मुख्य समाचार
सूचना प्रविधि
: सरकारको निर्णयसँगै चिनियाँ एप वी च्याट पनि बन्द हुने भएको छ। नेपालमा दर्ता नगरेपछि फेसबुक, ट्वीटरसहित चिनियाँ एप वी च्याट पनि बन्द हुने भएको हो। सरकारले तोकिएको समयसीमा भित्र दर्ता नभएका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले २६ वटा सामाजिक सञ्जालालई निष्क्रिय बनाउन दूरसञ्चार ...
: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने बताएका छन्। मंगलबार काठमाडौंमा हुलाक सेवा विभागको वार्षिक प्रगति समीक्षा कार्यक्रममा उनले हुलाक अति आवश्यक सेवा निकाय भएकाले परिष्कृत र प्रभावकारी बनाउँदै लैजाने बताएका हुन्। मन्त्री गुरुङले हुलाकको पछिल्लो व्यावसायिक सम्भावना कुरियरमा रहेकाले यसलाई विदेशमा भएका नेपालीको पहुँचसम्म विस्तार गरिने उल्लेख ...
: गुगलले जीमेलबाट २५० करोड प्रयोगकर्ताको डाटा ह्याक भएको खबरको खण्डन गरेको छ। गत हप्ता गुगलको इमेल सेवा जीमेलको सर्भरमा आक्रमण गरेर ह्याकरहरूले २५० करोडभन्दा बढी प्रयोगकर्ताको डाटा चोरी गरेको दाबी गरिएको थियो। गुगलले यी दाबीलाई अस्वीकार गर्दै आफ्ना कुनै पनि प्रयोगकर्ताको डाटा चोरी नभएको बताएको छ। यसका साथै गुगलले यसले कुनै पनि प्रयोगकर्तालाई पासवर्ड ...
: नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द भएको छ। कलर रिङ ब्याक टोन (सीआरबीटी) प्राविधिक समस्या आएपछि सेवा बन्द भएको हो। अर्को सूचना जारी नभएसम्मका लागि सीआरबीटी सेवा बन्द रहेको टेलिकमले जनाएको छ। साथै यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले उल्लेख गरेको छ।
: सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिकरूपमा आह्वान गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा भदौ ९ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० तथा सर्वोच्च अदालतको आदेशबमोजिम सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार मन्त्रालयमा सूचीकरणको लागि सार्वजनिक रूपमा ...
: नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकले मंगलबार संयुक्त साझेदारीको घोषणा गरेका छन्। लाइफ टाइम एक्सपिरियन्सलाई केन्द्रमा राखिएको यो पहल क्रिएटरले लिड गर्ने एक अभियान हो। यसले विशेष इन–एप एक्सपिरियन्स प्रदान गरी यात्रुहरूलाई नेपालका घुम्नै पर्ने गन्तव्य र प्रचार नभएका उत्कृष्ट ...
— सर्वोच्च अदालतको नौ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले सामाजिक सञ्जाल, अनलाइन सञ्चारमाध्यम र अदालती सूचना संकलनका विषयमा सरकारका नाममा आदेश जारी गरेको छ । २०८१ असोज १३ गते भएको फैसलाको पूर्णपाठ शुक्रबार जारी गर्दै सर्वोच्चले अदालतका सूचना प्रकाशन र प्रसारणका लागि आवश्यक मापदण्ड नै बनाउन भनेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश प्रकाशमान ...
: नेपाल टेलिकमको तुलसीपुर कार्यालयले १२ घण्टा सेवा दिने भएको छ। कार्यालयले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिने भएको हो। लुम्बिनी प्रदेशमा नै टेलिकम तुलसीपुर कार्यालयले पहिलो पटक यो अभ्यास सुरु गरेको हो। तुलसीपुर टेलिकम कार्यालय दाङले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म कार्यालय समय तोकेको छ। दुई सिफ्टमा कर्मचारीहरू परिचालन गरेको ...
