मुख्य समाचार
जापान समाचार
— लमजुङका एक जना युवकको जापानमा मृत्यु भएको छ । दोर्दी गाउँपालिका-६, छोटेखोला घर भइ हाल जापानको नागोया सहरमा बस्दै आएका २२ वर्षीय युवराज तामाङको मृत्यु भएको हो । पारिवारिक स्रोत र उनका साथीहरूले युवराजको हृदयघातबाट निधन भएको जानकारीमा आएको बताएका छन् । जनवरी ३१ तारिखका दिन बिहान ७ बजेर ३ मिनेट जाँदा (नेपाली समयअनुसार बुधबार ...
— उपाधिको बलियो दाबेदार जापानले एसियन कपको अन्तिम १६ मा आफ्नो स्थान निश्चित गरेको छ । उसले यसका लागि समूह ‘डी’ को खेलमा इन्डोनेसियालाई ३–१ ले हरायो । यो जितपछि जापानको तीन खेलबाट ६ अंक भएको छ । जापान दोस्रो स्थानमा छ । भियतनामलाई ३–२ ले हराएको इराक ९ अंकसहित शीर्ष स्थानमा छ । इराकले आफ्नो ...
जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा)ले जापानी चन्द्रयान ‘स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम)’ चन्द्रमामा अवतरण भएको शनिबार पुष्टि गरेको छ। स्थानीय समयअनुसार शनिबार जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एक अनलाइन वक्तव्यमा जापानी मानवरहित यान राति १२ बजेर २० मिनेटमा चन्द्रमामा अवतरण गरेको जनाएको छ। जाक्साले यानको अवतरणपछि सञ्चार स्थापित भएको पुष्टि गरेको छ। यद्यपि, अवतरणपछि चन्द्रमामा ...
। अएमन हुसेनले पहिलो हाफमा गरेको दुई गोल मद्दतमा इराकले एएफसी एसियन कपमा जापानलाई २-१ ले पराजित गरेको छ । समूह डी मा लगातार दुई जितपछि इरान अन्तिम १६ मा समेत प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा हुसेनले पाँचौ मिनेटमै गोलको खाता खोलेका थिए । पहिलो हाफको इन्जुरी टायममा हुसेनले व्यक्तिगत दोस्रो गोल ...
: जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। प्रान्तीय सरकारका अनुसार अद्यावधिक गरिएको तथ्याङ्कमा वाजिमा शहरले थप १० जनाको ज्यान गएको जनाएको छ । वाजिमा शहर नोटो प्रायद्वीपमा गएको भूकम्पले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो। स्थानीय अधिकारीहरूले भूकम्पपछि तत्काल भएको आगलागीमा व्यापक क्षति बेहोरेको लोकप्रिय पर्यटकीय स्थल ...
। जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् । दुई जनवरीको दिन जापानको हानेदा विमानस्थलमा दुईवटा विमान ठोक्किएर आगलागी भएको घटना भएको ठिक दुई हप्तापछि होक्काइदोको न्यु चितोस विमानस्थलमा पनि विमान ठोक्किएका हुन् । जापानको सरकारी समाचार माध्यम एनएचकेका अनुसार दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिक विमान ठोक्किएका हुन् । कोरियन एयरका एक ...
— जापानले एसियन कप २०२३ मा आइतबार विजयी सुरुआत लिएको छ । समूह ‘डी’ को खेलमा जापानले भियतनामलाई छ गोलको रोमाञ्चक खेलमा ४–२ ले पराजित गरेको हो । यो जितसँगै जापान ३ अंक जोड्न सफल रह्यो । एक समय २–१ ले अगाडि रहेको भियतनामले त्यसलाई कायम राख्न सकेन र अभाग्यशाली सावित भयो । पहिलो हाफ जापानको ...
। गैरआवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले जापानमा भूकम्प प्रभावित क्षेत्रका मानिसलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ । एनआरएनए जापानले स्थानीय सरकारको अनुमतिमा गत पुस १६ गते जापानको इसिगावा प्रिफेक्चरको नोदो प्रायद्वीपलाई केन्द्र बनाएर गएको भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई नेपाली खाना खुवाएको हो । इसिगावा प्रिफेक्चरको बाजीमा र सुजुसीकामा भूकम्प प्रभावितका लागि बनाइएका शिविरमध्ये ...
: नवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको तथा १०० बढी अझै बेपत्ता रहेका अधिकारीहरुले बताएका छन् । उनीहरूका अनुसार, नयाँ वर्षको पूर्व सन्ध्यामा आएको ७.५ म्याग्निच्युडको भूकम्पले जापानको होन्सु टापु स्थि नोटो प्रायद्वीपमा आगलागी हुँदा भवन तथा पूर्वाधारहरू ध्वस्त भएका थिए । भूकम्प गएको आठ दिनसम्म ...
— प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदलको म्याद थप गरेको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ तोकेको प्रमुख सचेतक सन्तोष परियारले बताए । प्रमुख सचेतक परियारका अनुसार केन्द्रीय सदस्य र सांसदहरूका लागि लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरिएको छ । उनले ...
: जापानमा अङ्ग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको छ । दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ । मध्य इशिकावा क्षेत्रमा ७.५ म्याग्नीच्यूडको भूकम्पका कारण भवनहरू भत्केको, आगलागी भएको र एक मिटरभन्दा अग्लो सुनामीको छाल आएको साथै भूकम्प र यसबाट निम्तिएका ...
मध्य जापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई उद्धार गरिएको छ। सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ। हिम वर्षा र आँधीबेहरीका कारण आइतबार राहत वितरण तथा उद्धार कार्य जटिल हुन सक्ने बताइएको छ। जापानमा जनवरी १ मा गएको ७.५ म्याग्निच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनमा परी कम्तीमा १२६ जनाको ...
: जापानको इशिकावामा ७.६ म्याग्निच्युडको भूकम्प गएको चौथो दिनसम्ममा मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ। यस क्षेत्रमा उद्धार तथा खोजी कार्यहरू तीव्र रूपमा भइरहेको छ क्षतिको तथ्याङक भने बढ्दै गएको देखिन्छ। स्थानीय समय अनुसार शुक्रबार बिहान ९ बजेसम्म इशिकावामा २४२ जना बेपत्ता भएको जापानी समाचार संस्था, क्योदोले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ। ...
— जापानमा सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या ७८ जनाको मृत्यु हुनुका साथै ५१ जना अझै बेपत्ता भएको बिहीबार सरकारी अधिकारीले जानकारी दिएका छन् । जापानका प्रधानमन्त्री फुमियो किशिदाले विपद्को पहिलो ७२ घण्टाभित्र जीवन बचाउन उच्च प्रयास गर्दै जीवन सुरक्षाका लागि आपूर्तिलाई अधिकतम बनाउन आग्रह गरेका छन् । जापानको विपद् व्यवस्थापन मुख्यालयको ...
जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मङ्गलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहले बताएका छन्। दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने विमानस्थलको प्रयोग गरी अवतरण र उडान भर्ने ३०० भन्दा बढी उडान रद्द भएका थिए। हवाईजहाज, रेल र पानीजहाजमा भएका गम्भीर ...
करिब १३ वर्षअघि जापानमा भयानक भूकम्प गएको थियो । त्यसपछि आएको सुनामीसँगै फुकुशिमा परमाणु संयन्त्र दुर्घटना भएको थियो । यो घटना जापानीहरुको मानसपटलमा अझै पनि ताजा छ र सोमबारको भूकम्पले उक्त घटनाको पुनः सम्झना गराएको छ । सोमबार शक्तिशाली भूकम्पको झट्काले जापानको इशिकावा हल्लियो र जापानमा सुनामीको अलार्म बज्न थाल्यो । यद्यपि यी अलार्म चेतावनीहरु जापानमा नितान्त ...