मुख्य समाचार
सूचना प्रविधि
। नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ । नेपाल टेलिकमको मोबाइलबाट फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो । मोबाइल डेटा सेवा समेत प्रभावित भएको छ । सोमबार अपरान्ह साढे ४ बजेपछि टेलिकमको जीएसएम प्रणालीमा जोडिएका सेवाहरु चलेका छैनन् । सेवामा समस्या आएकोबारे टेलिकमले वेबसाइट र सामाजिक सञ्जालमा समेत कुनै जानकारी ...
। मेसेजिङ्ग प्लाटफर्म ह्वाट्सएपलाई अहिले कुनै परिचयको आवश्यकता पर्दैन । यो हरेक मोबाइल प्रयोगकर्ताको सञ्चारको प्रमुख माध्यम नै बनेको छ । मेटा कम्पनीको स्वामित्वमा रहेको ह्वाट्सएपका विश्वभरमा ३ अर्ब प्रयोगकर्ता छन् । व्यक्तिगतदेखि व्यवसायिक कामसम्ममा यसको प्रयोग हुने गर्दछ । तर विश्वका अर्बौं मानिसले प्रयोग गर्ने ह्वाट्सएप कतिपय देशमा भने प्रतिबन्धित छ । ह्वाट्सएपमाथि प्रतिबन्ध लगाइएका ...
: विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’ पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम २०औँ शताब्दीको आधारभूत ...
। नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल फोनमा तत्काल एमडीएमएस प्रणाली लागु गर्न माग गरेको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु महासंघको दोस्रो महाधिवेशनमार्फत महासंघले मोबाइल फोनको अवैध कारोबार रोक्न तत्काल एमडीएमएस प्रणाली लागु गर्नुपर्ने माग गरेको हो । ‘एमडीएमएस प्रणाली लागु नहुँदा अवैध कारोबार बढ्दो छ, यसलाई रोक्न सरकारले ध्यान देओस्, सरकारले त्यसका लागि तत्काल एमडीएमएस प्रणाली लागु ...
एप्पलको वार्षिक सम्मेलनको रुपमा रहेको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२४ सोमबारदेखि सुरु हुँदैछ। जुन १४ सम्म चल्ने उक्त बहुप्रतिक्षित कार्यक्रममा एप्पलले आफ्ना विभिन्न सफ्टवेयरहरु घोषणा तथा सार्वजनिक गर्ने गरेको छ । यसपटकको डेभलपर्स कन्फ्रेन्समा आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित विभिन्न ठूला घोषणाहरू समेत हुने अपेक्षा गरिएको छ । साथै यसपटक एप्पलले एउटा नयाँ एप समेत लञ्च गर्ने समाचारहरु समेत सार्वजनिक ...
— एनसेलले मोबाइल सेवाको अनुमतिपत्र तेस्रो पटक नवीकरणका लागि दस्तुरहित बुझाएको निवेदन स्वीकृत गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अस्वीकार गरेको छ । दूरसञ्चार सेवा प्रदायक एनसेलले गएको सोमबार (जेठ १४) मा ४ अर्ब रुपैयाँ दस्तुरसहित निवेदन बुझाएको थियो । तर, ५ वर्षको नवीकरणबापत कुल २० अर्ब रुपैयाँसँगै अन्य बक्यौता रकम चुक्ता गरे मात्रै लाइसेन्स नवीकरण हुने प्राधिकरणको ...
— विश्वको सबैभन्दा मूल्यवान कम्पनीहरूको सूचीमा पर्दै आएका कम्पनीहरू हुन्– माइक्रोसफ्ट, एप्पल, अल्फाबेट (गुगल), साउदी आराम्को, अमेजन, मेटा प्लाटफर्म (फेसबुक) जस्ता प्रख्यात ब्रान्ड । यी सबैलाई उछिनेर अब विश्वको मूल्यावान कम्पनी बन्ने सम्भावनाको नजिक पुगेको छ– एनभिडिया । हाल त्यति नसुनिएको र एक/दुई वर्षअघिसम्म व्यावसायिक रूपमा खासै दृश्यमा नदेखिको यो कम्पनी अहिले अधिक चर्चामा छ । कुल बजार आकार ...
: बंगलादेशले बंगालको खाडीबाट शक्तिशाली आँधी आउन लागेपछि आइतबार जोखिममा रहेका क्षेत्रबाट करिब ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ। आँधीले आइतबार मध्यराततिर बंगलादेश र भारतको पश्चिम बंगालका तटहरूलाई पार गर्ने अनुमान गरिएको छ। भारतको मौसम विज्ञान विभागले आइतबार राति पश्चिम बंगालको सागर टापु र बंगलादेशको खेपुपारा क्षेत्रमा १ सय २० किलोमिटर प्रतिघन्टाको अधिकतम गतिमा आँधी ...
First Prev ... 2 3 4 5 6 7