मुख्य समाचार
लियोनार्दोदेखि सेलेनासम्म : १७ हलिउड सेलिब्रिटी जसले नेपाल घुमे
लियोनार्दोदेखि सेलेनासम्म : १७ हलिउड सेलिब्रिटी जसले नेपाल घुमे

काठमाडौं । हलिउड सेलिब्रिटीको लागि नेपाल एक लोभलाग्दो गन्तव्य हो । पर्यटन, धार्मिक र सांस्कृतिक हिसाबले पनि पश्चिमा कलाकार नेपाल आउँछन् र यहाँको सौन्दर्यमा लोभिन्छन् ।

हलिउड मात्र होइन, छिमेकी मुलुक भारत र युरोपेली कलाकारको बाक्लो आगमन पनि नेपालमा भएको छ । तर हलिउड कलाकार आगमनको नेपाली कला, संस्कृति, पर्यटनप्रति खास अर्थ छ । यहाँ केही हलिउड कलाकारको चर्चा गरिन्छ जसले नेपाल भ्रमण गरेका छन् ।

लियोनार्दो डिकाप्रियो

नेपालको बाघ संरक्षण क्षेत्रमा लियोनार्दो डिकाप्रियो फाउण्डेसनको लगानी समेत छ । सोही कारण नेपालले बाघ संरक्षणमा उपलब्धि हासिल गरे लियोनार्दोको बधाई आउँछ । टाइटानिक, द वुल्फ अफ वाल स्ट्रिटदेखि ग्रेट गाट्स्वी स्टार नेपालको बर्दियामा पुगेका छन् । उनले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्दै त्यहाँका बाघका तस्वीर पनि खिचेका छन् ।

बेनेडिक्ट कम्बरब्याच

मार्भल सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’ छायांकनको सिलसिलामा हलिउडका लोकप्रिय अभिनेता कम्बरब्याच काठमाडौं आएका थिए । केही साता नेपालमा रहेर उनले फिल्म सुटिङमा भाग लिए । पशुपतिनाथ, पाटन, ठमेल लगायत क्षेत्रमा यो फिल्म खिचिएको थियो । उनीसहित यो फिल्म छायांकनका लागि बेनेडिक्ट वङ र चिवेटेल इजोफर पनि नेपाल आएका थिए ।

सेलेना गोमेज

राष्ट्रसंघीय नियोग युनिसेफकी ब्राण्ड एम्बेसडर समेत रहेकी गायिका तथा हलिउड अभिनेत्री सेलेना गोमेजले सन् २०१४ मा नेपालको भ्रमण गरेकी थिइन् । बर्दिया र बाँके पुगेर उनले केही थारु बस्तीमा रहेका बालबालिकाको स्वास्थ्य र शिक्षाबारे अवलोकन गरिन् ।

उनको भ्रमण गोप्य नै थियो तर जब बुद्ध एयरकी कर्मचारीले तस्वीर पोष्ट गरिन्, तब यो समाचार विश्वभर भाइरल बन्यो ।

रिचर्ड गेर

अभिनेता गेर पहिलोपटक नेपालमा सन् १९७८ मा आइपुगेका थिए । उनी दुई–तीन पटक काठमाडौंमा आएका थिए । खासगरी तिब्बती शरणार्थीको वकालत गर्ने उनलाई चीनले स्थायी रुपमै मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको छ । उनी काठमाडौंमा आउँदा बत्तीसपुतलीस्थित द्वारिका होटलमा बसोबास गर्छन् । बौद्ध धर्मप्रति झुकाव राख्ने अभिनेता गेर दलाई लामाका प्रशंसक समेत हुन् ।

ओर्लान्डो ब्लुम

युनिसेफका ब्राण्ड एम्बेसडर रहेका अभिनेता ओलान्डो ब्लुमले सन् २००८ को नेपाल भ्रमणमा चार दिन नेपालमा बिताएका थिए । उनी त्यतिबेला कास्की र चितवन पुगेर युनिसेफ परियोजनाको अवलोकन गरेका थिए । द लर्ड अफ द रिङ्स, पाइरेट्स अफ दी क्यारेबियन, किङ्डम अफ हेभन र एलिजाबेथ टाउन उनका हिट फिल्म हुन् ।

