मुख्य समाचार
मनोरञ्जन
। काठमाडौंका ९ र उपत्यकाबाहिरका ३० हलमा रिलिज भएको ‘शाम्बाला’ले ६ दिनमा उत्कृष्ट कमाइ गरेको छ । निर्माता तथा निर्देशक मीनबहादुर भामका अनुसार फिल्मले यस अवधिमा १ करोड १९ लाख रुपैयाँ ग्रस कमाएको छ । प्रदर्शनको सातौं दिन बिहीबार कलेक्सन डेढ करोड हाराहारीमा पुग्ने प्रक्षेपण छ । बिहीबार संविधान दिवसको सार्वजनिक बिदा भएकाले पनि शाम्बालाले बिदाको ...
। ‘अवतार’ र ‘टाइटानिक’ फिल्म निर्देशक जेम्स क्यामरुनले आणविक त्रासदीबाट बाँचेका जापानीको कथावस्तुमा कथानक फिल्म ‘लास्ट ट्रेन फ्रम हिरोसिमा’ निर्देशन गर्ने भएका छन् । यसका लागि अस्कर विजेता फिल्ममेकरले चार्ल्स पेलेग्रिनोको आगामी पुस्तक ‘घोस्ट्स अफ हिरोसिमा’को एडप्टेसन अधिकार खरिद गरेको डेडलाइनले जनाएको छ । उनी उक्त पुस्तकलाई फिचर फिल्ममा रुपान्तरण गर्न चाहन्छन् । समाचारअनुसार क्यामरुनले पेलेग्रिनाका दुई ...
। श्रद्धा कपुर स्टारर ‘स्त्री २’ भारतीय बक्स अफिसमा सर्वकालीन धेरै कमाउने हिन्दी फिल्म बनेको छ । इण्डियन एक्सप्रेसका अनुसार शाहरुख खान स्टारर ‘जवान’को कमाइलाई उछिन्दै यो फिल्मले कीर्तिमान रचेको हो । ‘स्त्री : सरकटेका आतंक’ले भारतीय बक्स अफिसमा शाहरुखको ‘जवान’सहित रणवीर कपुरको ‘एनिमल’, शाहरुखकै ‘पठान’ र सन्नी देओलको ‘गदर २’ को कमाइलाई पनि उछिनेको छ ...
। बिगबोस ओटीटी सिजन-३ को होस्ट नगर्ने घोषणा गरेका बलिउड अभिनेता सलमान खानले कलर्स टिभीमा प्रसारण हुने ‘बिग बोस’ सिजन १८ मा फर्किने पक्का भएको छ । मंगलबार बिग बोसका निर्माताले सलमानलाई होस्टको रुपमा उनको इन्स्टाग्राम ह्याण्डलमा मेन्सन गर्दै यसबारे टिजर सार्वजनिक गर्दै फ्यानलाई सरप्राइज दिएका छन् । टिजरले चलिरहेको घडीको ग्राफिक देखाउँछ, त्यसपछि प्रतिष्ठित बिग बोसका ...
। अमेरिकी र्‍यापर सिन ‘डिडी’ कम्ब्स न्युयोर्कमा पक्राउ परेका छन् । अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार उनीमाथि यौन दुर्व्यवहार तथा उत्पीडनको आरोप छ । मुद्दा दायर भएपछि उनलाई न्युयोर्कको म्यानहटनबाट पक्राउ गरिएको हो । भेराइटी म्यागजिनका अनुसार कम्ब्सका वकिल मार्क अग्निफिलोले र्‍यापर पक्राउबारे जानकारी दिएका हुन् । सिन ‘डिडी’ कम्ब्सका वकिलले भने, ‘न्यायाधिवक्ताको कार्यालयले चलाएको अन्यायपूर्ण अभियोगबाट हामी निराश ...
। तमिल सुपरस्टार थलापति विजय राजनीतिको यात्रामा ध्यान केन्द्रित गर्न फिल्मी करिअर छोड्ने तयारी गर्दैछन् । यही सिलसिलामा उनको फिल्म निर्माण कम्पनी केभीएन प्रोडक्सनले अन्तिम फिल्म स्वरुप ‘थलापति ६९’ घोषणा गरेको छ । यो फिल्ममा विजयले लोकतन्त्रका लागि लड्ने देखिने बताइएको छ । फिल्मको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको एक पोस्टमा विजयका हिट फिल्मको दृश्य समावेश ...
। मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले शुक्रबार नेपालमा सुखद् अकुपेन्सीसहित प्रदर्शनको थालनी गरेको छ । यो फिल्म काठमाडौं उपत्यकाका ९ र उपत्यकाबाहिरका ३९ हलमा प्रदर्शनमा आएको छ । काठमाडौं उपत्यकाका हलले मात्रै झण्डै ६० शो दिएका छन् । प्रदर्शनको पहिलो दिन शुक्रबार बिहान मुख्य मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रह्यो । अपरान्ह र बेलुकीको शोमा ...
। फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए । केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै ...
