मुख्य समाचार
अर्थ वाणिज्य
— गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दावी भएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दावी भएको छ ...
: भारतले चाडपर्वलाई लक्षित गर्दै नेपाललाई २५ हजार मेट्रिक टन चिनी निर्यात गर्न अनुमति दिएको छ। भारत सरकारले राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत नेपाललाई उक्त परिमाणमा चिनी निर्यात गर्ने अनुमति दिएको हो। भारत सरकारले ३० सेप्टेम्बर २०२६ सम्म चिनी निर्यातका लागि अनुमति दिएको हो। उक्त चिनी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमार्फत आयात गरिने छ। चाडपर्वका बेला नेपालमा चिनीको हाहाकार ...
— नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले अर्थतन्त्रको विकासमा लागि कानुनी स्पष्टता जरुरी रहेको बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उनले कतिपय अवस्थामा कानुनी स्पष्टता नहुँदा काम गर्न समस्या भएकाले कानुनको भावअनुसारको स्पष्टता हुनु जरुरी भएको उल्लेख गरे। मुलुकमा पछिल्लो समय उत्पन्न परिस्थितिबाट अगाडि बढ्ने क्रममा आइपर्ने समस्या ...
: धितोपत्र बोर्ड नेपाल (सेबन)ले सेयर निष्कासन गर्न ढिलाई गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएका छन्। २०८०जेठपछि आईपीओ र राइट सेयर निष्कासनमा ढिलाई गर्दा ९७५ मेगावाट बराबरका आयोजना निर्माण गरिरहेका ४३ वटा आईपीओ र ७ राइट सेयर गरी ५० कम्पनीले निर्माण अघि बढाउन नसक्दा यति धेरै रकम गुमाउनु ...
— धितोपत्र बोर्ड नेपाल (सेबन) ले सेयर निष्काशन गर्न ढिलाइ गर्दा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्र एक खर्ब आठ अर्ब ५० करोड रुपैयाँ गुमाएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले दाबी गरेको छ । आज इप्पानले सेवनलाई पठाएको पत्रमा सेयर निष्काशन गर्न ढिलाइ हुँदा लगानीकर्ताले सो रकम गुमाएको उल्लेख छ । इप्पानका अनुसार विसं ...
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपालको अर्थतन्त्रको मूल आधार पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्ने विषयमा छलफल भएको छ। पर्यटन बोर्डमा नेपालका पर्यटनसम्बन्धी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँगको छलफलका क्रममा जेन–जी आन्दोलनका कारण नेपालको पर्यटन संरचनामा पनि ठूलो, क्षतिबाट सिर्जित चुनौतीका बाबजुद नेपालको पर्यटन क्षेत्र पुनर्रुथान र प्रगतिको मार्गमा अघि बढिरहेको ...
: सेयर कारोबार असोज २ गतेसम्म बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने जानकारी दिएको हो। आज सूचना प्रकाशित गरेर धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० (१,घ) बमोजिम नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार धितोपत्रको दोस्रो बजार कारोबार बन्द रहने जानकारी दिएको हो।
: उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेटघाट भएको छ। अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण लगायतका विषयमा छलफल भएको छ। अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सुचकहरुमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रकृयामा ...
: नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नबाँड्ने भएको छ। दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र बाँड्न थालेको हो। दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ। दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा ...
: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आकर्षित बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना नीतिमा सरलीकृत गर्नुपर्ने बताएका छन्। कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय बैंक तथा वित्तीय संस्थाहरूसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले झन्झटिलो प्रक्रियाले उद्यमशीलता गर्ने चाहना हुँदा हुँदै पनि रोकिनु परेको तर्फ बैंकहरूको ध्यानाकर्षण ...
— राष्ट्र बैंकले १ सयबाहेक अरु दरका भारतीय मुद्रा (नोट) साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ । हाल नेपालमा एक सयभन्दा अरु दरका भारतीय मुद्रा कारोबार गर्न बन्देज छ । यद्यपि केही नेपालीले भारु २ सय, ५ सय र २ हजार दरका नोट साथमा लिएर हिँडेको अथवा ओसारपसार गरेको भेटिएपछि ...
— सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ। विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो। हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन्। अहिले ३ वर्षका लागि विकास ऋणपत्र–२०८५ ‘ढ’ बोलकबोलमार्फत ...
: गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको हो। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। २०८२ असार महिनाको विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ...
— पूर्व–पश्चिम राजमार्गको व्यस्त यात्रालाई सहज र सुविधायुक्त बनाउन कोशी प्रदेश सरकारले ‘गौरवको योजना’का रूपमा अघि बढाएको कोशी रिफ्रेसमेन्ट सेन्टर अब निजी क्षेत्रको हातबाट सञ्चालन हुने तयारीमा छ । सुनसरीको कोशी गाउँपालिकास्थित कटान क्षेत्रमा निर्माणाधीन यो परियोजना ३० वर्षका लागि निजी क्षेत्रलाई व्यवस्थापकीय जिम्मामा दिने प्रक्रिया सुरु भइसकेको लगानी प्राधिकरण बोर्डले जनाएको छ । सरकारले करिब ३० ...
: नेपाल समुद्रपार निकासी पैठारी संघले चीनसँग स्थलमार्गबाट हुने व्यापारलाई सहज बनाउन अन्य नाका खुलाउनेतर्फ कूटनीतिक पहल र पूर्वाधारको व्यवस्था गर्न माग गरेको छ । बाढीपहिरोका कारण उत्तरतर्फका दुई व्यापारिक नाका र सुवागढी र तातोपानी वर्षायाममा बर्सेनि बन्द हुने गरेकाले अन्य नाका खुलाउन संघले माग गरेको हो । गत असार २४ गते रातिको बाढीले नेपाल र चीन ...
। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा बिक्री गर्ने, मूल्य नतोक्ने प्रष्ट पारेको छ । नेप्सेका नाममा सामाजिक सञ्जालहरूमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप्स, सेयर किनबेचका सिफारिस लगायत झुटा दाबी गरेको पाइएपछि सर्वसाधारणलाई भ्रममा नपर्न नेप्सेले आग्रह गरेको हो । यस्ता ...
1 2 3 4 5 6 ... Next Last