मुख्य समाचार
सूचना प्रविधि
सरकारले लामो समयदेखि काम नभएका र प्रगति पनि नदेखिएका आयोजनाका ठेक्का तोड्न अग्रसरता देखाएको भए पनि तिनको यथाशक्य निर्माणको सुनिश्चितता भने गर्न सकेको छैन ।
— सवारीसाधनलाई इन्धनबाट बिजुलीमा रूपान्तरण (कन्भर्जन) गर्ने कानुन दुई पटक आए पनि मापदण्ड नबन्दा यसको सुविधा उपयोग गर्न नसकिएको व्यवसायीले बताएका छन् । १४ चैत २०७८ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले पेट्रोलियम सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति लिएको थियो । पछिल्लो पटक सरकारले फेरि ३ वर्षका लागि कन्भर्जन गर्न पाउने सूचना जारी गरेको छ । गत ...
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका ईश्वर पोखरेलले आफू विजयी हुन नसके पनि पार्टीको अभियानमा निरन्तर सहभागी भइरहने बताएका छन्
। पूर्वपश्चिम राजमार्गको लालबन्दी–बर्दिबास सडक खण्डको जंगल क्षेत्र हुँदै आवतजावत गर्ने यात्रुले अब मोबाइलमा नेटवर्कको समस्या झेल्नु नपर्ने भएको छ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यात्रु सुरक्षाका हिसाबले संवेदनशील यो खण्डको ८ किलोमिटर क्षेत्रमा निर्बाधरुपमा दूरसञ्चार सेवा लिन सकिने बनाएको छ । दैनिक रुपमा हजारौं यात्रु पूर्वपश्चिम राजमार्गको यो जंगल हुँदै देशको पूर्वबाट पश्चिम ...
— खोलामा पानीको मात्रा घटेपछि विद्युत् उत्पादनमा कमी आएको छ । १२२.९ मेगावाट विद्युत् जम्मा हुने पाँचथरको अमरपुर सब–स्टेसनमा हाल करिब ५४ मेगावाट मात्रै उत्पादन भइरहेको छ । अमरपुर सब–स्टेसनका एक कर्मचारीका अनुसार बुधबार बिहान ५.८ मेगावाट क्षमताको अपर फावाखोला युनाइटेड हाइड्रोपावरबाट २.१७ मेगावाट, ५ मेगावाट क्षमताको फावाखोला शिवानी हाइड्रोपावरबाट २.६८ मेगावाट र ९.७ मेगावाट क्षमताको ...
नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ। केपी शर्मा ओलीको प्यानलबाट निवर्तमान उपमहासचिव प्रदीप ज्ञवालीलाई उपाध्यक्षमा उम्मेदवारी बनाइएको थियो
— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ । रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ । भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको ...
— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ । यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत ...
— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको ...
— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ । थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय ...
— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ । सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको ...
कृत्रिम बुद्धिमत्ता अर्थात प्रविधिमा आधारित लोकप्रिय च्याटबोट च्याट जिपिटी हाम्रो जिज्ञासा मेटाउने तथा शैक्षिक र व्यवसायिक काममा सहयोग पुर्‍याउने निकै उपयोगी प्लाटफर्म बनिरहेको छ । तर, पछिल्लोपटक यो च्याटबोट गम्भीर विवादमा तानिएको छ। अमेरिकाको क्यालिफोर्निया राज्यमा यसको विरुद्धमा कैयौं मुद्दा दायर भएका छन्। ती मुद्दामा च्याट जिपिटीलाई मानसिक रूपले कमजोर व्यक्तिलाई आत्महत्या गर्न उक्साउने आत्महत्या प्रशिक्षकको ...
। माइक्रोसफ्ट र ओपनएआईले मङ्गलबार उनीहरूको ऐतिहासिक कृत्रिम बौद्धिकता साझेदारीको व्यापक सुधारको घोषणा गरेका छन् । यसले दुवै कम्पनीहरूलाई उनीहरूको घनिष्ठ सहयोग कायम राख्दै अझ बढी स्वतन्त्रता प्रदान गर्दछ। ओपनएआई वेबसाइटमा सम्प्रेषित एक ब्लग पोष्टका अनुसार माइक्रोसफ्टले पुनर्गठित ओपनएआईको लगभग २७ प्रतिशत हिस्सा ओगटेको छ । यो हिस्सा अनुसार लगभग १३५ अर्ब डलर बराबरको लगानी माइक्रोसफ्टको ...
: अल्बानियाकी एआई मन्त्री डिएला गर्भवती छिन्। डिएला आर्टिफिसियल इन्टेलिजेन्समा आधारित विश्वकै पहिलो मन्त्री हुन्। उनले ८३ बच्चा जन्माउन लागेकी छन्। उनी रोबोटबाट गर्भवती भएको अल्बानियाका प्रधानमन्त्री एडी रामाले घोषणा गरेका हुन्। जर्मनीको बर्लिनमा आयोजित ग्लोबल डायलग सम्मेलनको क्रममा अल्बानियाकी प्रधानमन्त्री रामाले यो घोषणा गरेर सबैलाई चकित पारेका थिए। तर एआई ...
आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपन एआईले च्याट जीपीटी एटलास नामक वेब ब्राउजर लञ्च गरेको छ । एआई क्षमतायुक्त यो ब्राउजरले बजारमा प्रवेश गर्ने वित्तिकैबाट गुगलका लागि ठूलो चुनौती खडा गर्न सुरु गरिदिएको छ । च्याट जीपीटीको वेब ब्राउजर लञ्च भएको भोलिपल्टै इन्टरनेट जाएन्ट गुगलको मातृ कम्पनी अल्फाबेटको शेयर मूल्यमा भारी गिरावट देखियो । सोही कारणले कम्पनीको बजार ...
: च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नो पहिलो एआई–सञ्चालित वेब ब्राउजर ʻच्याटजीपीटी एटलसʼ लन्च गरेको छ। यसलाई धेरै विश्लेषकले गुगल क्रोमको सबैभन्दा ठुलो प्रतिद्वन्द्वीको रूपमा हेरेका छन्। कम्पनीका सीईओ साम अल्टम्यानले एटलसले परम्परागत ब्राउजर अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्ने बताए। यसले ठेगाना पट्टीको सट्टा सिधै च्याटजीपीटी इन्टरफेसबाट काम गर्ने उनले बताए। एटलसको पहिलो संस्करण हाल एप्पल ...