मुख्य समाचार
खेलकूद
: अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ। कोलम्बियालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिका उपाधि जितेको हो। हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले ११२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन्। उनी यो संस्करणमा ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बने। ६६ औं मिनेटमा ...
: युरोकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको छ। सोमबार बिहान भएको खेलमा इंग्ल्यान्डलाई हराउँदै स्पेनले युरो २०२४ को उपाधि उचालेको हो। २–१ गोलले पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधि जित्न सफल भएको छ। निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी रहँदा मिकेल ओयार्जाबालको गोल नै निर्णायक गोल बन्न पुग्यो। पहिलो हाफ गोलरहित बनेपनि ...
। जारी युरो–२०२४ को उपाधिका लागि स्पेन र इंग्ल्यान्ड आमनेसामने हुने भएका छन् । गएराति भएको अन्तिम सेमिफाइनल खेलमा इंग्ल्यान्डले उत्कृष्ट पुनरागमनसहित नेदरल्यान्ड्सलाई हराउँदै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो । इंग्ल्यान्डले २–१ गोलअन्तरसहित युरो संस्करणमा लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । स्पेन भने यसअघि नै पूर्व विजेता फ्रान्सलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ...
। जेफरसन लेर्माको एक मात्र गोलमा उरुग्वेलाई पराजित गर्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । नर्थ कारोलिनास्थित ब्याङ्क अफ अमेरिका स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा दश खेलाडीमा समेटिएको कोलम्बियाले उरुग्वेलाई १-० ले पराजित गर्दै फाइनल पुगेको छ । कोलम्बियाले यसअघि सन् २००१ मा कोपाको फाइनल खेलेको थियो । र, त्यसमा मेक्सिकोलाई ...
। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नयाँ टी–२० आई वरीयता ओपनर आसिफ शेखको सुधार भएको छ । टी–२० आई ब्याटिङ वरीयतामा आसिफले एक स्थान सुधार गर्दै ६९औं स्थानमा छन् । सोही स्थानमा अष्ट्रेलियाका म्याथ्यु वेड छन् । दुबै खेलाडीको अंक समान ४३१ छ । टी–२० आईको ब्याटिङतर्फ नेपालका कप्तान रोहित पौडेल ६१ औं र ...
। एसीसी वुमन्स एसिया कप खेल्न श्रीलंका पुगेको नेपाल दोस्रो टी-२० अभ्यास खेलमा पराजित भएको छ । बुधबार दिउँसो सम्पन्न खेलमा नेपाल श्रीलंका डेभलप्मेन्टसँग ४ विकेटले पराजित भएको छ । योसँगै तीन खेलको अभ्यास सिरिज नेपालले एक खेल अगावै गुमाएको छ । १०७ रनको लक्ष्य पछ्याएको श्रीलंका डेभलप्मेन्टले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । ...
। अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले कोपा अमेरिका २०२४ को फाइनलसम्मको यात्रा सजिलो नभएको बताएका छन् । बुधबार बिहान भएको पहिलो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनाले क्यानडालाई २-० ले पराजित गर्दै लगातार कोपाको फाइनलमा स्थान बनाएको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र कप्तान लिओनल मेसीले गोल गरे । ४८औं वरियतामा रहेको क्यानडाले पहिलो वरियतामा रहेको अर्जेन्टिनालाई स्तब्ध पार्ने ...
। सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त आयोजना हुने आईसीसी टी–२० विश्वकपमा पुग्न नेपालले छनोट खेल्न पर्नेछ । टी–२० विश्वकपमा सुपर– ८ र टी–२० वरीयताका आधारमा सिधै विश्वकपमा छनोट नभएपछि नेपालले एसिया क्षेत्रको छनोट खेल्नुपर्नेछ । यो खेलको आयोजक देश र मिति भने तय भएको छैन । गत वर्ष यो प्रतियोगिता नेपालले आयोजना गरेको थियो । ...
। विश्वचर्चित कोलम्बियन पपस्टार शाकिरा पुनः जादू छर्न तयार छिन् । उनले अर्को एक खेल समारोहमा सांगीतिक प्रस्तुति दिने तय भएको छ । सन् २०२४ को कोपा अमेरिकाको समापन समारोहमा दर्शकले उनको गायकी देख्न पाउनेछन् । कनमेबोलद्वारा जारी वक्तव्यमा खेल इतिहासको सबैभन्दा पुरानो प्रतियोगितामध्येको एक कोपा अमेरिकाको फाइनलमा शाकिरा प्रस्तुति दिने पहिलो कलाकारको रुपमा हुने उल्लेख ...
