मुख्य समाचार
निःशुल्क स्वास्थ्य शिविरमा बिरामीलाई म्याद गुज्रेको औषधि
निःशुल्क स्वास्थ्य शिविरमा बिरामीलाई म्याद गुज्रेको औषधि

: गुल्मीको रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा बिरामीलाई म्याद गुज्रेका औषधि वितरण गरेको छ।

बुटबलको चौराह अस्पतालको प्राविधिक सहयोगमा नगरपालिकाले शनिबार तम्घासस्थित महेन्द्र माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

नसा रोगसम्बन्धी उपचार गराउन शिविरमा आएकी रेसुंगा नगरपालिका-८ की एक महिलाले आफूलाई म्याद गुज्रेको औषधि दिएको बताइन्।

ती महिलाले घरमा छोरीलाई औषधिको म्याद हेर्न भनेपछि गुज्रेको औषधि भएको पत्ता लागेको हो। ‘एमिजोड–१०’ नामको उक्त औषधि महिलालाई दिइएको हो। उनीसहित अन्य १० जना बिरामीलाई शिविरमा म्याद गुज्रेका औषधि दिइएको छ।

सर्वसाधारण नागरिकहरूको स्वास्थ्यप्रति खेलबाड गरेर म्याद नभएको औषधि दिएको भन्दै महिलाले नगरपालिकाप्रति आक्रोश पोखेकी छन्।

वितरण गरिएको औषधिको म्याद २०२३ जनवरीमा सकिएको छ। उनले लगेको म्याद गुज्रेको औषधिमा बिरामीलाई बिक्री गर्न नमिल्ने ‘फिजिसियन स्याम्पल नट फर सेल’ समेत लेखिएको छ।

आफू जिल्ला बाहिर भएकाले शिविर सञ्चालन र म्याद गुज्रेको औषधि वितरणका बारेमा पूर्ण जानकारी नभएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहितको टोली बुधबार कान्तिबाल अस्पतालको आकस्मिक अनुगमन गरेको छ । अनुगमनको क्रममा स्वास्थ्यमन्त्री यादवसहित सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहसहितको टोली अस्पताल पुगेको थियो । अस्पतालको अनुगमन गरेपछि मन्त्री यादवले अस्पताल प्रशासनलाई उपचारका लागि आएका बिरामीलाई कुनैपनि कारणले फर्काउन बन्द गर्न निर्देशन दिएका छन् । अनुगमनका क्रममा ...
। आनुवांशिक रुपले संशोधित सुँगुरको मिर्गौला जीवित मानिसमा पहिलोपटक प्रत्यारोपण गरिएको छ । अमेरिकी डाक्टरहरुले गत विहीबार यसको जानकारी गराएका छन् । चिकित्सा क्षेत्रको यो अहम् सफलताले मिर्गौला रोगसँग जुधिरहेका मानिसहरुका लागि सम्भावनाको नयाँ ढोका खोलिदिएको छ । गत शनिबार अमेरिकाको म्यासाच्युसेट्स जनरल अस्पतालमा ४ घण्टाको शल्यक्रिया पश्चात् डाक्टरहरुले एकजना ६२ वर्षीय पुरुषमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका ...
होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने चनाखो हुन जरुरी छ । यस्तोमा होली खेल्नुअघि र पछि अनुहार र कपालको हेरचाह गर्न जरुरी हुन्छ । ताकि, होली पनि मनाउन सकियोस्, अनुहार र कपालको सौन्दर्यमा ...
अमेरिकी वैज्ञानिकहरुले एउटा यस्तो औषधि बनाएका छन् जसको सेवनपछि तपाईंले तन्दुरुस्त रहनका लागि कुनै व्यायाम गर्नुपर्ने छैन । उक्त चक्की खाएपछि शरीरमा यस्तो परिवर्तन आउनेछ जुन व्यायामपछि देखा पर्दछ। हाल वैज्ञानिकहरुले यो औषधिको परीक्षण मुसामा गरिरहेका छन् र उक्त परीक्षणमा महत्वपूर्ण सफलता पनि प्राप्त भएको छ। उक्त औषधिको नाम हालका लागि Exercise Pill अर्थात् व्यायाम चक्की राखिएको ...
। संसारमा दुई तरिकाले बच्चा जन्माइन्छ, भजाइना (सामान्य) र सिजरियन डेलिभरी (शल्यक्रिया) । भजाइना डेलिभरी पनि धेरै तरिकाले गर्न सकिन्छ जस्तै, उठेर, बसेर, घोप्टो परेर गरिन्छ । भजाइना डेलिभरीअन्तर्गत पर्छ, पानीमा बसाएर गर्ने प्रसूति पनि । अर्थात् वाटर वर्थ डेलिभरी । यस्तो प्रचलन अहिले विश्वमा बढ्दो छ । तर नेपालमा भने यो अभ्यास त्यति पाइँदैन । हामीकहाँ ...