मुख्य समाचार
अर्थ वाणिज्य
— अब वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चित खातामा रहेको रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने भएका छन् । अर्थमन्त्री प्रकाशशरण महतले उक्त निर्णय गरेका हुन् । उक्त निर्णय कार्यान्वयनका लागि आइतबार मात्र नेपाल राष्ट्र बैंकलाई पत्र पठाइएको अर्थ मन्त्रालयको प्रवक्ता धनिराम शर्माले बताए । अब राष्ट्र बैंकले निर्देशन जारी गरेपछि मात्र उक्त निर्णय कार्यान्वयन हुनेछ ...
— नेपाल उद्योग परिसंघले १६ औं योजना तर्जुमा गर्दा आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्न सुझाव दिएको छ । परिसंघले १६औं योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयमा गरेको अध्ययनसहितको प्रतिवेदन आइतबार आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई बुझाएको हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले १६औं योजना औद्योगिक विकासमा केन्द्रित गराउनका लागि एकीकृत औद्योगिक विकास ...
— सरकारले सुनको दैनिक आयात कोटा थप १० किलो बढाउन लागेको छ । चाडबाडलाई दृष्टिगत गरी दैनिक आयात कोटा थप १० किलो बढाएर २० किलो पुर्‍याउन लागिएको हो । भदौ १५ मा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको उपस्थितिमा नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिसहितको बैठकले कोटा बढाउने निर्णय भएको हो । कोटा बढाउनकै लागि उद्योग वाणिज्य तथा आपूर्ति ...
: अमेरिकी डलरमा आकर्षण बढ्दा सुनको मूल्यमा सामान्य कमी आएको छ। अमेरिकी डलर मजबुत बन्दै गएका कारण त्यसतर्फ लगानीकर्ता आकर्षण हुँदा विश्व बजारमा सुनको मूल्यमा सामान्य कमी आएको हो। डलरको मूल्य मजबुत बन्दै गर्दा त्यसले सुन बजार अनिश्चित बनेकाले बजारमा उतार चढाव देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। डलरप्रतिको आकर्षण कायमै रहे सुनको मूल्यमा ...
: प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउनका लागि स्वदेशी तथा विदेशी लगानी आवश्यक भएको बताएका छन्। लगानी बोर्ड नेपालको १२औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्रीले रोजगारी र उत्पादन वृद्धि गर्दै उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिमार्फत समावेशी र उत्पादनशील विकासको आधार सिर्जना गर्न स्वदेशी तथा विदेशी लगानी अपरिहार्य रहेको उल्लेख गरे। लगानीको ...
काठमाडौं : नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ। नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो। थप चारवटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल छ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ। नेपालले अहिले महेन्द्रनगर-गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट ...
— नेपाल राष्ट्र बैंकले २० अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आह्वान गरेको हो । सूचनामा २० अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल भुक्तानी गर्ने उल्लेख छ । जसअनुसार ५ अर्ब रुपैयाँको २८ दिने, ...
— अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढ्दै गएको कच्चा तेलको भाउ सन् २०२३ कै उच्च विन्दुमा पुगेको छ । यो साता शुक्रबार बजार बन्द हुँदा डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ८५.५५ डलर कायम भएको छ । शुक्रबार एकै दिन २.३ प्रतिशतले मूल्य बढेको हो । त्यस्तै ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८८.५५ डलर कायम भएको छ भने ...
— पछिल्ला केही सातायता स्थानीय तहको सञ्चित कोषमा रहेको रकम वाणिज्य बैंकलाई निक्षेपमा गणना गर्न दिन/नदिनेबारे चर्चा सुरु भएको छ । केही वर्षयता बैंकहरूले पाउँदै आएको उक्त सुविधा गत असारदेखि हटेपछि बैंकहरूले पुनः त्यसको निरन्तरताको माग गरिरहेका छन् । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले अप्ठ्यारो अवस्थामा दिइएको सुविधा तरलता सहज भएका बेला किन दिने भन्ने प्रश्न गरिरहेका ...
