मुख्य समाचार
मनोरञ्जन
। अल्लु अर्जुन स्टारर आगामी फिल्म ‘पुष्पा २ : द रुल’को हाइप यतिबेला विश्वव्यापी छ । फिल्मले रिलिजअघि नै १२ सय करोड भारु कमाएको खबर बाहिर आएको थियो । यतिबेला यो फिल्मलाई लिएर नयाँ खबर छ, अभिनेता अल्लु अर्जुनले पारिश्रमिकमा ३० प्रतिशत वृद्धि गरेका छन् । यसअघि उनले १०० करोड भारु लिने गर्थे । अहिले उनको ...
। यो साता ओटीटी प्लाटफर्ममा नयाँ फिल्म र सिरिज रिलिज भएका छन् । गत महिना हलमा रिलिज हुँदा राम्रो समीक्षा प्राप्त गरेको बलिउडको ‘लापता लेडिज’देखि हलिउडको ‘कुङ्फु पाण्डा ४’ पनि यो साता स्ट्रिमिङ भइरहेको छ । तपाईंले घरमै बसीबसी आफूले सब्सक्राइब गरेका ओटीटी प्लाटफर्ममा यी फिल्म र श्रृंखला हेर्न सक्नुहुन्छ । यो साता स्ट्रिम हुन थालेका ...
। फिल्मको धेरैजस्तो भाग काठमाडौंमा छायांकन गरिएको रोमान्टिक-थ्रीलर फिल्म ‘द सेमलेस’को ट्रेलर सार्वजनिक भएको छ । विश्वप्रसिद्ध कान्स फेस्टिभलमा वर्ल्ड प्रिमियर हुनुअघि शुक्रबार ट्रेलर सार्वजनिक भएको हो । कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको यो फिल्मलाई बुल्गेरियाली निर्देशक कोन्सटान्टिन बोजोनोभले निर्देशन गरेका हुन् । बोजोनोभको यो तेस्रो कथानक फिल्मले देहब्यापारबाट भाग्न खोजेका दुई महिला प्रेममा ...
: इलाम २ को उपनिर्वाचनमा पहिचानवादी स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमको पक्षमा मत माग्न गायक राजेश पायल राई सहितका कलाकार उनको चुनावी क्षेत्रमा आएका छन्। गयक राई, लाहुरे , एकदेव लिम्बु, सुनिता थेगिमदेखि धरान उप महानगरपालिकाका मेयर हर्क साङपाङसहितको समुहले इलामको चुलाचुली गाउँपालिका ४ आइतबारेमा आज हुने सभामा प्रस्तुति दिने थेगिमका छोरा गायक एकदेव लिम्बुले जानकारी ...
। बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलाउने दुवै आरोपी गुजरातको भुजबाट पक्राउ परेका छन् । घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले सोमबार राति उनीहरुलाई पक्राउ गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जनालाई पश्चिमी कच्छबाट पक्राउ गरेको गुजरात प्रहरीले पुष्टि गरेको छ । प्रहरीले मंगलबार दुवै आरोपीसँग सोधपुछ गर्ने जनाइएको छ । यी दुवै ...
। रोयल्टीलाई लिएर संगीत वितरक युनिभर्सल म्युजिक ग्रुप र टिकटकबीचको विवाद साम्य भएको छ । यो सहमतिसँगै टिकटकबाट हटाइएका टेलर स्वीफ्ट र रिहानाका गीत प्लाटफर्ममा फर्किएका छन् । आगामी साता गायिका स्वीफ्टको बहुप्रतीक्षित नयाँ एल्बम ‘द टर्टर्ड पोएट्स डिपार्टमेन्ट’ रिलिज हुनुअघि यो लोकप्रिय सामाजिक सञ्जालमा उनका गीतहरु फिर्ता आएका हुन् । सीएनएनका अनुसार टिकटकको नयाँ संगीत क्याटालगमा ...
। विश्वभर युट्युबमा सबैभन्दा धेरै सब्सक्राइबर भएका सेलिब्रेटी युट्युबर मिस्टर बिस्टले नेपालको एक अस्पतालको मर्मतसम्भार गर्दै नयाँ जीवन दिएका छन् । डिसेम्बरमा उनको टिम नेपाल आइपुगेको थियो । बिस्टले नयाँ भिडियो सार्वजनिक गर्दै आफ्नो टिमले सिन्धुलीको फिक्कल गाउँपालिकाको मर्मत गरेकोबारे जानकारी दिएका छन् । भिडियोमा जाडो र औषधोपचारको अभावमा बच्चा गुमाएकी स्थानीय महिला नीराको मर्मस्पशी कथा देखाइएको ...
। भारतको मुम्बईस्थित बान्द्रा क्षेत्रमा रहेको ग्यालेक्सी अपार्टमेन्टको धेरै चर्चा हुन्छ । आइतबार झिसमिसेमै यो समुन्द्री किनारको अपार्टमेन्टमा चार राउण्ड हवाई फायर भयो । त्यसपछि फेरि एकपटक यो अपार्टमेन्टको चर्चा विश्वभर फैलिएको छ । मोटरसाइकलमा सवार दुईजनाले यो घटना गराएपछि उनीहरु फरार छन् । प्रहरीले घटनामा संलग्न एकजनाको पहिचान गरिएको जनाएको छ । प्रहरीले दुवैजना आक्रमणकारीको ...
। बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर आइतबार बिहान फायरिङ भएको छ । भारतीय सञ्चारमाध्यमका बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट अगाडि बिहान ५ बजेतिर दुई मोटरसाइकलमा सवार व्यक्तिले चार राउण्ड फायर गरेका थिए । घटनापछि घरको सुरक्षा बढाइएको छ । मुम्बई प्रहरीको अपराध शाखाका अधिकारी अनुसन्धानका लागि त्यहाँ पुगेका छन् । गोलीबारी हुँदा सलमान घरमा थिए । उनलाई ...
। भारतीय फिल्म निर्देशक नितेश तिवारीले केही दिनदेखि आफ्नो प्रतीक्षित फिल्म ‘रामायण’को छायांकन थालेका छन् । रणवीर कपुर श्रीरामको भूमिकामा देखिंदा साई पल्लवीले सीताको रोल गर्नेछिन् । हनुमानको भूमिकामा सन्नी देओल देखिंदा यशले लंकेशपति रावणको चरित्र निर्वाह गर्नेछन् । यसअघि यशले अभिनय गर्ने मात्र बताइएको थियो । यतिबेला भने फिल्ममा उनी निर्माताकै रुपमा जोडिएका छन् । भेराइटी ...
। मदिरा पिएर होहल्ला गरेको आरोपमा गायक राजेशपायल राई चैत २२ गते पक्राउ परे । आइन्दा यस्तो नगर्ने शर्तमा सचेत बनाएर प्रहरीले सोही दिन छाड्यो । उक्त घटनापछि गायक राईलाई लिएर सामाजिक सञ्जाल व्यापक टीकाटिप्पणी भयो । कतिपयले सेलिब्रेटी भएर यस्तो हर्कत उचित नभएको टिप्पणी गरे । अन्यले सानो कुरालाई ठूलो बनाइएको बताए । उक्त घटनापछि राजेशपायलले ...
। अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को टिजरले उत्तरदेखि दक्षिणसम्मको भारतीय फिल्म उद्योगमा हलचल मच्चाएको छ । बलिउड व्यापार विश्लेषक तरण आदर्शले यो फिल्मले बक्स अफिसमा ठूलै ओपनिङ गर्न सक्ने बताएका छन् । ‘पुष्पा झुक्ने छैन । अब यो बक्स अफिसमा सत्य साबित हुँदैछ,’ उनले भने, ‘बक्स अफिसमा ठूलै कमाइ हुनेछ । म भन्न चाहन्छु कि ...
। हलिउड ब्लकबस्टर फिल्म ‘जोकर’को दोस्रो श्रृंखलाको पहिलो ट्रेलर सार्वजनिक भएको छ । ‘जोकर : फोली ए ड्युक्स’ नाम दिइएको श्रृंखलालाई सन् २०२४ कै प्रतीक्षित हलिउड फिल्म मानिएको छ । ट्रेलरमा फिल्मका दुई मुख्य पात्र अपराधका क्लाउन प्रिन्स र हार्ले क्वीनले अहिलेको विश्वमा प्रेम सबैभन्दा आवश्यक रहेको बताउँछन् । फिल्मले दिन खोजेको सन्देश पनि यही हो ...
। प्रसिद्ध अमेरिकी गायिका लेडी गागा निजी जीवनले पनि चर्चामा हुन्छिन् । हलिउड अभिनेत्री समेत रहेकी उनको शीर्ष भूमिका रहेको फिल्म ‘जोकर’ यसैवर्ष रिलिज तयारीमा छ । तर पछिल्लो साता डेटको खबरले यी गायिका गसिपको केन्द्रमा छिन् । उनले नयाँ प्रेमीसँग डेट गरिरहेको खबर छ । अहिले उनको रोमान्ससँग सम्बन्धित खबर सार्वजनिक भइरहेका छन् । यसले ...
। नेपाली ट्यालेन्ट प्रजिनासँग भारतीय पपस्टार बादशाहको सहकार्य रहेको गीत ‘होला एट् योर ब्वाइ’ सार्वजनिक भएको छ । यो गीतमा प्रजिनासहित बादशाह र लोकप्रिय भारतीय र्‍यापर कृष्ण पनि फिचर्ड छन् । नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रजिनाले गाएकी छन् । उनको गायकीको प्रशंसक हुनुहुन्छ भने, पक्कै पनि यो ट्रयाक तपाईंलाई श्रुतिप्रिय हुनसक्छ । यो गीत युट्युवको ...
। ‘केजीएफ’ र ‘केजीएफ २’ अभिनेता यश अब खलनायक बन्दैछन् । रणवीर कपुर र साई पल्लवी स्टारर फिल्म ‘रामायण’मा उनी रावणको भूमिकामा देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो फिल्मलाई दंगल, छिछोरेजस्ता हिट फिल्म बनाएका नितेश तिवारीले निर्देशन गरेका हुन् । यशले यो भूमिकाका लागि १५० करोड भारु पारिश्रमिक लिएका छन् । हिन्दी फिल्मको इतिहासमा खलनायकले ...
1 2 3 4 5 6 ... Next Last