मुख्य समाचार
दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया
दुर्गम गाउँका ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया

ताप्लेजुङ : जिल्लाको फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको छ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र फक्ताङलुङ गाउँपालिकाद्वारा आयोजित शिविरमा मोतियाविन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो।

यही फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतियाविन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया भएको हो।

नेपालका प्रख्यात नेत्र रोग विशेषज्ञ चिकित्सक सन्दुक रुइतसहित आँखाका स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो। चिकित्सक रुइत आफू जन्मिएको गाउँमा आएर उपचारमा संलग्न भएका हुन्।

शिविरमा दुई हजार चार सय ३० जना आँखाका बिरामीको जाँच तथा सामान्य उपचार भएको छ। दुर्गम मानिने यस गाउँपालिकाका विभिन्न ठाउँमा आँखा जाँच तथा सामान्य उपचार सेवा सञ्चालन गरिएको थियो।

गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाविन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङले जानकारी दिए।

बिरामीलाई शल्यक्रिया गर्ने स्थानसम्म आउन सवारी साधन र खानबस्नेको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका प्रमुख लाबुङले जानकारी दिए।

जटिल समस्या देखिएका चार जनालाई भने तिलगंगा आँखा अस्पतालमा उपचारका लागि सिफारिस भएको छ। दुर्गम ठाउँमा शिविर सञ्चालन हुँदा सेवा पाएका स्थानीयवासी भने खुसी भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहितको टोली बुधबार कान्तिबाल अस्पतालको आकस्मिक अनुगमन गरेको छ । अनुगमनको क्रममा स्वास्थ्यमन्त्री यादवसहित सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहसहितको टोली अस्पताल पुगेको थियो । अस्पतालको अनुगमन गरेपछि मन्त्री यादवले अस्पताल प्रशासनलाई उपचारका लागि आएका बिरामीलाई कुनैपनि कारणले फर्काउन बन्द गर्न निर्देशन दिएका छन् । अनुगमनका क्रममा ...
। आनुवांशिक रुपले संशोधित सुँगुरको मिर्गौला जीवित मानिसमा पहिलोपटक प्रत्यारोपण गरिएको छ । अमेरिकी डाक्टरहरुले गत विहीबार यसको जानकारी गराएका छन् । चिकित्सा क्षेत्रको यो अहम् सफलताले मिर्गौला रोगसँग जुधिरहेका मानिसहरुका लागि सम्भावनाको नयाँ ढोका खोलिदिएको छ । गत शनिबार अमेरिकाको म्यासाच्युसेट्स जनरल अस्पतालमा ४ घण्टाको शल्यक्रिया पश्चात् डाक्टरहरुले एकजना ६२ वर्षीय पुरुषमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका ...
होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने चनाखो हुन जरुरी छ । यस्तोमा होली खेल्नुअघि र पछि अनुहार र कपालको हेरचाह गर्न जरुरी हुन्छ । ताकि, होली पनि मनाउन सकियोस्, अनुहार र कपालको सौन्दर्यमा ...
अमेरिकी वैज्ञानिकहरुले एउटा यस्तो औषधि बनाएका छन् जसको सेवनपछि तपाईंले तन्दुरुस्त रहनका लागि कुनै व्यायाम गर्नुपर्ने छैन । उक्त चक्की खाएपछि शरीरमा यस्तो परिवर्तन आउनेछ जुन व्यायामपछि देखा पर्दछ। हाल वैज्ञानिकहरुले यो औषधिको परीक्षण मुसामा गरिरहेका छन् र उक्त परीक्षणमा महत्वपूर्ण सफलता पनि प्राप्त भएको छ। उक्त औषधिको नाम हालका लागि Exercise Pill अर्थात् व्यायाम चक्की राखिएको ...
। संसारमा दुई तरिकाले बच्चा जन्माइन्छ, भजाइना (सामान्य) र सिजरियन डेलिभरी (शल्यक्रिया) । भजाइना डेलिभरी पनि धेरै तरिकाले गर्न सकिन्छ जस्तै, उठेर, बसेर, घोप्टो परेर गरिन्छ । भजाइना डेलिभरीअन्तर्गत पर्छ, पानीमा बसाएर गर्ने प्रसूति पनि । अर्थात् वाटर वर्थ डेलिभरी । यस्तो प्रचलन अहिले विश्वमा बढ्दो छ । तर नेपालमा भने यो अभ्यास त्यति पाइँदैन । हामीकहाँ ...