मुख्य समाचार
अर्थ वाणिज्य
। नेपालमा खुद्रा व्यापारको ‘साम्राज्य’ खडा गरेको भाटभटेनी सुपर मार्केटले पहिलो पटक आतिथ्य सत्कार उद्योगमा बृहत लगानी गर्ने भएको छ । भाटभटेनीले काठमाडौं दरबारमार्गस्थित बन्द अवस्थामा रहेको पाँचतारे होटल डेल अन्नपूर्णमा अर्बौं लगानी गरेर नयाँ होटल निर्माण गर्न लागेको हो । यसका लागि २ अर्ब ७० करोड रुपैयाँ लगानीमा डेल अन्नपूर्णको ३० प्रतिशत सेयर खरिद गरिएको भाटभटेनीको ...
। विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बैठक आगामी ४ देखि ७ असारसम्म काठमाडौंमा हुने भएको छ । विश्वका सबैभन्दा गरिब मुलुकलाई अनुदान तथा सहुलियतपूर्ण ऋण दिने संस्था आईडीएको रणनीतिक योजना बनाउने ‘आईडीए–२१’ अन्तर्गतको तेस्रो रिप्लेनिसमेन्ट बैठक काठमाडौंमा हुन लागको हो । विश्व बैंक समूह अन्तर्गत नेपालमा हुन लागेको यो हालसम्मकै ठूलो कार्यक्रम हो । ...
: सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार दुई सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को ...
— नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार सरकारले ल्याएको बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्र नै आएको प्रस्ट्याएका छन् । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रलायमा मंगलबार संघीय संसद्‌मा पेस गरेको बजेटका विषयमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले बजेट भाषणको अघिल्लो दिन स्रोत अनुमान समितिले बजेटको सिलिङ बढाएको बताए । गभर्नर अधिकारीले ...
— मुगुम कार्मारोङ गाउँपालिकामा यो पटक यार्चा संकलकबाट ६९ लाख ५२ हजार ५ सय राजश्व संकलन भएको छ । अझै पनि संकलकहरु आउने क्रम रहेकाले राजश्व संकलनको क्रम निरन्तर छ । गत वर्ष यार्चा संकलकबाट करिब ४६ लाख राजश्व संकलन भएको र यो पटक ६९ लाख ५२ हजार ५ सय रुपैयाँ राजश्व जम्मा भइसकेको गाउँपालिकाले जनाएको ...
— नेपाल विद्युत् प्राधिकरणले दैनिक ४ सय मेगावाट बिजुली निर्यात गरिरहे पनि स्वदेशी उद्योगहरुले पर्याप्त विद्युत् नपाएको बताएका छन् । नेपाल उद्योग परिसंघले स्वदेशी उद्योगहरुमा लोडसेडिङ यथावत राख्दै प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति ध्यानाकर्षण भएको जनाएका हो । स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रवर्द्धनमा सहयोग गर्न ...
: पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर र ...
: विद्युत् प्राधिकरणले स्वदेशी उद्योगमा विद्युत् नदिई भारत निर्यात गरेको उद्योगी–व्यवसायीले आरोप लगाएका छन्। नेपाल उद्योग परिसंघले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी उद्योगमा अघोषित लोडसेडिङ जारी राखेर बिजुली भारत निर्यात गरेको आरोप लगाएको हो। उद्योगमा तीन महिना बढी समयदेखि अघोषित लोडसेडिङ गराई भारत बिजुली निर्यात गरिएको परिसंघका अध्यक्ष राजेश अग्रवालले बताए। प्राधिकरणले खुद निर्यातकर्ता बन्ने ...
। आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत स्पन्ज आइरनमा लाग्दै आएको ५ प्रतिशत भन्सार दर १ प्रतिशतमा झारिएपछि उद्योगी उत्साहित भए । लगत्तै उद्योगीहरूले मेल्टिङ उद्योग संख्या १८ पुर्‍याए । सरकारको त्यो नीतिले तयारी बिलेट ल्याएर स्टिल उत्पादन गर्नुभन्दा कच्चापदार्थका रूपमा रहने स्पन्ज आइरन ल्याई नेपालमै बिलेट उत्पादन गर्न उद्योगीहरू उत्साहित भएका थिए । त्यो नीतिपछि नेपालका अधिकांश ...
