मुख्य समाचार
सूचना प्रविधि
। सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले केही शर्तहरु राखेर टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । यो नीतिगत निर्णय कार्यान्वयनका लागि टिकटकले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयसँग सम्झौता गर्नुपर्नेछ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘नीतिगत रुपमा खुल्यो । त्यो कार्यान्वयनमा आउन हाम्रो शर्त ...
। नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि २ वटा सेवा प्रदायकको इजाजतपत्र स्वतः रद्ध भएको हो । प्राधिकरणले साउनको अन्तिम साता दुबै कम्पनीको अनुमतिपत्र खारेजी भएको जानकारी दिएको छ । वीरगञ्ज महानगरपालिका-८ पर्साको पर्सा टेलिकम्युनिकेसन प्रालि र हात्तीसार काठमाडौंको ...
। ‘स्त्री’ स्टार श्रद्धा कपुरको लोकप्रियता झनै चुलिंदो छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उछिन्दै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइने तेस्रो भारतीय बनेकी छन् । सूचीमा उनी प्रियंका चोपडाको निकट पुगेकी छन् । ‘स्त्री २’ ब्लकबस्टर भएलगत्तै श्रद्धालाई इन्स्टाग्राममा पछ्याउनेको संख्या ह्वात्तै बढेको हो । श्रद्धालाई इन्स्टाग्राममा ९ करोड १४ लाखभन्दा बढीले पछ्याएका छन् । प्रधानमन्त्री ...
। सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहे पछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । लगत्तै २७ कात्तिकमा ...
मेरो घाउ निको भएन के गर्ने ? मेरो पेट असाध्यै दुख्यो के गर्ने ? मलाई राति निद्रा पर्दैन के गर्ने ? अहिले हामीसँग सजिलो उपाय छ गुगल । गुगल सर्च इन्जिनमा गएर आफ्नो समस्या खोजेपछि भटाभट त्यसको जवाफ आउन थाल्छ । प्रविधिको उपलब्धताले गर्दा यी कुराहरु सहज र सम्भव भएका छन् । आफूलाई जरुरी जानकारी प्राप्त ...
। नेपाल टेलिकमको भ्वाइस र डेटा सेवा शुल्क महँगो भएपनि धेरैले प्याकेज र अफरहरुको लाभ उठाउँछन् । अहिले टेलिकम कम्पनीबीच प्याकेजहरुमा नै बढी प्रतिस्पर्धा छ । निजी सेवा प्रदायकसँग प्रतिस्पर्धी क्षमता बढाउन भइरहेकै प्याकेजहरू सस्तो बनाउनुपर्ने बेलामा सरकारी स्वामित्वको नेपाल टेलिकमले ठीक उल्टो बाटो समातेको छ । नेपाल टेलिकमले नयाँ बजार रणनीति बनाएर थोरै मूल्यका साना ...
। चीनमा अमेरिकी कम्पनी एप्पलको बजार हिस्सा खुम्चिएको छ । चालु वर्ष सन् २०२४ को दोश्रो त्रैमासिकमा चिनियाँ बजारमा एप्पलको हिस्सा २ प्रतिशतले घटेको हो । हुवावे लगायतका घरेलु कम्पनीहरुसँगको तीव्र प्रतिस्पर्धा बढ्दै जाँदा चीनमा एप्पलको बजार हिस्सा खस्किँदै गएको बजार अनुसन्धान कम्पनी क्यानालिसले जनाएको छ । यो गिरावटले विश्वको तेश्रो ठूलो बजारमा एप्पलले भोगिरहेको कठिनाइलाई दर्शाएको ...
शुक्रबार जुलाई २० का दिन सारा विश्व नै माइक्रोसफ्टबाट चल्ने कम्प्युटर प्रणालीमा आएको गडबडीका कारण समस्यामा परेको थियो । तर, चीनमा भने त्यो अवरोधको कुनै प्रभाव परेन र सबै कुरा ठीकठाक चलिरहेको थियो । साइबर सेक्योरिटी कम्पनी क्राउडस्ट्राइकका एक अपडेटका कारणले गर्दा माइक्रोसफ्ट सिस्टमबा चल्ने कम्प्युटरमा निलो स्क्रिन देखिन थाल्यो र विश्वका धेरै देशमा विमान सेवादेखि ...
