: मुलुकलाई तिहारले छपक्कै छोपेको छ। फूलैफूलले गाउँ सहर सजिएका छन्। यसपटक गजबको संयोग पनि छ, जे जति फूलको प्रयोग भएको छ, अधिकांश स्वदेशी उत्पादन हुन। सरकारले भारतीय फूलको आयातमा कडाइ गरेपछि स्वदेशी फूलले बजार ओगटेको हो। भारतीय फूलमा भाइरस भेटिएको भन्दै सरकारले आयातमा कडाइ गरेको हो। सीमा क्षेत्रमा फाट्टफुट्टबाहेक भारतीय फूल आयात हुन सकेका ...