मुख्य समाचार
जापान समाचार
— जापानको इशिकावा प्रान्तमा बुधबार गएको भूकम्पमा तथा पराकम्पनका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ । सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको छ । बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन । भूकम्प प्रभावित क्षेत्र नोटो ...
: जापानको हानेदा विमानस्थलमा भएको घटनामा पाँच जनाको मृत्यु भएको छ। जापान एयरलायन्सको जहाज अवतरण गर्ने क्रममा मंगलबार कोस्ट गार्डको विमानसँग ठोक्किएको थियो। जसका कारण जापान एयरलायन्समा भीषण आगलागी भएको थियो। जापान एयरलायन्सका ३७९ यात्रु सकुसल रहे पनि कोस्ट गार्ड विमानमा सवार ५ जनाको मृत्यु भएको छ। त्यहाँका अधिकारीहरूका अनुसार कोस्ट गार्ड विमानमा ६ जना रहेका थिए। ...
। जापानको हानेदा विमानस्थलमा भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु रुद्ध भएका छन् । उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ । मंगलबार हानेदा एयरपोर्टमा जापान एयरलाइन्सको एक विमान अवतरण गर्ने क्रममा अर्को एक तटरक्षक विमान (कोस्ट गार्ड)सँग ठोक्किएर आगलागी भएको थियो । सो घटनामा पाँच जनाको मृत्यु भएको ...
। जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को विमानसँग ठोक्किदा भीषण आगलागी भएको छ । जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ । जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु तथा क्रू मेम्बरलाई सुरक्षित रुपमा निकालिएको छ । एनएचकेले जारी ...
— जापानमा सोमबार गएको शक्तिशालीमा भूकम्पमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । सोमबार इसिकावा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण जापानका विभिन्न ठाउँमा भवनहरू भत्किएका छन् भने केही ठाउँमा पहिरोसमेत गएको छ । त्यस्तै केही ठाउँमा आगलागीसमेत भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । २०० भन्दा बढी भौतिक संरचनामा लागेको आगो निभाइएको जापान ...
— जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा जापान एयरलाइन्सको एक यात्रुवाहक विमानमा स्थानीय समय अनुसार साँझ ६ बजे आगलागी भएको छ । एयरलाइनले दिएको पछिल्लो जानकारी अनुसार विमानमा सवार रहेका सबै ३६७ यात्रु र १२ चालक दलका सदस्यहरूलाई विमानबाट बाहिर निकालिएको छ । जापान एयरलाइन्सको उक्त विमानमा अवतरणका क्रममा रनवेमै जापान कोस्ट गार्डको विमानसँग ...
। जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् । सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् । भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो । ...
: जापानमा भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी जारी गरिएको छ। अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन आज जापानमा ७.६ रेक्टर स्केलको भूकम्प मापन गरिएको बीबीसीले जनाएको छ। भूकम्प मापन केन्द्र जापानले नर्थ सेन्ट्रलमा भूकम्प गएको जनाएको छ। भूकम्पबाट भएको क्षतिबारे भने यकिन विवरण सार्वजनिक गरिएको छैन।
: प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागेर बुधबार जाइका नेपालका प्रमुख ओकुबो आकिमिचु घाइते भएका छन्। उनको गाडीमा पनि क्षति पुगेको छ। यस घटनालाई लिएर काठमाडौंस्थित जापानी राजदूतावासले बिहीबार विज्ञप्ति प्रकाशन गरी गम्भीर आपत्ति जनाएको छ। दूतावासले भनेको छ, ‘लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्नु वाक स्वतन्त्रताअन्तर्गत आधारभूत नागरिक अधिकार हो तर हिंसात्मक क्रियाकलापमा उत्रनुचाहिँ अपराध हो।’ प्रहरी स्रोतका ...

बिहिबार, जापानले यस वर्षको चौथो प्रयासमा रकेटलाई सफलतापूर्वक चंद्रामा मा पठाउन सफल भएको छ। यो भन्दा अगाडिका प्रयासहरू खराब मौसमले गर्दा असफल भएका थिए।

"मुन स्नाइपर" नाम गरिएको यस रकेटलाइ फेब्रुअरीमा चन्द्रमाको जमिनमा आफ्नो रकेट लाइ उतार्ने लक्ष्य लिइएको छ। आफ्नो अन्तरिक्ष कार्यक्रमहरुमा असफलता पाइरहेका बेला, गएको वर्षमा दुइ पटक प्रछेपन गर्न असफल भएका थिए ।

अमेरिका, ...

टोकियो : जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यान मार्ने उद्योग गरेको अभियोग लगाएको छ। यद्यपि बम आक्रमणबाट उनलाई कुनै हानी भएको थिएन। आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो। गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा हेरिरहेको ...
टोकियो : मंगलबार बेलुकी जापानको टोकियोस्थित तोयोसु पिट हलमा सबैभन्दा पहिलो आवाज मादलको थियो– ‘घिनिनिनी तिनिनिनी तिनिनिनी घिनिनिनी।’ यो पूर्वी नेपालबाट संकलित हाक्पारेमा आधारित एउटा गीतको ताल थियो। लगत्तै किबोर्ड, गितार र ड्रमसेटको उच्च आवाजकै बीच गायक अमृत गुरुङले गाउन सुरु गरे– ‘कोसीको पानी यो जिन्दगानी सललल जाई जाने हौ हजुर आमाको कोखमा बासमात्रै लिएँ नि कुन ...
: जापान सरकारले नेपाल-जापान सम्बन्धमा उच्च योगदान पुर्‍याउने एक नेपाली महिलालाई सम्मान गरेको छ। नेपालस्थित जापानी दूतावासले बुधबार आयोजना गरेकाे एक कर्याक्रममा नेपाल एओटिएस अल्मुनाई सोसाइटीका पूर्व अध्यक्ष अमिरा दलीलाई सम्मान गरेको हो। दूतावासले 'the Order of Rising Sun, Gold and Silver Rays'बाट दलीलाई सम्मान गरेको हो। नेपालका लागि जापानी राजदूत किकुता युताकाले दलीलाई मेडल र ...
दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बमले ध्वंस मच्चाएको ७८ वर्ष पुग्दै गर्दा मानव जातिले भोग्नुपरेको त्यो कहरको प्रभाव आजसम्म स्थिर बन्न सकेको छैन । यस घटनालाई विशेष गरी मानवतामाथि क्रूरतम हमलाका रूपमा बुझ्न सकिन्छ । शक्तिको उन्माद कहाँसम्म पुग्दो रहेछ भन्ने ज्वलन्त उदाहरणहरूमध्येको एउटा प्रतिनिधि घटना हिरोसिमा र नागासाकीमा मच्चाइएको नरसंहार हो । बीसौं शताब्दीमा चमत्कारपूर्ण ...
: जापानमा श्रमशक्तिको अभाव छ। वृद्ध नागरिकको बढ्दो जनसंख्या र न्यून जन्मदर जापानको मुख्य समस्या हुन्। सन् २०२३ को जुलाइमा जापानका सबै ४७ प्रिफेक्चर (राज्य) मा जनसंख्या घटेको तथ्य बाहिर आएको छ। १५ करोड जनसंख्या रहेको जापानमा २० प्रतिशत परिवारमा वृद्धवृद्धा मात्रै छन्। ३० प्रतिशत परिवारमा एकजना मात्र बच्चा छ। ३० प्रतिशत एक्लै बस्छन्। ८.५ प्रतिशत ...
: शृंखलाबद्ध कन्सर्ट प्रस्तुत गर्नका लागि लोकरक ब्यान्ड नेपथ्य जापान जाने भएको छ। यसपटक राजधानी टोकियोमा पहिलो कन्सर्ट गरे लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरूमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली यसै अगस्ट महिनाको पहिलो साता त्यसतर्फ जाने भएको हो। नेपथ्यले टोकियो स्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ। त्यसैगरी ब्यान्डले अगस्त १२ ...