– तीव्र गतिका बलर गस एटकिन्सनले डेब्यू खेलमा ७ विकेट लिएपछि घरेलु टोली इंग्ल्यान्डले पहिलो टेस्ट खेलमा वेष्टइण्डिजविरुद्ध पहिलो दिन नै अग्रता लिएको छ । लर्ड्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिज पहिलो इनिङमा १२१ रनमा अल आउट भयो । ओपनर मिक्ली लोयुइसले सर्वाधिक २७ रन बनाए । एलिक एथानााजे २३, केभन हाडगे २४, अल्जार ...
। ओली वाट्किन्सले इन्जुरी टाइममा गरेको गोल मदतमा नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै इंग्लयाण्ड युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । सुपर सबको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेको वाट्किन्सले इन्जुरी टाइमको पहिलो मिनेटमा निर्णायक गोल गर्दै इंग्लयाण्डलाई लगातार दोस्रो पटक युरो फाइनलमा पुर्‍याए । इंग्लयाण्डले जुलाई १४ मा बर्लिनमा हुने फाइनलमा स्पेनको सामना गर्नेछ । ...
। लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा फ्रान्सविरुद्ध पुनरागमन जित निकाल्दै स्पेन युरो २०२४ को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति म्युनिख एरेनामा भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले हराएर फाइनल पुगेको हो । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । नवौं मिनेटमै रान्डल कोलो माउनीले गोल गर्दै फ्रान्सलाई अग्रता ...
। नेपाल महिला क्रिकेट टोली पहिलो टी-२० अभ्यास खेलमा श्रीलंका डेभलप्मेन्टसँग ३३ रनले पराजित भएको छ । जित्नलाई ९६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ६३ रन बनायो । नेपालकी सीता रानामगरले ११ र रुविना क्षेत्रीले १७ रन बनाए । देवमी विहांगाले ३ र सेहानीले २ विकेट लिइन् । त्यसअघि टस हारेर पहिला ...
। नेपाली यू-२० महिला भलिबल टिमले यही जुलाई १८ देखि माल्दिभ्समा हुने काभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्दैछ । पहिलो पटक नेपालको उमेर समूहको टोली बनाएर उक्त प्रतियोगिताका लागि अहिले तयारी चलिरहेको छ । नेपाल भलिबल संघले पहिलो पटक यू-२० टिम बनाएर अन्तर्राष्ट्रिय उमेर समूहको प्रतियोगितामा खेल्न लाग्दा खेलाडीसँगै प्रशिक्षक संघ र समग्र नेपाली भलिबल नै ...
। पोल्याण्डका जाकुब किबिओरले डी–बक्सभित्र उसमान डेम्बेलेलाई खराब ट्याकल गरे । त्यसपछि पाएको पेनाल्टीमा केलियन एमबाप्पेले गोल गरे । यो युरोकपको समूह चरणको अन्तिम खेल थियो । यो खेल अघि र पछि फ्रान्सका समर्थकले एमबाप्पेको गोलमा सेलिब्रेसन गर्न पाएका छैनन् । विश्वकै उत्कृष्ट र महंगा खेलाडी एमबाप्पे मात्रै नभएर उनको देश फ्रान्स अहिले गोलको खडेरीसँग जुधिरहेको छ ...
। पछिल्लो डेढ वर्ष नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय क्रिकेटमा निकै ब्यस्त रह्यो । तीन साताअघि अमेरिका र वेष्टइण्डिजमा आईसीसी टी–२० विश्वकप २०२४ खेलेर फर्केको नेपालले तत्काल खेल्नुपर्ने अन्तर्राष्ट्रिय खेल छैन । वर्षायाम सुरु हुँदा तत्काल घरेलु मैदानमा सिरिज खेल्ने सम्भावना छैन । समाजिक सञ्जालमा नेपालले अर्को महिना अफगानिस्तानविरुद्ध सिरिज खेल्ने चर्चा चलेको छ । तर त्यो सत्य ...