मुख्य समाचार
पत्नीसँगको विवादमा नवाजुद्दीन सिद्दीकीको प्रष्टीकरण : पैसाका लागि उनी सबथोक गर्दैछिन्
पत्नीसँगको विवादमा नवाजुद्दीन सिद्दीकीको प्रष्टीकरण : पैसाका लागि उनी सबथोक गर्दैछिन्

। बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी र आलिया सिद्दीकी धेरै दिनदेखि चर्चामा छन् । यी दुईका दुई सन्तान छन् -एक छोरा यानी र छोरी शोरा । केही दिन अघि, आलियाले भिडियो सार्वजनिक गर्दै आफू र बच्चाहरुलाई घरबाट बाहिर निकालिएको दावी गरेकी थिइन् । उनले कहिँकतै जाने ठाउँ नभएको पनि बताएकी थिइन् ।

यो विवादमा नवाजुद्दीनले मौनता तोड्दै आलियाको आरोपबारे प्रष्टीकरण दिएका छन् । साथै उनले सम्बन्ध विच्छेद भैसकेको दावी गरेका छन् । नवाजुद्दीनले सामाजिक संजालबाट विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएका छन् । उनी लेख्छन्, ‘मेरो मौनताका कारण मलाई जताततै नराम्रो मान्छे भनिन्छ । म मौन छु किनकि कतै मेरा साना बच्चाले यो पूरै नाटक पढ्नेछन् । सामाजिक सञ्जालका प्लेटफर्म, प्रेस र धेरै मानिसले वास्तवमा एकतर्फी र हेरफेर गरिएको भिडियोको आधारमा मेरो चरित्र हत्याको मजा लिइरहेका छन् ।’

उनले आफू र आलिया धेरै वर्षदेखि सँगै बस्न नपाएका केही बुँदाहरू स्पष्ट गर्न चाहेको बताए । नवाजुद्दीन सिद्दिकीले आफू र आलियाको सम्बन्धविच्छेद भइसकेको र सन्तानको लागि मात्रै बुझेको दाबी गरेका छन् । उनले थपे, ‘कसैलाई थाहा छ, किन मेरा बच्चा भारतमा छन् र ४५ दिनदेखि स्कूलमा छैनन्, स्कूलले मलाई दिनहुँ चिठ्ठी पठाउँदैछ कि धेरै लामो अनुपस्थिति भए । मेरा छोराछोरी गत ४५ दिनदेखि बन्धकमा छन् र दुबईमा स्कुललाई मिस गरिरहेका छन् । सिद्दिकीले आलियाले आफ्ना सन्तानलाई विगत ४ महिनादेखि दुबईमा छोडेको दाबी गरेका छन् ।

नवाजुद्दीनले गरेको दावीअनुसार आलियाले शोरा र यानीलाई ४ महिनादेखि दुबईमा छाडेर पैसा माग्ने बहानामा मुम्बई बोलाएकी हुन् । आलियाले बालबालिकासँग दुबई जानुअघि विद्यालयको शुल्क, मेडिकल, यात्रा र अन्य बिदाबाहेक विगत २ वर्षदेखि मासिक १० लाख र ५ देखि ७ लाख रुपैयाँ पारिश्रमिक लिइरहेको उनको दाबी छ ।



उनले लेखेका छन्, ‘मैले उनका तीनवटा फिल्मका लागि पैसा पनि दिएको छु जसमा मेरो करोडौं रुपैयाँ खर्च भयो, उनी मेरा सन्तानकी आमा भएकाले आम्दानीको स्रोत बनाउन मद्दत गरेँ । मेरा बच्चाको लागि आकर्षक कारहरु दिएँ तर उनले तिनीहरुलाई बेचेर पैसा खर्च गरिन् । मैले मेरा बच्चाका लागि मुम्बईको वर्सोवामा एउटा भव्य अपार्टमेन्ट पनि किनेको छु । मेरा छोराछोरी नाबालिग भएकाले आलियालाई उक्त अपार्टमेन्टको सह-मालिक बनाइएको थियो । मैले मेरा छोराछोरीलाई दुबईमा भाडामा अपार्टमेन्ट दिएको छु, जहाँ उनी पनि आरामसँग बस्दै आएकी थिइन् ।

