मुख्य समाचार
अर्थ वाणिज्य
— नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । बुधबार बसेको निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मूल्य बढाइएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४, डिजेल–मट्टितेलमा २ र ...
— बैंक तथा वित्तीय संस्थामा पैसा (तरलता) धेरै भएपछि त्यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले हरेक दिन बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा पछिल्लो तीन दिन (माघ १६, १७ र १८ गते) मात्र करिब ७० अर्ब रुपैयाँ झिकेको छ । जसअनुसार निक्षेप संकलन उपकरणमार्फत गत मंगलबार २० अर्ब र बुधबार ३० अर्ब रुपैयाँ झिकेको ...
: टाइगर प्यालेसले पुरानो बक्यौता बुझाएको छ। सरकारलाई सम्पूर्ण राजस्व बापतको ५४ करोड बुझाएर टाइगर प्यालेसले नवीकरण गरेको हो। टाइगर्स प्यालेसका अध्यक्ष बुद्धि सागर सुबेदीले बुधबार बक्यौता रकम तिरेको बताए। टाइगर प्यालेस सञ्चालनमा आएसँगै पर्यटनमा नयाँ आयाम ल्याउनेको उनको विश्वास छ। उनले होटल सञ्चालमा आएपछि पाँच सय मजदुरले रोजगारी पाउने दाबी गरे। 'यसले मुलुककै पर्यटनमा ...
: पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो। भारतबाट वृद्धि भएर मूल्यसूची आएपछि निगमले पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेटल र मट्टितेलको मूल्य १५८ र ग्यासको मूल्य १९१० ...
नेपाली सेनाले बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनको जिम्मा दिन सरकारसँग माग गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सरकारका वरिष्ठ मन्त्रीहरूसँग बुधबार भएको छलफलमा सेनाले कल्याणकारी कोषमार्फत हेटौंडा उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको हो। सेनाले आर्थिक वर्ष ०८१/८२ भित्रै हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने जनाएको छ। हेटौंडा कपडा उद्योग सञ्चालनबारे सेनाले कार्यदल बनाएर अध्ययन गरेको ...
— नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आब्हवान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आब्ह्वान गरेको हो । सूचनामा १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्ने उल्लेख छ । जसअनुसार ८ अर्ब १० करोड रुपैयाँको ९१ दिने, ...
— चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियमविपरीत काम गर्ने ६ वटा बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । यसरी कारबाहीमा पर्नेमा वाणिज्य बैंकहरूमा ग्लोबल आईएमई बैंक, प्रभु बैंक र हिमालयन बैंक, विकास बैंकहरूमा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक र वित्त कम्पनीहरूमा रिलायन्स फाइनान्स छ । राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई ...
— बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले फेरी बजारबाट पैसा झिक्न थालेको हो । हालको व्यवस्था अनुसार अन्तर बैंक दर तीन ...
: अर्थमन्त्री प्रकाशशरण महतले बाँझो रहेका खेतीयोग्य जमिनमा प्राकृतिक र अर्गानिक खेती प्रणाली सुरु गर्नुपर्ने बताएका छन्। नयाँ र मिठो खोज्दै जाँदा विभिन्न रोगव्याधीले आक्रमण गरिरहेको अहिलेको अवस्थामा प्राकृतिक र अर्गानिक खेतीतर्फ आकर्षित हुनुपर्ने उनको भनाइ छ। नुवाकोटको विदुरमा शनिबार आयोजित कार्यक्रममा अर्थमन्त्री महतले नुवाकोटका अधिकांश जमिन खेतीयोग्य हुँदाहुँदै पनि बाँझो भइरहेको बताए। उनले किसानहरूले ...
: एघार महिनामा २ खर्ब ८६ अर्ब ४ करोड ५५ लाख ८ हजर ७ सय ५४ रुपैयाँको अवैध कारोबार गरेको आरोपमा रुपेश श्रेष्ठसहित पाँचजना कारागारमा छन्। उनीहरूको समूहले अमेरिकाबाट हुन्डी गरेर नेपाल पैसा पठाउने, क्रिप्टो करेन्सीको अबैध कारोबार गर्ने तथा बेटीङमार्फत गेम खेलाउने गरेको अभियोग दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले गत माघ ८ ...
— राजस्व अनुसन्धान विभागले अभौतिक मुद्रा (यूएसडीटी क्वाइन) अर्थात् क्रिप्टोकरेन्सी कारोबार अभियोगमा करिब ४२ करोड रुपैयाँ जरिवाना र तीन वर्ष जेल सजाय मागदाबीसहित दुई जना विरुद्ध बिहीबार मुद्दा दायर गरेको छ । विभागका अनुसन्धान अधिकृत नवराज अधिकारीका अनुसार पाँच महिना लामो अनुसन्धानपछि झापाका रोहन चौधरी र शुभमकुमार यादवविरुद्ध बिहीबार ललितपुर जिल्ला अदालतमा अभियोग दायर गरेको ...
— अर्थमन्त्री प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठाउन नसकेको स्वीकार गरेका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भमा शुक्रबार विहान काठमाडौंमा भएको कार्यक्रममा अर्थमन्त्री महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै पनि धेरै दबाबमा रहेको बताए । उनले राजश्व केही वृद्धि भएपनि सरकारले लक्ष्यअनुसार राजस्व उठाउन नसकेको बताए । उनले राजश्व संरचनामा परिवर्तनका कारण ...
— भैरवी गाउँपालिका–१ स्थित पेट्रोलियम पदार्थ अन्वेषण क्षेत्रका २७ घरपरिवारले मुआब्जा पाएका छन् । उनीहरूले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा पाएका हुन् । अन्वेषण क्षेत्रमा आवश्यक पर्ने ४५ रोपनीको मुआब्जा वितरण सकिएसँगै अन्वेषणको काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । ‘मुआब्जा वितरण भएर खानी तथा भूगर्भ विभागका नाममा लालपुर्जासमेत आइसकेको छ,’ ...
— ललितपुरको पुल्चोकस्थित होटल स्क्‍वायरकी सञ्चालक सदस्य ललिता भण्डारीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले प्रहरीलाई तीन दिनको म्याद थप गरिदिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार अदालतबाट पक्राउ पूर्जी जारी भएकी भण्डारी शनिबार साँझ आफै परिसर पुगेर आत्मसमर्पण गरेकी थिइन् । होटलकी अध्यक्ष रोमी अर्याल भने हालसम्म फरार नै छिन् । पुल्चोकस्थित ...
: अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताएका छन्। नुवाकोटमा आयोजित एक कार्यक्रममा मन्त्री महतले आफूले अर्थमन्त्रालयको जिम्मेवारी लिँदा समस्याको पहाड रहेको भन्दै अहिले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको बताए। हिसाबकिताब नदेखिने र दायित्वमाथि दायित्व सिर्जना हुने अवस्थाको अन्त्य गर्न खोज्दा स्वार्थ समूह बेखुसी रहेको उनले बताए। उनले बजेट व्यवस्थापन विस्तारै ...
: श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त जमिन जोत्न सकिने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन्। कृषिमा यान्त्रिकीकरणले गाउँमा हलगोरु बेचेर हाते ट्याक्टर प्रयोग गर्ने बढेका छन्। विनाशकारी भूकम्पपछि रसुवामा हाते ट्याक्टरले प्रवेश पाएको हो । किसान हाते ट्याक्टरको प्रयोगपछि गाउँमा जोत्नका लागि गोरु पाल्ने चलन घटेको छ। छिटोछरितो तरिकाले मौसमी तथा ...
First Prev ... 7 8 9 10 11 12 13 14 15 16 17 ... Next Last