मुख्य समाचार
अर्थ वाणिज्य
— विराटनगर भन्सार यार्डसम्म कार्गो रेलबाट सस्तो ढुवानी लागतमा औद्योगिक कच्चापदार्थ आयात हुन थालेपछि सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगीमा उत्साह बढेको छ । ढुवानी लागत र समय बढी लाग्ने भन्दै यहाँबाट विस्थापित उद्योगी र व्यवसायी पुनः यहीं फर्कने वातावरण कायम भएको उद्योगीको भनाइ छ । जोगबनी नाकाबाट हुने व्यापार बढ्ने तथा भन्सार राजस्व असुलीमा पनि सुधार आउने सम्बद्ध पक्षको ...
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले यसपटकको बजेटमा उल्लेखित आयातित वस्तुको प्याकेजिङमा आयातकर्ताको लेबल लगाउने व्यवस्था कार्यान्वयन भएमा अवैध कारोबार घट्ने प्रतिक्रिया दिएको छ । एक विज्ञप्ति जारी गर्दै प्रदेश महासंघले भनेको छ ‘साउन १ गते देखि आयात हुने मालवस्तुको प्याकेजिङमा आयातकर्ता र बजार वितरकको लेबल लगाउने व्यवस्थाबाट सीमामा हुने अवैध व्यापार केही हदसम्म ...
काठमाडौँ — नेपाल वनस्पति घिउ तेल उत्पादक संघले कच्चा पदार्थको भन्सार दर १ प्रतिशतलाई नै यथावत् राख्न माग गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत कच्चा पदार्थमा भन्सार महसुल १ प्रतिशतबाट १० प्रतिशत पुर्‍याइएपछि संघले आपत्ति जनाएको छ । यसलाई तत्कालै संसोधन गरी यसअघिकै दर कायम नगरिए स्वदेशी घिउ तेल उद्योग संकटमा पर्ने ...
काठमाडौँ — कच्चा तेलको मूल्य बढाउन साउदी अरबले आपूर्तिमा प्रतिदिन १० लाख ब्यारेल कटौती गर्ने भएको छ । तेल उत्पादक देशहरूले तेलको मूल्य गिरावट र बढ्दो मागको अवस्था भोगिरहेकाले आगामी जुलाईदेखि आपूर्तिमा कटौती गर्न लागेको साउदी अरबले जनाएको हो । उसका अनुसार तेल उत्पादक देशहरूको संगठन ओपेकले यसअघि दुई पटक उत्पादनमा कटौती गरे पनि मूल्य वृद्धि नभएपछि फेरि ...
काठमाडौं : सेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ। आर्थिक विधेयकबाट साविकको पुँजीगत लाभकरमा थप कर लगाइएको विरोधमा सेयर लगानीकर्ता आज अर्थ मन्त्रालय पुगेका थिए। लगानीकर्तासँगको छलफलका क्रममा अर्थमन्त्रालयका अधिकारीले साविक कार्यान्वयनमा रहेको पुँजीगत लाभकर नै अन्तिम रहेको बताएका थिए। छलफलपछि मन्त्रालयले एक सूचना ...
काठमाडौं । सरकारले विद्युतीय चुरोटको अस्वभाविक आयातमा करको डण्डा चलाएको छ । यसअघि न्यून भन्सार मूल्याङ्‍कन र शून्य अन्तःशुल्कको फाइदा उठाउँदै नेपालमा अस्वभाविक रुपमा विद्युतीय चुरोट (भेप्स) आयात भएको थियो । जम्मा ३५ सेन्ट भन्सार मूल्याङ्‍कनका कारण चीनबाट आयात भएर भारत जाने यस्ता चुरोटको तस्करी नियन्त्रण गर्न सरकारले बजेट मार्फत नै अन्तःशुल्कमा ठूलो वृद्धि गरेको हो ...
काठमाडौं । सरकारले ३४ प्रकारका वस्तुमा अन्तःशुल्क कर थप गरेको छ । यसअघि अन्तःशुल्कको दायरामा नरहेका वस्तुहरुलाई अन्तःशुल्कको दरमा समेटेर सरकारले अन्तःशुल्क कर थप गरेको हो । आर्थिक विधेयक २०८० मा संशोधन गरेर सरकारले चिसो पेय पदार्थ, दाह्री काट्ने मेशिन, श्रृगांर सामग्री, चम्चा, काँटा, लगायतका वस्तुमा अन्तःशुल्क थप गरेको हो । सरकारले विद्युतीय चुरोटमा ३० प्रतिशत ...