जोस ब्रोलिन, जेसन क्लार्क, जोन हक्स

सन् २०१४ को चर्चित हलिउड फिल्म ‘एभरेष्ट’ छायांकनको लागि जोस ब्रोलिन, जेसन क्लार्क र जोन हक्ससहितको टोली नेपाल आइपुगेको थियो । काठमाडौं र सगरमाथा आधार शिविरमा फिल्म छायांकन भएको थियो ।

केनु रिभ्स

द म्याट्रिक्स, स्पिडजस्ता हलिउड ब्लकबस्टर फिल्ममा अभिनय गरेका केनु रिभ्सका फिल्म नेपालमा समेत चर्चित छन् । सन् १९९२ को फिल्म ‘लिटल बुद्ध’ छायांकनलाई उनी नेपाल आएका थिए । यो फिल्ममा उनले राजकुमार सिद्धार्थको भूमिका निर्वाह गरेका छन् ।

क्यामरुन डियाज र इभा मेन्डेस

सन् २००७ को चर्चित एमटीभी शो ‘ट्रिपिन’को लागि यी दुई हलिउड अभिनेत्री नेपाल आइपुगेका थिए । उनीहरुले त्यतिबेला चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरे ।

डेमी मुरे

सन् १९९० को दशकका चर्चित हलिउड फिल्महरु घोस्ट, डिस्क्लोजर, अफ फिउ गुड मेनजस्ता फिल्मकी अभिनेत्री मुरे सन् २०१४ को अप्रिलमा नेपाल आएकी थिइन् । भारतमा बेचिएका चार जना नेपाली चेलीलाई उद्धारपछि भैरहवा ल्याइएका थियो र त्यहाँ पुगेर डेमीले उनीहरुलाई भेटिन् । उनले बुद्ध जन्मथलो लुम्बिनी समेत घुमिन् । माइती नेपालमा केही घण्टा बिताएर उनले चेलीबेटी बेचबिखनको अवस्थाबारे बुझेकी थिइन् ।

ब्रायन एडम्स

विश्व रक संगीतका सर्वाधिक सफल गायक ब्रायन एडम्सले सन् २०११ मा काठमाडौंको दशरथ रंगशालामा भव्य सांगीतिक प्रस्तुति दिएका थिए । उनको उक्त कन्सर्ट सोल्डआउट समेत भएको थियो ।

गेरी हेलिवेल

युनिसेफको सद्भावना दूतको रुपमा अभिनेत्री गेरीले सन् २००९ मा नेपाल भ्रमण गरेकी थिइन् । अमेरिकन आइडल, अष्ट्रेलिया गट ट्यालेन्ट, द एक्स फ्याक्टरजस्ता चर्चित टीभी रियालिटी शोमा उनले काम गरिसकेकी छन् । उनलाई स्पाइस गर्लको रुपमा पनि चिनिन्छ । उनले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेकी थिइन् । नेपालसँगको उनको चुम्बन त्यतिबेला चर्चित बन्यो ।

स्टिभन सेगल

अण्डर सेइज र हाफ पास्ट डेडजस्ता एक्सन फिल्ममा अभिनय गरेका अभिनेता सेगल नेपालमा थुप्रै पटक आएका छन् । बौद्ध भिक्षुको रुपमा उनी केही वर्ष तिब्बतमा समेत बसेको बताइन्छ । हिमालय पाण्डाको संरक्षणबारे उनले काम पनि गरेका थिए ।

जेरेमी आइरन्स

ओस्कार अवार्ड विजेता अभिनेता जेरेमी आइरन्स सन् २००१ मा पत्नीसहित नेपाल घुम्न आइपुगेका थिए । ‘डाइ हार्ड विथ भिनेन्जेन्स’का खलपात्र समेत रहेका उनले लण्डनमा नेपाललाई सघाउन आयोजित च्यारिटी कार्यक्रममा समेत भाग लिएका थिए ।