संघीय राजधानी काठमाडौंबाट चीनतर्फको सबैभन्दा छोटो र पुरानो तातोपानी नाकामा आठ वर्षपछि सर्वसाधारणको आउजाउ खुलेको छ । २०७२ सालको भूकम्पपछि अवरुद्ध नाका चरणबद्ध रूपमा आयात र निर्यात खुलाइएकामा शुक्रबारदेखि सर्वसाधारणलाई सीमा वारपार गर्न दिइएको छ । नाका आठ वर्षअघिकै अवस्थामा सञ्चालन हुन समय लाग्छ तर यसले दुई मुलुकबीच व्यापार बढ्ने, सीमा क्षेत्रमा व्यवसाय फस्टाउने र रोजगारीको अवसर सृजना ...
: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’मा आलुको बीउ उत्पादन थालेको छ। धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बीउ उत्पादन थालिएको हो। उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बीउ उत्पादन गर्दै आएको थियो। 'यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ। यसका लागि ...
— मुलुकमा सबैभन्दा बढी आयात हुने वस्तुमा डिजेल र पेट्रोल पर्दछ । यी दुई वस्तुको आयात साउनमा रकमका आधारमा घटेको छ भने परिमाणमा आधारमा बढेको छ । भन्सार विभागका अनुसार यो साउन महिनामा कुल ७ अर्ब ३४ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । गत वर्षको साउनमा भने ८ अर्ब ९८ करोडको डिजेल आयात ...
काठमाडौँ — महाराष्ट्र र कनार्टकलगायत राज्यमा प्याज उत्पादनमा कमी आएको भन्दै भारतले ०७६ असोजताका प्याज निकासीमा रोक लगायो । भारतमै अपुग भएको जनाउँदै त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयले निर्यात नीतिमा संशोधन गर्दै तत्काल लागू हुने गरी प्याजको निकासीमा रोक लगाएको थियो । निकासीमा रोग लगाउने निर्णयले नेपाली बजारमा प्याजको मूल्य छोइनसक्नु बन्यो । प्याज अपुग भएको जनाउँदै भारतले ०७७ ...
काठमाडौं : यस वर्ष भदौ लाग्दासम्म धान रोपाइँ लगभग अन्तिम चरणमा पुग्न लागेको छ। भदौको सुरुवातमा देशभर ९२ प्रतिशत धान रोपाइँ भएको छ। मुलुकभर धान रोपाइँ पूरा नभइसके पनि स्थिति उत्साहजनक देखिन्छ। गत वर्षको सोही अवधि ९५ प्रतिशत धान रोपाइँ भइसकेको थियो। यसपटक मनसुन ढिलाइ हुँदा पनि धान रोपाइँ केही कम हुन गएको हो। ...
काठमाडौं : समग्रमा मुलुकको अर्थतन्त्रका परिसूचकहरूमा सुधार भए पनि महँगी भने सोचेको भन्दा उच्च छ। आर्थिक वर्ष २०७९÷०८० मा बाह्य क्षेत्र सुधार भएको छ। आयातमा कमी आउँदा, रेमिट्यान्समा वृद्धि भई विदेशी विनिमय सञ्चिति ढुक्क हुने अवस्था छ। नेपालबाट बाहिरिनेभन्दा भित्रिने विदेशी मुद्रा बढ्दा शोधनान्तर स्थितिमा बचतको आकार फराकिलो भएको छ। यसर्थ अब अर्थतन्त्र सामान्यीकरणतर्फ जाने ...
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले वृद्धि गरेको हो। भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएपछि निगमले नेपाली बजारमा पनि तेलको मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य सूचीअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको प्रतिलिटर १७८ रुपैयाँ पर्नेछ र भने डिजेल ...
First Prev ... 21 22 23 24 25 26 27 28 29 30 31 ... Next Last