालाई हराएको थियो । क्वाटरफाइनलमा अब नेपालको प्रतिद्वन्द्वी सोमबार निश्चित हुनेछ । त्यस दिन ड्र निकालिनेछ । यस चरणमा टेस्ट मान्यता प्राप्त टिम जोडिनेछन् । टस जितेर ...
— भीमदत्त नगरपालिका–१० सुकासालनजिकै गज्जर खोलाकिनारमा कस्मोपोलिटन इंग्लिस स्कुल छ । खोलाको किनार नै विद्यालयको खेलमैदान हो । त्यही खोला किनारमा लडीबुडी गर्दै क्रिकेट सिकेका दीपेन्द्र सिंह ऐरीले बुधबार विश्व कीर्तिमान बनाए । चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत मंगोलियाविरुद्धको खेलमा ऐरीले ९ बलमा अर्धशतक हानेर विश्व कीर्तिमान कायम गरे । उनले १० बलमा अविजित रहँदै ५ सय २० ...
— सामाजिक संजालको दुरुपयोग भएको भन्दै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल प्रविधिको सुन्दर उपहार भए पनि नेपालमा त्यसको चरम दुरुपयोगले समाजलाई गाँजेको उनले बताए । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा पुनले सामाजिक सञ्जालको सही र रचनात्मक प्रयोग गर्न सकिए मुलुक, समाज र मानिसको जीवनमै परिवर्तन ल्याउन सकिने बताए । लोकतन्त्रमा ...
— ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि कसैले ६ विकेट लिएकै थिएनन् । अविनाश बोहराले आइतबार त्यो पनि पूरा गरे । उनको कीर्तिमानी सटीक बलिङ मद्दतले नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गर्‍यो । नेपाल समूह ‘ए’ को विजेताका रूपमा एसियाली खेलकुदको पुरुष स्पर्धाको नकआउट चरण पुगेको हो । नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेपछि खेलाडीले ब्याटिङ मात्र होइन, ...
— पहिलो पटक एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेको महिला कबड्डी टिमसामु सोमबार नेपाललाई पहिलो पदक दिलाउने सम्भावना रहेको छ । नेपालले आफ्नो समूहको खेलमा बंगलादेशको सामना गर्दै छ र त्यसमा जित निकाल्न सके कम्तीमा कांस्य पदक जित्ने निश्चित हुनेछ । महिला कबड्डीमा कुल सात टिमको सहभागिता रहेको छ । त्यसमध्ये समूह ‘ए’ मा चार टिम रहेका छन्, भारत, चिनियाँ ...
— अन्ततः नेपालले १९ औं एसियाली खेलकुदमा पदक जित्ने निश्चित भएको छ । महिला कबड्डीमा नेपालले सोमबार बंगलादेशलाई ३७-२४ ले हराएपछि कम्तीमा कांस्य पदक जित्ने निश्चित भएको हो । प्रतियोगिता औपचारिक रूपमा सुरु भएको दस दिनपछि नेपालको पदकको खाता खोल्ने भएको हो । यससँगै नेपाली इतिहासमै कबड्डी एउटा ठूलो सफलता चुमेको छ । यो जितपछि नेपाल ...
: नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ। एसियन गेम्सअन्तर्गत चीनमा भएको खेलमा माल्दिभ्स २ बल अगावै अलआउट हुँदै ७४ रन बनायो। नेपालका लागि अविनाश बोहोराले कीर्तिमानी ६ विकेट लिए। त्यस्तै सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक-एक विकेट लिए। यसअघि नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित ओभरको ...
। आयोजक चीनले १९औं एसियाडमा स्वर्णमा शतक पूरा गरेको छ । शुक्रबार साँझसम्म चीनले सर्वाधिक १०० स्वर्ण जितेको छ । यस्तै ५९ रजत र २९ कास्यसहित कूल १८८ पदक जितेर पदकतालिकामा शीर्ष स्थानमा छ । एसियाका ४५ राष्ट्र सहभागी १९औं एसियाडमा अहिलेसम्म ३४ राष्ट्रले पदक जितेका छन् । दक्षिण कोरिया २४ स्वर्ण २४ रजत र ४४ कास्यहसित ९२ ...
। १९औं एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको छ । शनिबार बिहान चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको सेमिफाइनल चरणको समूह ए मा दक्षिण कोरिया र चाइनिज ताइपेईसँग पछि पर्दै तेस्रो स्थानमा रहेपछि नेपाल बाहिरिएको हो । फाइनल चरणमा पुग्नका लागि सेमिफाइनल चरणको समूहमा शीर्ष दुईमा रहनुपर्ने नियम रहेकोमा नेपाल ...
। चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल भियतनामसँग सोझो सेटमा पराजित भएको छ । पहिलो पटक एसियाड खेलेको नेपाली महिला भलिबल टोलीले डेब्यु खेलमा भियतनाम विरुद्ध कमजोर प्रदर्शन गर्दा सहजै पराजित भएको हो । देकिङ स्पोर्ट्स सेन्टर जिम्न्यासियममा शनिबार भएको खेलमा भियतनामले नेपाललाई २५-४, २५-१६, २५-१३ ले पराजित गरेको हो । पहिलो सेटमा भियतनामले ७ ...
। चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सबै खेलमा पराजित भएको छ । भारतसँग समूहको अन्तिम खेलमा पराजित भएपछि नेपालको चुनौती शनिबार समाप्त भएको छ । समूह बी को चौथो तथा अन्तिम खेलमा भारतले नेपाललाई ४४–१९ ले पराजित गर्‍यो । नेपालका लागि कप्तान बन्दना राईले ७, उमा राईले ६, कल्पना सिन्जाली र आइत लोमु ...
: साफ यु-१९ च्याम्पियनसिप फुटबलको उपाधिका लागि शनिबार भारत र पाकिस्तान भिड्ने भएका छन्। फाइनल अघि शुक्रबार रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक तथा कप्तानहरूले अनुभवका आधारमा राम्रो नजिता निकाल्ने दाबी गरेका छन्। हरेक खेलमा टीमको फरक-फरक रणनीति हुने र आवश्यक रणनीतिका आधारमा फाइनल खेल्ने दुवै टोलीको भनाइ छ। सेमिफाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ...
: अहिले मुलुकको सिंगो खेलकुद क्षेत्र १९औं एसियाली खेलकुदमा होमिएको छ। नेपालका खेलाडी, प्रशिक्षक, खेल पदाधिकारीसँगै नेतृत्व तहमा रहेका पदाधिकारी चीनको हाङचाओ सहरमा व्यस्त छन्। एसियाली राष्ट्रको महाकुम्भका रूपमा रहेको १९औं एसियाली खेलकुदमा ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। गत असोज ६ गतेबाट सुरु भएको प्रतियोगितामा ४० खेलमा ४ सय ८१ स्वर्ण पदकका ...
First Prev ... 91 92 93 94 95 96 97 98 99 100 101 ... Next Last