मुख्य समाचार
भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन
भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन

— भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा बुधबार निधन भएको छ ।

अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन् । खेरले लेखेका छन्– 'मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।' खेरले कौशिकसँग ४५ वर्षदेखि साथी रहेको पनि उल्लेख गरेका छन् । गुरुग्रामस्थित साथीको घरमा होली मनाउन गएका उनलाई हृदयघात भएको थियो । तत्काल फोर्टिस अस्पतालमा लगे पनि उनको सोही कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए । बलिउडमा आउनुअघि उनले नाट्यशालाहरुमा अभियन गर्थे । उनले नेसनल स्कुल अफ ड्रामा, नयाँ दिल्ली तथा फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, पुनामा अभियन सिकेका थिए ।

कौशिकले अभियन गरेका मिस्टर इन्डिया–१९८७, दिवाना मस्ताना–१९९७ चर्चित फिल्म हुन् । उनले सन् १९९० मा 'रामलखन' र सन् १९९७ मा 'साजन चले ससुराल' फिल्मबाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए ।

'रूप के रानी चोरोंका राजा (१९९३)का फिल्मबाट निर्देशनमा आएका कौशिकले 'हम आपके दिलमे रहेते है(१९९९),'तेरे नाम (२००३)जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए ।


कौशिकका पत्नी र एक छोरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ढिलो साँझ परेको डालसको आँगनमा सूर्यका किरण मधुरा हुन थालेका थिए । घाम पश्चिम क्षितिजमा पुग्नै लागेको बेला झकिझकाउ मञ्चमा देखिए अमृत गुरुङ । परिचयको कुनै फुर्को जोडिरहनु नपर्ने अमृतलाई सुन्न उनका फ्यानहरु आतुर थिए । उत्तर फर्किएको मञ्चमा उनी उभिनासाथ तालीको गडगडाहट सहित दर्शकले उत्तेजना र उमंग मिसिएको लवजमा उनको स्वागत गरे । दर्शकलाई नमस्ते ...
। प्रंशसकलाई चक्मा दिंदै विश्वचर्चित अमेरिकी रक ब्याण्ड लिंकिन पार्कले सात वर्षपछि नयाँ लाइनअपसहित जबर्जस्त पुनरागमन गरेको छ । एमिली आर्मस्ट्रङ र कोलिन ब्रिटन क्रमशः सहभोकलिस्ट र ड्रमर-सहनिर्माताको रूपमा सामेल भएका छन् । पुनरागमनसँगै ब्याण्डले विश्व टुरको घोषणा गरेको छ । त्यसअघि नोभेम्बर १५ मा ब्याण्डको नयाँ एल्बम ‘फ्रम जिरो’ रिलिज तयारीमा छ । टुरअन्तर्गत चार ...
। शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार टिकटकले सरकारले राखेका शर्तबाहेक अन्य विषयमा ...
। फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकी आउँदो शनिबार नेपाल आउने भएका छन् । आउँदो आइतबार फिल्मको प्रिमियर समारोह आयोजना गरिएको छ । निर्देशक तथा निर्माता मीनबहादुर भामका अनुसार यी दुई भारतीय कलाकारले फिल्म समेत हेर्नेछन् । अभिनेता सिद्दिकीले बर्लिनमै फिल्म हेरिसकेको र ठूलो पर्दामा हेर्ने इच्छा जनाएका निर्देशक ...
। गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन सुरु भएको छ । यतिबेला ब्लाइन्ड अडिसनका लागि १२० जना प्रतियोगी छनोट भएका छन् । निर्देशक लक्ष्मण पौडेलले यसपटक उत्साहजनक सहभागिता पाइएको बताए । उनका अनुसार डिजिटल अडिसनमा ४० हजार आवेदन आएका थिए । जसबाट दुई हजार जनाले फिजिकल अडिसनमा भाग लिए । तीमध्येबाट १२० जना ब्लाइन्डमा ...