मुख्य समाचार
अर्थ वाणिज्य
काठमाडौं : आर्थिक वर्ष २०७९/०८० को बजेटमा उल्लेखित आर्थिक क्षेत्रसँग सम्बन्धित एक तिहाइ कार्यक्रममा शून्य प्रगति देखिएको छ। बजेटले यस क्षेत्रसँग सम्बन्धित कुल ६२ बुँदा उल्लेख गरेकामा २२ वटा कार्यान्वयनको चरणमै नगएका हुन्। तीमध्ये २९ बुँदा आंशिक रूपमा कार्यान्वयन भएका छन् भने मात्र ११ वटा व्यवस्था कार्यान्वयनमा आएका छन्। आर्थिक भित्र पूर्वाधार क्षेत्रका ६, पर्यटनसँग सम्बन्धित ...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ । मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ । अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम ...
काठमाडौं । प्यूठानका धनबहादुर पुनले झिमरुक र अर्घाखाँचीमा रेमिट्यान्स एजेन्टको काम गर्दै आएका थिए । तर, उनले अर्घाखाँचीको सेवाकेन्द्र बन्द गरिसकेका छन् भने प्यूठानमा पनि बन्द गर्ने सोचमा पुगेका छन् । आन्तरिक रेमिट्यान्सको कारोबार बन्द भएको र विदेशबाट आउने पैसा पनि डिजिटल माध्यम प्रयोग गर्न रेमिट्यान्स कम्पनीले नै प्रोत्साहन गर्दै गएपछि व्यापार घटेर एजेन्ट सेवा बन्द ...
काठमाडौं । सरकारले भूउपयोग नियमावली संशोधनको तयारी गरेको छ । जग्गाको कित्ताकाट खुकुलो बनाउने गरी सरकारले नियमावली संशोधन गर्ने भएको हो । गत वैशाखमा पनि मन्त्रिपयरिषद्ले नियमावली संशोधन गरी कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो । तर, त्यो संशोधनमा केही अस्पष्टता रहेका कारण कार्यान्वयन गर्न नसकिएको भन्दै भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मातहतका कार्यालयले ...
: लघुवित्त वित्तीय संस्थामा दोहोरो ऋण लिनेको संख्या १० लाखभन्दा बढी भएको पाइएको छ। यसअघि करिब ३४ लाख ऋणी सदस्य रहेको तथ्यांक थियो। तर, दोहोरो ऋणीको संख्या हेर्दा वास्तविक रूपमा २४ लाख मात्र ऋणी रहेको देखिएको छ। एक जनाले २ देखि १५ वटासम्म लघुवित्त संस्थाबाट ऋण लिने गरेका छन्। दोहोरो ऋणका कारण अधिकांश ऋणीले व्याज ...
— नेपाल राष्ट्र बैंकले २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आहृवान गरेको छ । परिपक्व अवधि सकिएका ट्रेजरी बिल पुनः बिक्रीका लागि राष्ट्र बैंकले बोलकबोल आहृवान गरेको हो । जसअनुसार १० अर्ब रुपैयाँको २८ दिने, ८ अर्ब रुपैयाँको ९१ दिने र ६ अर्ब रुपैयाँ बराबरको १ सय ८२ दिने ट्रेजरी बिलका लागि बोलकबोल ...
: नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले पाकिस्तान र नेपालबीच सिधा हवाई उडान पुनः सञ्चालनका निम्ति आफू लागिपरेको बताएका छन् । राससका अनुसार पाकिस्तानी राजदूतले दुई राष्ट्रबीचको सिधा उडान पुनः प्रारम्भ गर्न पाकिस्तान इन्टरनेशनल एयरलाइन्स आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका हुन् । उनले निजी क्षेत्रका अन्य विमान सेवा पनि विकल्पमा रहेका बताए । आफूले ...
: पालुङ्टार नगरपालिका–९ मिरकोटकी सपना खत्री गोरखा बजारभरि जिरा नपाएर भौतारिँदै एक मसला पसलमा पुगिन्। त्यहाँ अहिलेको जिराको भाउ सुनेर छक्क परिन्। ‘तीन महिनाअघि र अहिलेको भाउमा आकाश पातालको फरक भइसकेछ,’ उनी भन्छिन्, ‘अघिल्लोपल्ट एक किलोको ४ सय रुपैयाँ थियो, अहिले तेब्बर। बढेर १२ सय पुगिसकेछ। चाडबाड आइरा’छ। अब कसले किन्न सक्छ यति मह“गो जिरा ...