स्टिङ र रिकी मार्टिन

१६ पटकको ग्रामी अवार्ड विजेता तथा ‘एभ्री व्रिथ यु टेक’ गायक स्टिङले सन् २००५ र सन् २००८ मा नेपाल भ्रमण गरेका थिए । उनले र्‍याफ्टिङ र पर्वतीय दृश्यावलोकन गरेका थिए । उनले ठमेलमा ज्याज संगीतमा स्थानीय ब्याण्डसँग पनि प्रस्तुति दिएका थिए ।

लाउरेन कोनार्ड

अमेरिकी टीभी पर्सनालिटी समेत रहेकी लाउरेन कोनार्ड टीभी कार्यक्रम ‘लागुना बिच’का कारण चर्चामा छिन् । सन् २०१३ मा बिदा मनाउन उनी नेपाल आइपुगेकी थिइन् ।

मोर्गन फ्रिम्यान

हलिउड अभिनेता फ्रिम्यान तीन वर्षअघि नेपाल आएका थिए । नेसनल जोग्राफिकको शो ‘स्टोरी अफ गड’को छायांकनका लागि उनी नेपाल आएका थिए । उनले हालै दशैं सम्झिंदै आफू नोस्टाल्जिक भएको बताएका थिए ।

ज्याक गिलेनहाल

ब्रोकब्याक माउन्टेन स्टार ज्याक गिलेनहाल सन् २०१४ मा हलिउड फिल्म ‘एभरेष्ट’को सुटिङको लागि नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ढिलो साँझ परेको डालसको आँगनमा सूर्यका किरण मधुरा हुन थालेका थिए । घाम पश्चिम क्षितिजमा पुग्नै लागेको बेला झकिझकाउ मञ्चमा देखिए अमृत गुरुङ । परिचयको कुनै फुर्को जोडिरहनु नपर्ने अमृतलाई सुन्न उनका फ्यानहरु आतुर थिए । उत्तर फर्किएको मञ्चमा उनी उभिनासाथ तालीको गडगडाहट सहित दर्शकले उत्तेजना र उमंग मिसिएको लवजमा उनको स्वागत गरे । दर्शकलाई नमस्ते ...
। प्रंशसकलाई चक्मा दिंदै विश्वचर्चित अमेरिकी रक ब्याण्ड लिंकिन पार्कले सात वर्षपछि नयाँ लाइनअपसहित जबर्जस्त पुनरागमन गरेको छ । एमिली आर्मस्ट्रङ र कोलिन ब्रिटन क्रमशः सहभोकलिस्ट र ड्रमर-सहनिर्माताको रूपमा सामेल भएका छन् । पुनरागमनसँगै ब्याण्डले विश्व टुरको घोषणा गरेको छ । त्यसअघि नोभेम्बर १५ मा ब्याण्डको नयाँ एल्बम ‘फ्रम जिरो’ रिलिज तयारीमा छ । टुरअन्तर्गत चार ...
। शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार टिकटकले सरकारले राखेका शर्तबाहेक अन्य विषयमा ...
। फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकी आउँदो शनिबार नेपाल आउने भएका छन् । आउँदो आइतबार फिल्मको प्रिमियर समारोह आयोजना गरिएको छ । निर्देशक तथा निर्माता मीनबहादुर भामका अनुसार यी दुई भारतीय कलाकारले फिल्म समेत हेर्नेछन् । अभिनेता सिद्दिकीले बर्लिनमै फिल्म हेरिसकेको र ठूलो पर्दामा हेर्ने इच्छा जनाएका निर्देशक ...
। गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन सुरु भएको छ । यतिबेला ब्लाइन्ड अडिसनका लागि १२० जना प्रतियोगी छनोट भएका छन् । निर्देशक लक्ष्मण पौडेलले यसपटक उत्साहजनक सहभागिता पाइएको बताए । उनका अनुसार डिजिटल अडिसनमा ४० हजार आवेदन आएका थिए । जसबाट दुई हजार जनाले फिजिकल अडिसनमा भाग लिए । तीमध्येबाट १२० जना ब्लाइन्डमा ...