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले करका दरहरूमा व्यापक हेरफेर गरेको छ । भ्याट नलाग्ने र अन्तःशुल्क लाग्ने वस्तुहरुलाई घटाइएको छ । पूँजीगत लाभकर र आयकरका पनि ठूलो परिमार्जन भएको छ । करमा भएको परिवर्तनले उपभोक्तालाई के असर गर्छ ? वस्तु तथा सेवाको मूल्य के हुन्छ ? यस्तै विषयवस्तुमा केन्द्रित भएर चार्टर्ड एकाउन्टेन्ट ...
काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आउँदा ग्याँसको मूल्य भने घटेर प्राप्त भएको छ । नेपाल आयल निगमलाई बिहीबार बिहान भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने ...
काठमाडौं : सरकारले घिउ तेल उत्पादनका लागि कच्चा पदार्थ आयातमा भन्सार बढाएकाले उद्योगहरू धराशायीमा हुने भन्दै नेपाल वनस्पति घिउ तेल उत्पादक संघले ध्यानाकर्षण गराएको छ। सरकारले आर्थिक वर्ष २०८०-०८१ को बजेटमार्फत भन्सार महसुल पुनः १० प्रतिशत कायम गरेको छ। साबिकमा यस्तो भन्सार दर १ प्रतिशतमात्रै थियो। यसरी ह्वात्तै भन्सार बढाउँदा सम्पूर्ण अत्यावश्यक वनस्पति घिउ तेल उत्पादन ...
काठमाडौं : प्रतिबन्धित भारु पाँच सय र एक हजार दरका सटही नभएका ८ करोड १० लाख नेपाली रुपैयाँ राष्ट्र बैंकमै थन्किएको छ। भारत सरकारले सो नोट प्रयोगमा प्रतिबन्ध लगाएको करिब ६ वर्ष बितिसक्दा पनि नेपालमा भएको नोटलाई अझै सटही नगर्दा नोक्सानी बेहोर्नु परेको छ। वर्षौं बित्दा पनि यी नोट भारतले सटही गर्न कुनै चासो देखाएको ...
चितवन : दुधको मुल्य बृद्धि हुँदा पनि किसान खुसी हुन सकेका छैनन्। किनकी हालै बृद्धि भएको मुल्यले उनीहरूलाई छोएन। उत्पादन लागत बढी भएको अवस्थामा मुल्य बृद्धिले खासै फरक नपरेको उनीहरूको गुनासो छ। पशु आहारको रूपमा प्रयोग हुँदै आएको दाना र चोकरको मूल्य वृद्धिले किसानलाई लागत मुल्य उठाउनै गारो छ। घाटाको ब्यवसाय गर्न बाध्य भएको गुनासो ...
काठमाडौं । विश्व बैंकले नेपाललाई करिब १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहूलियतपूर्ण ऋण र पौने ३ अर्ब (१९.७ मिलियन अमेरिकी डलर) बराबरको अनुदान दिने भएको छ । शिक्षा क्षेत्रमा खर्च हुने उक्त सहायता सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको हो । सहुलियतपूर्ण ऋण अन्तर्राष्ट्रिय विकास संघबाट प्राप्त हुने छ । अनुदान भने विद्यालय क्षेत्र रुपान्तरण ...
काठमाडौं । नेपाल सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचीमा हवाई टिकटलाई समेत समावेश गरेसँगै हवाई यात्रा थप महँगो हुने निश्चित भएको छ । यद्यपि हवाई टिकटको भाडामा मात्र भ्याट लाग्ने हो वा इन्धन र विमानस्थल शुल्कसहितको मूल्यमा भ्याट लाग्ने हो भन्ने अन्यौल भने अझै निराकरण भएको छैन । अहिले यात्रुले हवाई भाडाका रुपमा ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। बैंकअन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ। केन्द्रीय बैंकले नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक ...
काठमाडौं : नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे रू २१ खर्ब नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले रू १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख आन्तरिक र रू १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल रू २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख बराबर ऋण ...