मुख्य समाचार
अर्थ वाणिज्य
: दूरसञ्चार सेवा प्रदायक एनसेल ‘कौडीको भाउ’मा बिक्री भएपछि संघीय संसद्को पनि चासोको विषय बनेको छ। १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको ८० प्रतिशत स्वामित्व आजियाटाले ६ अर्ब ६५ करोडमा बिक्री गरेपछि नेपाल सरकारलाई हानी पुर्‍याउने उद्देश्य अर्कोपल्ट उजागर भएकामा संघीय संसद्को सार्वजनिक लेखासमितिले आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिस्टारको कार्यालयलाई ...
— चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व बढेको छ । गत असोजको तुलनामा चालु आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार ४६.७६ प्रतिशत र राजस्व ३७.१२ प्रतिशतले बढेको हो  । कित्ताकाटसमेत अघिल्लो असोजको तुलनामा ८१.९७ प्रतिशत प्रतिशतले बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा गत मंसिरयता घरजग्गा कारोबार, कित्ताकाट सुस्ताएको ...
: मुस्ताङबाट दसैंलाई लक्षित गरेर २३ करोड मूल्य बराबरको च्यांग्रा निकासी भएको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौं लगायत जिल्लामा च्यांग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ। केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५ च्यांग्रा निकासी भएको जानकारी दिए। 'जोमसोमको नाकाबाट पाँच हजार ७५५ ...
— चाडबाडसँगै बजारमा चहलपहल बढेको छ । मुख्य व्यापारिक केन्द्र मानिने न्युरोड, असन, भोटाहिटीलगायत क्षेत्रमा खुट्टा टेक्ने ठाउँ छैन । तर यही बेला खाद्यवस्तु मात्रै नभई लत्ताकपडा, जुत्ता, विलासिताका सामानको भाउ पनि छोइनसक्नुभएको छ । बजारमा भीड बढे पनि बजार भने सुस्त छ । सामान बिक्री नभएको व्यवसायी बताउँछन् । सर्वसाधारण सपिङ मल एवं महँगा पसलमा ...
— चालु वर्षको असोजमा मात्रै ४० नयाँ उद्योगमा १ अर्ब ९८ करोड ७३ हजार विदेशी लगानी प्रतिबद्धता आएको छ । असोजमै पुराना उद्योग सेयर पर्चेज एग्रिमेन्ट (एसपीए) र सेयर सब्स्क्रिप्सन एग्रिमेन्ट (एसएसए) मा ४६ करोड ८८ लाख प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा कुल १५१ वटा नयाँ उद्योगमा १६ अर्ब ...
एप्पलको लोकप्रिय उत्पादनको रुपमा रहेको आइफोन संसारमा सबैभन्दा धेरै माग हुने स्मार्टफोन मध्येको एक हो । हरेक वर्ष जब नयाँ संस्करणको आइफोन सार्वजनिक हुन्छ तब मानिसहरू यो फोन खरिद गर्नका लागि लालायित हुन्छन् । यो वर्ष गत सेप्टेम्बर १२ मा आइफोन १५ सिरिज लञ्च भयो भने त्यसको एक हप्तापछि अर्थात् सेप्टेम्बर २२ देखि फोनको बिक्री सुरु भयो ...
: कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन्। झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन्। नेपाल सुपारी खेती किसान पहल समितिका संयोजक गीताप्रसाद अधिकारीले किसानले उत्पादन गरेको सुपारी सोझै ...
: चाडपर्व नजिकिएसँगै उत्तरी नाका तातोपानीबाट चिनियाँ फलफूल आयातमा वृद्धि भएको छ। नाकाबाट दैनिक चार करोड रुपैयाँबराबरको फलफूल आयात भइरहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ। असोजको तेस्रो सातादेखि दसैं, तिहार, छठलगायत चाडबाड लक्षित फलफूलको आयातमा वृद्धि भइरहेको हो। चाडबाड मुखैमा आइपुगेकाले नाकाबाट दैनिक आयात बढेको कार्यालयले जनाएको छ। ‘अहिले दैनिक चार करोड रुपैयाँबराबरको चिनियाँ फलफूल ...
: नेपाल वायुसेवा निगमले किस्ताबापतको ५३ करोड बढी रुपैयाँ भुक्तानी गरेको छ। निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये असोज महिनाको किस्ता भुक्तानी गरिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए। उनका अनुसार न्यारोबडीको पूरा र वाइडबडीको आंशिक गरी ५३ करोड ९ ...
काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति एक महिनामा झण्डै २५ अर्ब ...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलवारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरू गरेको छ । व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमवार काठमाडौंमा ल्याएसँगै मंगलबारदेखि सहुलियत मूल्यमा बिक्री सुरू गएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले व्यापार कम्पनीले बजार मूल्य भन्दा केही सस्तो मूल्यमा जनतालाई सहुलियत रुपमा खसीबोका बिक्री ...
काठमाडौं । वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ (आयोन)ले भाडादर समय सापेक्ष नभएको र यसको पुनरावलोकन गर्न सरकारले नमानेका कारण वायुसेवा कम्पनी अत्यधिक आर्थिक मारमा परेको बताएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोनले वायुसेवा कम्पनीले हवाई भाडा महँगो लिएको भन्दै आएका समाचारमा ध्यानाकर्षण भएको भन्दै व्यवसायी आर्थिक मारमा परेको बताएको हो । हवाई इन्धन ...
: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति आठ दशमलव १९ प्रतिशत पुगेको छ। स‍रकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे छ प्रतिशतको वाञ्छित ...
: चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ। त्यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता २३ अर्ब ५० करोड रुपैयाँ ...
: अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएकाले छिटै लयमा आउने दाबी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री महतले अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक संकेत देखिएको भन्दै अन्तर्राष्ट्रिय परिवेश नकारात्मक नभए मुलुकको अर्थतन्त्र छिटै लयमा आउने बताए। सकारात्मक संकेत बाबजुत बाँकी रहेका अफ्ठ्यारोहरू सबै मिलेर समाधान गर्नुपर्ने उनले भनाइ छ। उनले अहिले पनि अन्तर्राष्ट्रिय ...
— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३३.५५ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि यही असोज ७ मा एक अमेरिकी डलरको विनिमय दर १३३.५४ रुपैयाँ पुगेको थियो । त्यसयता डलरको भाउमा झिनो कमी देखिए पनि १३३ भन्दा तल देखिएको झरेको छैन । गत साउन १८ ...
First Prev ... 15 16 17 18 19 20 21 22 23 24 25 ... Next Last