। शाहरुख खान र प्रीति जिन्टा अभिनित बलिउडको क्लासिकल-लभस्टोरी फिल्म ‘वीरजारा’ शुक्रबारदेखि नेपालका हलमा पुनः प्रदर्शन हुने भएको छ । रिलिजको बीसौं वर्षगाँठ मनाउन यशराज फिल्म्सले विश्वभर यो फिल्मलाई रि–रिलिज गर्दैछ । रिलिज भएको दुई दशकपछि व्यावसायिक र समीक्षात्मक रुपमा सफलता प्राप्त गरेको सीमापार प्रेमकथाको फिल्मलाई दर्शकले पुनः हेर्न पाउने भएका हुन् । यो फिल्म नेपालमा क्यूएफएक्स ...
। कन्सर्ट सकिएपछि नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपाला अमेरिकामा न्यानो माया पायौं । जोगले जुराएछ भने फेरि पनि भेटौंला । मिलेर बस्नुस् है । धन्यवाद !’ उनका लागि यो ह्यारिसबर्ग सहरसँगको मात्र बिदाइ थिएन, यसपालि झण्डै डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका प्रत्येक हल खचाखच भरिने गरी जम्मा भएका तमाम दर्शकप्रतिको आभार ...
। अमेरिकी पपस्टार तथा अभिनेत्री सेलेना गोमेज आफ्नो जीवन र परिवारलाई लिएर हरेक अन्तर्वार्ता र सार्वजनिक कार्यक्रममा खुलेर बोल्छिन् । हालैको एक अन्तर्वार्तामा सेलेनाले आफू जैविक रुपमा आमा बन्न नसक्ने बताएकी छन् । मंगलबार प्रकाशित भ्यानिटी फेयर म्यागजिनको कभरस्टोरी अन्तर्वार्तामा उनले आफूले केही वर्षमा परिवारको तयारी थाल्ने विषयमा बताएकी छन् । पेशागत जीवनमा धेरै उपलब्धि हासिल गरेकी ...
। चलचित्र विकास शुल्कको बक्यौता तिर्न र बक्स अफिसमा जडान तथा अद्यावधिक गर्न भन्दै चलचित्र विकास बोर्डले काठमाडौं उपत्यका बाहिरका १८ हललाई पत्र काटेको छ । बोर्ड अध्यक्ष दिनेशराज दाहाल (दिनेश डीसी)ले अन्तिम पटकको लागि भन्दै गत साता ताकेता सहितको पत्र काटेका हुन् । लमजुङको अन्नपूर्ण चलचित्र मन्दिर, मलगंवाको पुष्प टाकिज, विराटनगरको विराट सिनेमा, धनकुटाको सीबी सिनेमा, ...
। अमर कौशिक निर्देशित बलिउडको कमेडी-हरर फिल्म ‘स्त्री २’ ले सिद्धार्थ आनन्द निर्देशित जासूस-थ्रिलर फिल्म ‘पठान’को कमाइलाई उछिन्दै दोस्रो धेरै कमाउने भारतीय फिल्म बनेको छ । बलिउड ट्रयाकर स्याननिल्कलाई उध्दृत गर्दै द हिन्दुस्तान टाइम्सले जनाएअनुसार एसएस राजामौलीको सन् २०१७ को ब्लकबस्टर फिल्म ‘बाहुबली २’ लाई उछिनेको एक दिनपछि ‘स्त्री २’ ले उक्त उपलब्धि हासिल गरेको हो ...
। ३२ वर्षिया पपस्टार तथा अभिनेत्री सेलेना गोमेज अर्बपति बनेकी छन् । ब्लुमबर्गको विवरणअनुसार सौन्दर्य प्रशाधन उत्पादन गर्ने ‘द रेयर ब्युटी’ कम्पनीको संस्थापक समेत रहेकी गोेमेजको अनुमानित सम्पत्ति १.३ बिलियन अमेरिकी डलर पुगेको छ । योसँगै उनी अमेरिकाको कान्छी अर्बपतिमध्ये एक बनेकी छिन् । उनको आम्दानी सो ब्राण्डमा आधारित छ जसलाई गोमेजले सन् २०१९ मा स्थापना ...
ढिलो साँझ परेको डालसको आँगनमा सूर्यका किरण मधुरा हुन थालेका थिए । घाम पश्चिम क्षितिजमा पुग्नै लागेको बेला झकिझकाउ मञ्चमा देखिए अमृत गुरुङ । परिचयको कुनै फुर्को जोडिरहनु नपर्ने अमृतलाई सुन्न उनका फ्यानहरु आतुर थिए । उत्तर फर्किएको मञ्चमा उनी उभिनासाथ तालीको गडगडाहट सहित दर्शकले उत्तेजना र उमंग मिसिएको लवजमा उनको स्वागत गरे । दर्शकलाई नमस्ते ...
। प्रंशसकलाई चक्मा दिंदै विश्वचर्चित अमेरिकी रक ब्याण्ड लिंकिन पार्कले सात वर्षपछि नयाँ लाइनअपसहित जबर्जस्त पुनरागमन गरेको छ । एमिली आर्मस्ट्रङ र कोलिन ब्रिटन क्रमशः सहभोकलिस्ट र ड्रमर-सहनिर्माताको रूपमा सामेल भएका छन् । पुनरागमनसँगै ब्याण्डले विश्व टुरको घोषणा गरेको छ । त्यसअघि नोभेम्बर १५ मा ब्याण्डको नयाँ एल्बम ‘फ्रम जिरो’ रिलिज तयारीमा छ । टुरअन्तर्गत चार ...
1 2 3 4 5 6 ... Next Last