: अर्थमन्त्री वर्षमान पुनले नेपाली उत्पादन र लगानी प्रवर्द्धन गर्न आलु,प्याज र स्याउमा लागेको अभिवृद्धि कर खारेज गरेको बताएका छन्। बुधबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न आलु प्याज स्याउलगायत तरकारी एवं फलफूलमा लागेको अभिवृद्धि कर खारेज गरेको जानकारी गराएका हुन्। 'आलु, प्याज र स्याउमा गत वर्ष भ्याट लगाउँदा धेरै ...
: नेपाल चीन बीचको उत्तरी नाका तातोपानीबाट चालु वर्षको १० महिनामा साढे ४ अर्ब मूल्य बराबरका १ हजार ४ सय विद्युतीय सवारीसाधन आयात भएको छ। जेठको पहिलो साताभित्र मात्रै ५ सय १२ सवारीसाधन नाकाबाट भित्रिएका छन्। यसरी आउनेमा सबैभन्दा बढी ५१ देखि १ सय किलोवाटसम्मका गाडी छन्। त्यसबाहेक विद्युतीय माइक्रो २१ वटा भित्रिएका छन्। नाकाबाट ...
झण्डै टाट पल्टिन लागेको कम्पनीलाई विश्वकै तेसो ठूलो कम्पनी बनाउन सफल व्यक्ति हुन् जेन्सेन हुआङ । प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको नेतृत्वमै एआई चिपमेकर कम्पनी एनभिडिया २ ट्रिलियन डलरको कम्पनी बनेको छ । कूल बजार पुँजीकरण २.२२ ट्रिलियन डलर रहेको एनभिडिया माइक्रोसफ्ट र एप्पलपछि विश्वको तेस्रो मूल्यवान कम्पनी हो । कम्पनीलाई यो स्थानसम्म ल्याइपुर्‍याउने प्रमुख श्रेयचाहिँ यसको नेतृत्वलाई ...
। अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डकै प्रस्तावअनुसार ‘ब्रोकर कमिसन’ घटाउन स्वीकृत दिए पनि कार्यान्वयनमा भने आलटाल देखिएको छ । एक साताअघि अर्थमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डको प्रस्तावअनुसार कमिसन दर घटाउन स्वीकृति दिएका थिए । तर, बोर्डले स्वीकृति पाइसकेपछि भने कार्यान्वयनमा आलटाल गरेको छ । खासगरी बोर्डमा अहिले अध्यक्ष नियुक्ति प्रक्रिया चलिरहेको छ । अध्यक्ष नियुक्तिका ...
। नेपाल सरकारले विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने १ सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो । विश्व बैंक नेपालको सबैभन्दा ठूलो विकास साझेदारमध्ये एक हो ।
। १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।
: आर्थिक वर्ष २०८०/०८१ को ९ महिनासम्ममा ११ वाणिज्य बैंकहरू कारबाहीमा परेका छन्। नेपाल राष्ट्र बैंकले निर्देशन गरेका नीतिनियम उल्लंघन गरेको भन्दै बैंकलाई जरिबानादेखि गल्ती नदोहोर्‍याउन सचेत गर्ने जस्ता कारबाही गरेको हो। केन्द्रीय बैंकको बैंक सुपरिवेक्षण विभागले गरेको कारबाहीमा सम्पत्ति शुद्धीकरणमा चुकेका पाँच विकास बैंक र वित्त कम्पनीलाई पनि यसबारे सचेत गराइएको छ। यसमा लुम्बिनी, ...