। विश्वभर बिजुलीको माग पछिल्लो २० वर्षयताकै अत्यधिक बढ्ने प्रक्षेपण सार्वजनिक भएको छ । यसको मुख्य कारण जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम हो । गर्मी बढेसँगै विश्वभर एयर कन्डिसन (एसी)को माग पनि अत्यधिक बढेको छ । त्यसलाई चलाउन बिजुली चाहिने भएकाले बिजुलीको माग २० वर्षयताकै बढी हुने अनुमान गरिएको हो । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले हालै सार्वजनिक ...
अमेरिकी साइबर सेक्योरिटी कम्पनी क्राउडस्ट्राइक शुक्रबारदेखि निकै चर्चामा छ । किनकि यो कम्पनीको एउटा खराब सफ्टवेयर अपडेटका कारण विश्वभर नै ठूलो तहल्का मच्चियो । करिब १५ घण्ट‍ासम्म माइक्रोसफ्टको सर्भर ठप्प भएका कारण विश्वका धेरै देशमा एयरपोर्ट, बैंक, टिभी च्यानलदेखि शेयर बजारसमेत अवरुद्ध भए । यसैबीच दुनियाँ नै ठप्प पार्नका लागि जिम्मेवार सो कम्पनीलाई ठूलो झट्का लागेको छ ...
: शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ । धेरै टेलिभिजन तथा ब्रोडकास्ट कम्पनीहरूको प्रसारण पनि रोकिएको छ। माइक्रोसफ्टको सर्भर डाउन हुनाले यो समस्या देखिएको हो । माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ। सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका विमानको उडान बन्द भएको छ । बेलायतमा ...
। सम्बन्धहरु जटिल हुन्छन् भन्ने कुरा त हामीलाई थाहै छ । तर कतिपय सम्बन्धहरु निकै धेरै जटिल हुन्छन् गुगल र एप्पलको जस्तै । पछिल्लो पटक एप्पलले गुगलमाथि गरेको विज्ञापन आक्रमण यसको उदाहरण हो । जहाँ एप्पलले आफ्ना १ अर्ब ४० करोड आइफोन प्रयोगकर्तालाई गुगल क्रोम प्रयोग नगर्न भनेको छ । वास्तवमा गुगल सफारी ब्राउजर प्रयोगकर्तालाई क्रोममा ...
साइबर ह्याकरहरूले गरेको एउटा भयानक साइबर आक्रमणबाट करिब १० अर्ब पासवर्ड लिक भएका छन् । त्यसमा विश्वभरका प्रयोगकर्ताका डेटा लिक भएका हुन् । ओबामा केयर नामक ह्याकरले ९ अर्ब ९४ करोड ८५ लाख ७५ हजार ७३९ पासवर्ड ब्रिच फोरममा लिक गरिदिएको हो । उक्त फाइलको नाम Rockyou2024 हो, जसलाई इन्टरनेटमा पोस्ट गरिएको छ । ती मध्ये कैयन् ...
। नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्दैछ । त्यस क्रममा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा केही समयका लागि प्रभावित हुन सक्ने नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमले जारी गरेको सूचना अनुसार बिलिङ प्रणाली स्तरोन्नती परीक्षण कार्य असार २५ गते राति ११ बजेदेखि असार २६ गते बिहान ६ बजेसम्म हुने छ । सोही ...
। सर्च इन्जिन गुगलले नेपाल भाषा (नेवारी)मा पनि उल्था गर्ने भएको छ । अंग्रेजी, नेपाली, हिन्दीसहित पहिले १३३ वटा भाषामा उल्था गर्ने गुगलले अरु ११० वटा भाषा थप्दा नेवारी भाषा पनि परेको हो । यससँगै कूल १४३ वटा भाषामा उल्था गर्ने सुविधा प्रदान गरेको गुगलले ब्लग पोष्टमार्फत् जानकारी दिएको छ । आफ्नो यो अपडेटले अनुवाद सेवालाई अधिक ...
। नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ । नेपाल टेलिकमको मोबाइलबाट फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो । मोबाइल डेटा सेवा समेत प्रभावित भएको छ । सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको जीएसएम प्रणालीमा जोडिएका सेवाहरु चलेका छैनन् । सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम