मुख्य समाचार
जापानद्वारा नेत्र ज्योति संघलाई स्वास्थ्य उपकरण हस्तान्तरण
जापानद्वारा नेत्र ज्योति संघलाई स्वास्थ्य उपकरण हस्तान्तरण

— जापानी नागरिकहरुका तर्फबाट नेपाल नेत्र ज्योति संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्यसम्बन्धी उपकरणहरु हस्तानान्तरण गरिएको छ ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले बुधबार किर्तिपुर आँखा अस्पतालमा आयोजित एक कार्यक्रमा उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । रेटिना रोगको उपचारसँग सम्बन्धित करिब १ करोड ८५ लाख नेपाली रुपैयाँका स्वास्थ्य सामग्रीहरु जापान सरकारको कार्यक्रमअन्तर्गत अनुदानमा प्रदान गरिएको जापानी दूतावासले जनाएको छ ।

यस अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक स्वास्थ्य उपकरणहरु प्रदान गर्नेसम्बन्धी सम्झौता पत्रमा २०७७ कात्तिक १९ मा नेपालीस्थित जापानी राजदूतावास र नेपाल नेत्र ज्योति संघबीच हस्ताक्षर भएको थियो ।

सन् २०२२ मा अस्पतालले २३ हजार ५४० जनालाई आँखा उपचार सेवा प्रवाह गरेको थियो । हालसम्म अस्पतालबाट ७ हजारभन्दा बढी व्यक्तिको आँखाको शल्यक्रिया भइसकेको छ । जसमध्ये करिब ३ हजार जनाको शल्यक्रिया निःशुल्क गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
जापानीहरु किन लामो आयु बाँच्छन् ? नेशनल सेन्टर फर ग्लोबल हेल्थ एन्ड मेडिसिनको पछिल्लो रिपोर्टले भन्छ, ‘यसको पछाडि उनीहरुको आहार एक प्रमूख कारण हो ।’ त्यसो भए जापानीहरु के खान्छन् त ? यसको जवाफले मात्र पनि पुग्दैन । जापानीहरु कसरी खान्छन्, कति खान्छन् भन्ने प्रश्न यहाँ मूख्य रुपले जोडिन्छ । जापानमा खानपानप्रति जागरुकता र सचेतना बढी ...
। वसन्त ऋतुको आगामनसँगै आपासी मेलमिलापको सन्देश लिएर आउने फागु पर्व (होली) जापानमा रहेका नेपालीले पनि मनाएका छन् । विभिन्न पेशा व्यवसाय गर्न जापान पुगेका नेपालीहरुले टोकियोको सिन्जुकु स्थित तोयामा पार्कमा भेला भएर होली मनाएका हुन् । होली खेल्न जापानीज नागरिकसमेत तोयामा पार्क पुगेका थिए । राजधानी टोकियोमा आयोजना गरिएको होली कार्यक्रममा सहभागी हुन खानागावा केन, चिवा ...
जब पहिलोपटक मानिसले चन्द्रमामा पाइला टेकेको थियो त्यसलाई मानव इतिहासको एउटा ठूलो छलाङ मानिएको थियो । चन्द्रमामा मानव पाइला परेको पनि ५० वर्षभन्दा धेरै भैसकेको छ र अहिले विश्वका विभिन्न देशहरु चन्द्रमामा मानववस्ती बसाल्ने योजना बुनिरहेका छन् । सायद निकट भविष्यमा त्यस्तो दिन पनि आउनेछ जब चन्द्रमामा मानव बस्तीको स्थापना गरिनेछ र त्यहाँ मानिसहरु बस्न थाल्नेछन् ...
: हेटौंडा उपमहानगरपालिकामा स्थायी बसोबास गर्ने १९ जना विपन्न छात्रालाई निःशुल्क रुपमा अध्ययनका लागि जापान पठाइने भएको छ। जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल विद्यालयले हेटौंडा उपमहानगरपालिकाको प्रत्येक वडाका एक/एक जना विपन्न छात्राहरूलाई अध्ययनका लागि सत प्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाउने भएको हो। जापानस्थित उक्त विद्यालयका प्रमुख र उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँबीच केही दिनअघि विपन्न छात्राहरूलाई छात्रवृत्तिमार्फत् ...
: १६ देशका १० हजारभन्दा बढी स्वयम्सेवकले तीन वर्ष लगाएर बनाएको ‘विश्व शान्ति मण्डला’ विगत ८ वर्षदेखि नेपालमा हराएको छ। विश्वको सबैभन्दा ठूलो मण्डला दाबी गरिएको मण्डला सन् २०१६ मा नेपाल ल्याइएको थियो। त्यसयता यो मण्डला गायब छ। यसले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा र इज्जत र छविमा नै आँच पुर्‍याएको छ। पछिल्लोपटक सन् २०१६ मा यो मण्डला ...