जापान विशेष
आजको विनिमय दर
स्वास्थ्य
‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी : अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने भनिएको छ। यो प्रक्रिया कहाँ पुग्यो ? अध्यक्षले वार्ता समिति बनाउनुभएको भन्ने कुरा पनि सुनेको हो । माओवादी पक्षबाट पनि वार्ता समिति बनेको भन्ने कुरा सुनिएको छ । उहाँहरूले वर्कआउट गर्नुभएको छ भन्ने कुरा पत्रपत्रिकाबाट सुनिएको छ । स्थायी कमिटीको यो बीचमा अब त्यो अध्यक्षले तोके बमोजिमकै मान्छे पठाएको हो । स्थायी कमिटीको बैठकमा यो बृहत्तर वामपन्थी एकता र ध्रुवीकरणको लागि वार्ता समिति बनाएका थियौं- बेदुराम कमरेडको अध्यक्षतामा फलानो फलानो नेताहरू भएको भनेर तीन जनाको नाम सार्वजनिक गर्नुभयो। त्यसपछि एकताका आधारहरू प्रस्तुत पनि गर्नुभएको थियो । ती एकताका आधारहरूमा सम्भावित वामपन्थी पार्टीहरूसँगको त्यति ठूलो अन्तरक्रिया, अन्तरघुलन अथवा इन्गेजमेन्ट नभएको, विप्लव नेतृत्वको नेकपासँग अथवा एमाले, अरू अरू पार्टीसँग नभएको, अलि अर्थपूर्ण ढंगले माओवादीसँग चाहिँ भएको, माओवादीसँग त एकता, नाम, झन्डासम्मका कुराहरू भइसकेको भन्ने कुरा त्यो स्थायी कमिटीको बैठकमा बताउनुभएको थियो। त्योभन्दा धेरै डेभलपमेन्ट त आज केन्द्रीय कमिटीको बैठक छ, त्यही ल्याउनुहुन्छ होला । त्योभन्दा धेरै चिज थाहा छैन। यो एकता प्रक्रियाप्रति तपाईंको धारणा के छ? वामपन्थी एकता, ध्रुवीकरणको पक्षमा त उभिँदै आएकै हो । जतिबेला पार्टीहरू कमजोर हुन्छन्, त्यतिबेला झन्डै वामपन्थी पार्टीहरूले एकताको गफ गरिरहेको इतिहास छ। एकता आफैंमा सुन्दर र राम्रो कुरा हो। एकताको विरोधी हुनुपर्ने पनि छैन । एकता विरोधी कोही हुन पनि सक्दैन। तर एकता प्रक्रियाभित्र के एजेन्डा छन् ? कस्ता शक्ति छन् ? र उनीहरूसँग हामी के एजेन्डामा, कस्तो रूपान्तरणमा एकता चाहिरहेका छौँ ? भन्ने कुरा बैठकमा एजेन्डाभित्र प्रवेश गरेपछि त्यसका मत मतान्तर राख्न सकिन्छ। समग्रमा बाहिर ब्यानरको हिसाबले एकता भन्ने कुरा सकारात्मक हो, राम्रो कुरा हो । त्यसको विरोध गर्नुपर्ने, असहमति राख्नुपर्ने कुनै कारण छैन। तर एकता प्रक्रियाभित्रका रुचिहरू, त्यहाँभित्रको कन्टेन्ट, विचारधाराको प्रश्न, एक हिसाबले एजेन्डाकै प्रश्न भनौँ न, त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ। बैठकमा एजेन्डासहित कुराहरू स्पष्ट आयो भने बल्ल आफ्नो मत राख्न सकिएला । अहिलेलाई त यति नै भन्न सकिन्छ कि एकता विरोधी त कोही पनि छैन, कोही हुनै सक्दैन, किनकि एकता सबैको लागि प्रिय चिज हो। तर त्यहाँभित्र सही विश्लेषण गरेर, नेपाली समाजको, नेपाली राजनीतिको, परिस्थितिको सही विश्लेषण गरिसकेपछि, इतिहासको संश्लेषण गरेर नीति, कार्यक्रम, विचारधाराको प्रश्नमा क्लियर गरेर त्यसपछि अझ एजेन्डा आउँछन्, कार्यक्रमिक हिसाबले त्यहाँ के गर्ने भन्ने आधारमा एकता कस्तो हुने, के हुने भन्ने कुराको निर्क्योल गर्छ र एकताले नेपाली समाजलाई कस्तो मैसेज दिन्छ भन्ने कुराको पनि निर्क्योल गर्छ। समाजवादीमा माओवादीसँग एकता गर्ने कि एमालेसँग एकता गर्ने कि भन्ने दुइटा खालको विचारधारा देखिन्छ नि ? अब हामी समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एकता एमालेसँग हुनु राम्रो हो । किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो । त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठन/पुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो । तर अब त्यो एकता किन सम्भव भएन र, त्यो बाटोतर्फ किन वार्ता समितिले संवाद गरेन र माओवादीसँग मात्रै डायलग गरिरहेको छ भन्ने प्रश्न पनि सम्भवत: यो बैठकमा हामीले उठाउँछौँ।
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम