मुख्य समाचार
अर्थ वाणिज्य
। सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटनाएको छ । आज बिहानैदेखि लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जानकारी दिएको छ । भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको ...
: बैंकिङ प्रणालीमा निक्षेप थुप्रिँदा पछिल्ला प्रत्येक महिना ब्याजदर घट्दै गएको छ। हुन पनि प्रणालीमा पैसा अधिक हुँदा नेपाल राष्ट्र बैंकले प्रायः प्रणालीबाट विभिन्न उपकरणबाट अर्बौं रुपैयाँ तानेर सन्तुलन कायम गर्नु परेको छ। बजारमा एकातर्फ पैसा जम्मा गर्ने अधिक र अर्कोतर्फ कर्जाको माग नहुँदा यस्तो स्थिति आएको हो। हालसम्म समग्र बैंक तथा वित्तीय संस्थाबाट ६१ ...
। स्वास्थ्य बीमा गरेका नागरिकले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने भएको छ । २४ फागुनमा बसेको स्वास्थ्य बीमा बोर्ड बैठकले निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउने नागरिकले २० प्रतिशत सहभुक्तानी गर्नुपर्ने निर्णय गरेको हो । सुरुमा स्वास्थ्य बीमामा कुनै पनि शुल्क तिर्नु पर्दैनथ्यो । तर अनावश्यक परीक्षण गर्ने क्रम बढेको भन्दै ...
। एसियाली विकास बैंक (एडीबी) कन्ट्री डाइरेक्टर आर्नो कोशवा र अर्थमन्त्री वर्षमान पुनबीच विभिन्न आयोजनालाई गति दिनेबारे छलफल भएको छ । सिंहदरबारमा मंगलबार भएको भेटमा कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरे । त्यस क्रममा उनले एडीबीको लगानीमा निर्माण भएर पहिरोका कारण भत्किएको मेलम्ची खानेपानी आयोजना सुरुङको पुनः डिजाइनको काम करिब अन्तिम चरणमा ...
: अर्थतन्त्रका पछिल्लो सूचकले अर्थतन्त्र मन्दीबाट उठ्न नसकेको संकेत गरेका छन्। अर्थतन्त्रको परिसूचकसँगै विज्ञले पनि अंकमा शाह्य क्षेत्र बलियो देखिँदा आन्तरिक क्षेत्र भने कमजोर पाइएको बताएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को सात महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले रेमिट्यान्सले बाह्य क्षेत्र धानेको देखाउँछ। अघिल्लो आर्थिक वर्षझैं चालु आर्थिक वर्षको सात ...
। चालु आर्थिक वर्ष (आव) २०८०/८१ को सात महिनामै विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा आउँदा १९.९ प्रतिशतले बढेर १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत असारमा अमेरिकी डलरमा ११ अर्ब ...
। नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले क्लासिक भ्यु रिसोर्टमा लगानी गरेको छ । ग्लोबल इक्विटी फन्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको उक्त फन्डले लक्जरी किसिमको यो रिसोर्टमा लगानी गरेको हो । काठमाडौं बूढानीलकण्ठ पहाडमा अवस्थित क्लासिक भ्यु रिसोर्ट लक्जरी पर्यावरण–मैत्री रिसोर्ट हो । हाल रिसोर्ट निर्माण अन्तिम चरणमा रहेको छ । २०२४ ...
। गत जेठ तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा भएको सम्झौता अनुसार नेपाल–भारत डिजिटल भुक्तानी प्रणालीको तयारी अन्तिम चरणमा पुगेको छ । १८ जेठमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच दुई कम्पनीको ‘सिस्टम कनेक्ट’ गरी क्रसबोर्डर डिजिटल भुक्तानी ...
। अब नेपालमा आउने भारतीयहरुले क्यूआर भुक्तानी गर्न पाउने भएका छन् । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरुले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने भएका हुन् । भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडले शुक्रबार युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपाल–भारत क्रसबोर्डर कारोबार सुरू ...
— नेपाल राष्ट्र बैंकले साढे २१ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोल कबोल आह्वान गरेको हो । सूचनामा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने उल्लेख छ । ट्रेजरी बिलका लागि राष्ट्र बैंकले आइतबार (फागुन २७ ...
: नेपाल सरकारको खातामा २१५ अर्ब २६ करोड रकम मौज्दात रहेको छ। यो सरकारका सबै खातामा (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको नगदसमेत) रहेको मौज्दात रकम हो। सरकारको खातामा २१५ अर्ब २६ करोड रकम मौज्दात रहेको नेपाल राष्ट्र बैंककले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को साता महिनाको तथ्यांकमा उल्लेख छ। २०८० असार मसान्तसम्म यस्तो मौज्दात ...
: केही वर्ष पहिलेसम्म आफ्नो घर परिवारका लागि मात्रै रैथाने थारु आलु लगाउँदै आएकी कैलालीको टीकापुर नगरपालिका–३ कि सुमित्रा चौधरी दुई वर्षयता व्यावसायिक रुपमा थारु आलु लगाउँदै आएकी छन्। आकारमा केही सानो भए पनि खानका लागि स्वादिलो तथा वर्षभरि भण्डारण गर्दा पनि नकुहिने रैनाथे थारु आलुको दिनप्रतिदिन माग बढ्न थालेपछि सुमित्राले व्यावसायिक रूपमा आलु खेती ...
— निर्यात व्यापारमा सुधार नआएपछि सरकारले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) तेस्रो पटक परिमार्जन गरेको छ । विगतका रणनीतिमा रहेका कतिपय क्रियाकलाप अधुरै रहेको र कतिपय नयाँ विषय आएको जनाउँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकीकृत रणनीति तेस्रो पटक परिमार्जन गरेको हो । निर्यात व्यापारमा सुधार नदेखिएपछि मन्त्रालयले लाभका वस्तु परिमार्जन गरी पाँचवर्षे रणनीति तयार पारेको हो । ...
— कतारका लगानीकर्ताहरू नेपालमा लगानी गर्न सकारात्मक देखिएका छन् । कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल र कतार फाइनान्सियल सेन्टर (क्यूएफसी)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) युसुफ मोहम्मद अल जाइदासँग भएको द्विपक्षीय भेटमा कतारी लगानीकर्ता नेपालमा लगानी गर्न सकारात्मक भएका हुन् । सरकारले आगामी अप्रिल २८ र २९ तारिख काठमाडौंमा हुन लागेको तेस्रो नेपाल लगानी सम्मेलनमा कतारको ...
— नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बिहीबार सिंहदरबारमा नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको कुराकानीमा अर्थमन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने स्पष्ट पारे । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा ...
: निजी क्षेत्रले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो सर्त आफ्नो र सर्वसाधारणको मनोबल बढाउनु रहेको जानकारी अर्थमन्त्रीलाई गराएको छ। अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वमा नवनियुक्त अर्थमन्त्री वर्षमान पुन भेट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघले हालको विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउँदै साना सहर र गाउँसम्म रकम प्रवाह गर्न सरकारले पुँजीगत खर्च बढाउनुका साथै पुनर्कर्जा सुविधा विस्तार ...
First Prev ... 6 7 8 9 10 11 12 13 14 15 16 ... Next Last