मुख्य समाचार
अर्थ वाणिज्य
। अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी–व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैं खुला रहेको बताएका छन् । मोरङ व्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले उद्योगी–व्यवसायीका समस्या लिखित रुपमा पठाउन वा प्रत्यक्ष भेटेर समस्या हटाउन आग्रह गरे । उनले नेपालमै उद्योग व्यवसायको माहोल बढाउन र रोजगारी सिर्जना गर्न समेत आह्वान गरेका ...
। नेपालले एक वर्षको अवधिमा १० लाख १५ हजार पर्यटकलाई स्वागत गर्न सफल भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२३ देखि डिसेम्बर २०२३ को एक वर्षको अवधिमा १० लाख १४ हजार ८७६ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । यस वर्ष भारतीय र अमेरिकी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । यो आगमन सन् ...
। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई बढीमा ६० किस्तासम्म बिजुलीको महसुल तिर्न पाउने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति -बोर्ड)को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल ...
: पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले भारतबाट सामान्य वृद्धि भएर आए पनि पेट्रोलको मूल्य यथावत राखेको हो। निगमका अनुसार इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा ०.४१ रुपैयाँ मूल्य बढाएर पठाइएको थियो भने डिजेलमा ०.१२ र ग्यासमा प्रतिसिलिण्डर ०.२० रुपैयाँ घटाएर पठाएको थियो। ग्यासमा प्रतिसिलिण्डर ३००.४१ रुपैयाँ नोक्सानी रहेको भन्दै निगमले पेट्रोलियम पदार्थको ...
— डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्रमाण नदेखाएसम्म बक्यौता नतिर्ने उद्योगीहरूले अडान लिएका छन् । उद्योगीहरूले आइतबार पत्रकार सम्मेलन गरी नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको बिजुलीको प्रमाण नदेखाउने तर एकोहोरो बिजुली काटिरहेको दाबी गरे । गत भदौ १७ मै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरे १५ दिनभित्र लाइन काट्ने सूचना जारी गरेको प्राधिकरण प्रधानमन्त्रीको निर्देशनका कारण ...
। २३ अप्रिल १९४९ नेपालमा अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको हवाई उडानको इतिहास ७५ वर्षमा प्रवेश गरेको छ । यससँगै नेपालको वायुसेवा उद्योग समेत समृद्ध बन्दै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ७५ वर्ष अगाडि भारतीय राजदूतले नेपाल लिएर आएको ४ सिटे जहाजबाट नेपाली हवाई उद्योगको इतिहास सुरु भएको हो । आजसम्म आइपुग्दा ...
— नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री प्रकाशशरण महतले आफूले कार्यभार सम्हालेपछि अर्थतन्त्र सुधारोन्मुख बाटोमा रहेको दाबी गरेका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा 'मुलुकको विद्यमान आर्थिक अवस्था र भावी दिशा'बारे प्रतिवेदन पेस गर्दै मन्त्री महतले आफूले इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेको दाबी गरे । 'मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल अवस्थामा थिएनन् । ...
। करेन्ट नुडल्स र वाइवाइ चाउचाउबीच चलिरहेको ट्रेडमार्कसम्बन्धी विवादमा उच्च अदालतले अन्तिम निर्णय नआउँदासम्म ट्रेडमार्क दर्ता प्रक्रियालाई यथास्थितिमा राख्न आदेश दिएको छ । उद्योग विभागले करेन्ट चाउचाउको ट्रेडमार्क दर्ता गरेको विरोधमा वाइवाइले मुद्दा दर्ता गरेको थियो । ब्रान्ड फरकफरक भए पनि करेन्टको र्‍यापर वाइवाइ चाउचाउसँग मिल्दोजुल्दो रहेकाले त्यो खारेज गर्न भन्दै वाइवाइले विभागमा उजुरी दिएको थियो ...
। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ । न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । साथै आन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न दुबै पक्षलाई झिकाउने आदेश भएको छ । रिट निवेदक अधिवक्ता दिपकराज जोशी भन्छन्, ‘कहिलेलाई भन्ने चाहिँ केहीबेरमा थाहा होला ।’ रिट ...
। अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त ...
— चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म निजी विद्युतीय सवारी ३ हजार ६८६ वटा आयात हुँदा सार्वजनिक सवारी १९० वटा आयात भएकाे छ । गत वर्ष सोही अवधिमा १ हजार ३५३ वटा नीजि सवारी र सार्वजनिक सवारी ११५ वटा आयात भएको भन्सार विभागले जनाएकाे छ । आर्थिक वर्ष २०७७/७८ मा विद्युतीय सार्वजनिक सवारी २६ वटा ...
— सौराहा आउने अधिकांश पर्यटक हात्ती चढेर जंगल सफारीका लागि बाघमारा मध्यवर्ती सामुदायिक वन पुग्छन् । वनको छेउबाटै बगिरहेको बूढी राप्ती खोलामा डुंगा शयर गर्छन् अनि वनभित्र रहेको भ्यु टावरमा बसेर आनन्दले रात काट्छन् । वनले यहाँ आउने पर्यटक रिझाएर बर्सेनि करोडौं रुपैयाँ आर्जन गरिरहेको छ । बाघमारा यतिबेला जंगल सफारीका लागि नमुना वन मानिन्छ ...
— नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार रिट निवेदन दर्ता गरेका हुन् । रिटमा मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । रिटको पेसी शुक्रबारलाई तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन ०५८ को दफा २० मा ...
। गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । अधिवक्ता दीपकराज जोशी लगायत चार जनाले गभर्नर हुन अधिकारीको शैक्षिक योग्यता नपुग्ने दावी सहित रिट निवेदन दर्ता गरेका हुन् । नियुक्तिको करिव चार वर्षपछि गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाइ रिट निवेदन दर्ता भएको हो । रिट निवेदकले उनको आधारभूत शैक्षिक ...
— सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ०८०/०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ हुने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । गत वर्ष गहुँको न्यूनतम समर्थन मूल्य ३ हजार ३ सय ५१ ...
— नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्तात्रय दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले बिहीबार उक्त रिट दर्ता गरेका हुन् । रिटमा मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ । अदालतले उक्त रिटको पेसी शुक्रबार बिहान १० बजेका लागि तोकेको छ । नेपाल ...
First Prev ... 13 14 15 16 17 18 19 20 21 22 23 ... Next Last