— मुलुककै प्रमुख नाका वीरगञ्जबाट विद्युतीय सवारी साधनको आयात दोब्बरले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा विद्युतीय जिप, कार, भ्यानको आयात दोब्बरभन्दा बढी अर्थात् १२७ प्रतिशतले बढेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । २०७८/७९ मा यो नाका हुँदै ६० करोड ४३ लाख रुपैयाँ बराबरको १५९ वटा विद्युतिय ...
काठमाडौँ — भारतले निर्यातमा प्रतिबन्ध लगाएको बहाना बनाउँदै व्यवसायीले पहिल्यै आयात गरिसकेको चामलसमेत मूल्य बढाएर बेच्न थालेका छन् । भारतले बासमतीबाहेक सबैखाले सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने भनी साउन ४ मा गरेको निर्णयको फाइदा उठाउँदै उनीहरूले अचाक्ली मूल्यवृद्धि गरेका हुन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा समेत व्यवसायीले चामलमा अत्यधिक मूल्य बढाएको पाइएको छ । विभागका ...
काठमाडौँ — गएको मध्यजेठमा नेपाली समकक्षीसामु भारतीय प्रधानमन्त्रीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरेका थिए । भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने र त्यसका लागि दीर्घकालीन सम्झौता भएको बताएका थिए । नेपाली बिजुली लैजाने घोषणा गरेको भारतले स्वीकृतिका लागि पठाएका आयोजना ...
काठमाडौं : नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ। विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन्। सो अवसरमा मन्त्री बस्नेतले नेपालको स्वास्थ्यलगायत क्षेत्रमा विश्व बैंकले गरिरहेको विभिन्न सहयोगको सराहना गर्दै आगामी दिनमा थप आर्थिक तथा प्राविधिक सहयोग ...
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य ९ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो। त्यस्तै डिजल र मट्टितेलमा ७ रुपैयाँले वृद्धि भएको छ भने हवाई इन्धनको मूल्य यथावत राखिएको छ। त्यस्तै एलपी ग्यासको मूल्य १३० रुपैयाँले घटेको छ। यससँगै ग्यास सिलिन्डरको मूल्य १६६० कायम भएको छ भने पेट्रोलको ...
देशमा माग भएको गोलभेँडा स्वदेशी उत्पादनले थेग्दैन। माग धान्नकै लागि गोलभेँडा भारतबाट आयात गरिन्छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो १० महिनामा ५५ करोडको गोलभेँडा भारतबाट आयात भएको छ। तर, देशमा किसानको मर्का ठीक उल्टो छ। उचित मूल्य नपाएका कारण किसानले लाखौं रुपैयाँको गोलभेंडा खेर फाल्नुपर्ने बाध्यता छ। किसानबाट उपभोक्ताको हातमा पुग्दासम्म गोलभेँडाको मूल्य ...
काठमाडौं । तेलको भाउ घट्नबाट रोक्नका लागि उत्पादक देशहरु उत्पादन कटौती गर्न सहमत भएका छन् । साउदी अरबले जुलाइदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउन सहमति जनाएको छ । उसले यसअघि पनि तेलको उत्पादनमा कटौती गर्दै आएको छ । रुसको अध्यक्षतामा आइतबार ७ घन्टासम्म चलेको बैठकमा उत्पादक देशहरु उत्पादन कटौतीमा सहमत भएका हुन् । यस्तै ओपेक प्लस ...
— मर्जर तथा एक्विजिसन प्रक्रिया पूरा गरेर आउँदो असारभित्र एकीकृत कारोबार गर्ने वाणिज्य बैंकहरूले राष्ट्र बैंकबाट विभिन्न ६ प्रकारका सुविधा पाउने भएका छन् । यसअघि राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई २०७९ पुसभित्र एकीकृत कारोबार गरेमा मात्र मर्जरको सुविधा दिने नीति ल्याएको थियो । सोही व्यवस्था अनुसार केही बैंकले विभिन्न सुविधा पाइरहेका छन् । अहिले एकिकृत निर्देशन संशोधन ...
First Prev ... 22 23 24 25 26 27 28 29 30 31 32 ... Next Last