आलियालाई बढी पैसा चाहिने भएकाले आफू र उनकी आमाविरुद्ध मुद्दा दायर गरेको दाबी गरे । नवाजुद्दीनले लेखेका छन्, ‘आलियाले यसअघि पनि यस्तै गरिसकेकी छिन्, जब उनको माग अनुसार तलब दिइयो, उनले मुद्दा फिर्ता लिए । उनले भने, ‘मेरो छोराछोरी छुट्टीमा भारत आउँदा हजुरआमासँगै बस्ने गर्थे । कसैले कसरी घरबाट निकाल्न सक्छ ? त्यो बेला म आफै घरमा थिइनँ ।’

नवाजुद्दीनले आलियाले आफूलाई ब्ल्याकमेल गर्न, प्रतिष्ठामा आँच पुर्‍याउन र आफ्ना अवैध माग पूरा गर्न यस्तो गरेको आरोप लगाएका छन् । उनले कुनै पनि अभिभावक आफ्ना छोराछोरी शिक्षाबाट वञ्चित होस् भन्ने चाहँदैनन् र सधैं उनीहरूको लागि राम्रो चाहन्छन् भन्ने लेखेका पनि छन् ।

उनले लेखेका छन्, ‘आज मैले जे कमाएको छु, त्यो मेरा दुवै बच्चाका लागि हो र त्यसलाई कुनै पनि कुराले परिवर्तन गर्न सक्दैन । म शोरा र यानीलाई माया गर्छु र उनीहरूको भलाइ र भविष्य सुरक्षित गर्न कुनै पनि हदसम्म जानेछु । मैले अहिलेसम्मका सबै मुद्दा जितेको छु र न्यायपालिकामा विश्वास गरिरहनेछु । क्याप्शनमा उनले लेखेका छन्, ‘आफूले आरोप लगाएको होइन, आफ्ना भावनाहरू मात्र व्यक्त गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ढिलो साँझ परेको डालसको आँगनमा सूर्यका किरण मधुरा हुन थालेका थिए । घाम पश्चिम क्षितिजमा पुग्नै लागेको बेला झकिझकाउ मञ्चमा देखिए अमृत गुरुङ । परिचयको कुनै फुर्को जोडिरहनु नपर्ने अमृतलाई सुन्न उनका फ्यानहरु आतुर थिए । उत्तर फर्किएको मञ्चमा उनी उभिनासाथ तालीको गडगडाहट सहित दर्शकले उत्तेजना र उमंग मिसिएको लवजमा उनको स्वागत गरे । दर्शकलाई नमस्ते ...
। प्रंशसकलाई चक्मा दिंदै विश्वचर्चित अमेरिकी रक ब्याण्ड लिंकिन पार्कले सात वर्षपछि नयाँ लाइनअपसहित जबर्जस्त पुनरागमन गरेको छ । एमिली आर्मस्ट्रङ र कोलिन ब्रिटन क्रमशः सहभोकलिस्ट र ड्रमर-सहनिर्माताको रूपमा सामेल भएका छन् । पुनरागमनसँगै ब्याण्डले विश्व टुरको घोषणा गरेको छ । त्यसअघि नोभेम्बर १५ मा ब्याण्डको नयाँ एल्बम ‘फ्रम जिरो’ रिलिज तयारीमा छ । टुरअन्तर्गत चार ...
। शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार टिकटकले सरकारले राखेका शर्तबाहेक अन्य विषयमा ...
। फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकी आउँदो शनिबार नेपाल आउने भएका छन् । आउँदो आइतबार फिल्मको प्रिमियर समारोह आयोजना गरिएको छ । निर्देशक तथा निर्माता मीनबहादुर भामका अनुसार यी दुई भारतीय कलाकारले फिल्म समेत हेर्नेछन् । अभिनेता सिद्दिकीले बर्लिनमै फिल्म हेरिसकेको र ठूलो पर्दामा हेर्ने इच्छा जनाएका निर्देशक ...
। गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन सुरु भएको छ । यतिबेला ब्लाइन्ड अडिसनका लागि १२० जना प्रतियोगी छनोट भएका छन् । निर्देशक लक्ष्मण पौडेलले यसपटक उत्साहजनक सहभागिता पाइएको बताए । उनका अनुसार डिजिटल अडिसनमा ४० हजार आवेदन आएका थिए । जसबाट दुई हजार जनाले फिजिकल अडिसनमा भाग लिए । तीमध्येबाट १२० जना ब्लाइन्डमा ...