— गुगल म्याप्सले नेपालमा स्ट्रिट भ्यु फिचर सुरु गरिएको घोषणा गरेको छ । डिजिटल नेपाल कन्क्लेभ,२०२५ को अवसरमा यस्तो सुरुवात गरिएको जनाएको छ । अब संसारको कुनै पनि कुनाबाट कसैले पनि गुगल म्याप्सको स्ट्रिट भ्यु चित्रमार्फत नेपालका अद्भुत भू-दृश्य र समृद्ध सांस्कृतिक दृश्य भर्चुअल रूपमा अवलोकन गर्न सक्ने दाबी गरिएको छ । गुगल स्ट्रट भ्युमार्फत ...
— नेपाल मिडिया सोसाइटीले प्रस्तावित मिडिया काउन्सिल विधेयक परिमार्जनको मागसहित सुझाव पेस गरेको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई ज्ञापनपत्र बुझाउँदै सोसाइटीले प्रस्तावित विधेयक परिमार्जनका लागि दफावार सुझावसमेत राखेको छ । विधेयकका धेरै दफा संविधानको मर्म र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यताविपरीत रहेको भन्दै नयाँ मस्यौदा तयार पार्नुपर्ने सोसाइटीको माग छ । ज्ञापनपत्रमा ...
: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन्। बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै संसदले नै पास गरेर कानुन बनिसकेको अवस्थामा अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन कार्यालयमार्फत हुने व्यवस्थालाई सबैले मान्नुपर्ने बताए। नयाँ व्यवस्था सदनबाट पास हुँदा आफूलाई समेत जानकारी नभएको उनले ...
— नेपालमा म्यासेजिङ एप टेलिग्राममाथि प्रतिबन्ध लगाइएको विषयमा डिजिटल अधिकार र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा वकालत गर्ने २७ संस्थाले संयुक्त रूपमा आपत्ति प्रकट गरेका छन् । उनीहरूका अनुसार यस्तो प्रतिबन्धले नेपालमा बढ्दै गएको डिजिटल अर्थतन्त्र, साना उद्यम र प्रविधिमा आधारित सेवा प्रवाहमा प्रत्यक्ष असर पार्नेछ । साथै, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको गम्भीर उल्लंघन हुने भन्दै उनीहरूले यसमा ...
— अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई युटयुब चलाउन प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अस्ट्रेलियाले अन्य सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा केही महिना पहिल्यै गरिसकेको छ । यही वर्षको डिसेम्बर महिनादेखि लागू हुनेगरी घोषणा गरिएको नयाँ नियमसँगै अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सबै सामाजिक सञ्जाल सञ्चालनमा प्रतिबन्ध लाग्ने भएको हो । डिसेम्बर महिनाको १० तारिखदेखि लागू हुने यो नियमका ...
सोसल मिडिया प्लाटफर्म फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले शेङ्गजिया झाओले आफ्नो नयाँ सुपर इन्टेलिजेन्स ल्याबमा नयाँ मुख्य वैज्ञानिक नियुक्त गरेका छन् । महत्वपूर्ण त के भने झाओ च्याट जिपिटी तथा त्यसको नयाँ संस्करण जिपिटी ४ का निर्माता मध्येका एक हुन् । उनले अब मेटाको उन्नत आर्टिफिसियल इन्टेलिजेन्स मिसनलाई नेतृत्व प्रदान गर्नेछन् । मेटाका सीईओ मार्क जुकरबर्गले ...
— नेपालस्थित रूसी दूतावासले आफ्नो आधिकारिक टेलिग्राम च्यानल सञ्चालनमा रहेको जनाएको छ । तथापि, नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र टेलिग्राम प्लाटफर्म बन्द गर्ने निर्णय गरेको हुँदा च्यानल एक्सेस गर्न केही समस्या आउन सक्ने दूतावासले जनाएको छ । प्राधिकरणले साउन २ मा सूचना निकालेर टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या बढ्दै गएकाले र मनी लन्डरिङजस्ता गम्भीर अपराधमा ...
— गएको २४ घण्टामा सबैभन्दा बढी पानी कास्कीको लुम्लेमा (२१५.८ मिलिमिटर) परेको छ । अहिले पनि मधेशबाहेक सबै प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार त्रिवेणी, धनकुटामा १९५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै माईपोखरीमा १८१.२ मिलिमिटर र मछुवाघाटमा १७३.२ मिलिमिटर वर्षा भएको छ ...