मुख्य समाचार
शुक्लाफाँटाका बँदेलमा अफ्रिकन स्वाइन फिभर
शुक्लाफाँटाका बँदेलमा अफ्रिकन स्वाइन फिभर

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बँदेलमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको छ । निकुञ्जमा मृत भेटिएको बँदेलको परीक्षण गर्दा स्वाइन फिभर देखिएको हो ।


निकुञ्ज प्रशासनका अनुसार बर्निखेडा क्षेत्रमा फागुन १८ मा मृत भेटिएको बँदेलको रगत र अंग परीक्षण गर्दा स्वाइन फिभर पुष्टि भएको हो । निकुञ्जमा मृत भेटिएको बँदेलको रगतको नमुना संकलन गरेर पीसीआर परीक्षण गर्दा दोस्रो दिन नतिजा आएको थियो ।

‘हामीले बँदेल मृत भेटिएपछि प्रयोगशालामा खबर गर्‍यौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले भने, ‘त्यसपछि परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो ।’ निकुञ्जभित्रै स्वाइन फिभर देखिएपछि बँदेल सखाप हुने जोखिमसमेत बढेको उनले बताए ।

अफ्रिकन स्वाइन फिभर सुंगुर, बंगुर र बँदेलमा देखिने एक किसिमका संक्रामक रोग हो । अफ्रिकी मुलुकहरूबाट यो एक वर्षअघि नेपालमा भित्रिएको हो । तर जंगली बँदेलमा संक्रमण देखिएको भने पहिलो भएको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेश जोशीले बताए ।

‘नेपालमा गत वर्ष चैतमा पहिलो पटक यो संक्रमण देखिएको हो,’ उनले भने, ‘सुदूरपश्चिममा कात्तिकमा पहिलो पटक कैलालीमा देखिएको थियो, जंगली बँदेलमा देखिएको नेपालमै पहिलो पटक हो ।’ उनका अनुसार कैलालीमा सुंगुर, बंगुर र बँदेलमा ठूलो संख्यामा यो संक्रमण देखिएको छ । कतिपय बंगुर फार्महरू रित्तो भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसहितको टोली बुधबार कान्तिबाल अस्पतालको आकस्मिक अनुगमन गरेको छ । अनुगमनको क्रममा स्वास्थ्यमन्त्री यादवसहित सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहसहितको टोली अस्पताल पुगेको थियो । अस्पतालको अनुगमन गरेपछि मन्त्री यादवले अस्पताल प्रशासनलाई उपचारका लागि आएका बिरामीलाई कुनैपनि कारणले फर्काउन बन्द गर्न निर्देशन दिएका छन् । अनुगमनका क्रममा ...
। आनुवांशिक रुपले संशोधित सुँगुरको मिर्गौला जीवित मानिसमा पहिलोपटक प्रत्यारोपण गरिएको छ । अमेरिकी डाक्टरहरुले गत विहीबार यसको जानकारी गराएका छन् । चिकित्सा क्षेत्रको यो अहम् सफलताले मिर्गौला रोगसँग जुधिरहेका मानिसहरुका लागि सम्भावनाको नयाँ ढोका खोलिदिएको छ । गत शनिबार अमेरिकाको म्यासाच्युसेट्स जनरल अस्पतालमा ४ घण्टाको शल्यक्रिया पश्चात् डाक्टरहरुले एकजना ६२ वर्षीय पुरुषमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका ...
होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने चनाखो हुन जरुरी छ । यस्तोमा होली खेल्नुअघि र पछि अनुहार र कपालको हेरचाह गर्न जरुरी हुन्छ । ताकि, होली पनि मनाउन सकियोस्, अनुहार र कपालको सौन्दर्यमा ...
अमेरिकी वैज्ञानिकहरुले एउटा यस्तो औषधि बनाएका छन् जसको सेवनपछि तपाईंले तन्दुरुस्त रहनका लागि कुनै व्यायाम गर्नुपर्ने छैन । उक्त चक्की खाएपछि शरीरमा यस्तो परिवर्तन आउनेछ जुन व्यायामपछि देखा पर्दछ। हाल वैज्ञानिकहरुले यो औषधिको परीक्षण मुसामा गरिरहेका छन् र उक्त परीक्षणमा महत्वपूर्ण सफलता पनि प्राप्त भएको छ। उक्त औषधिको नाम हालका लागि Exercise Pill अर्थात् व्यायाम चक्की राखिएको ...
। संसारमा दुई तरिकाले बच्चा जन्माइन्छ, भजाइना (सामान्य) र सिजरियन डेलिभरी (शल्यक्रिया) । भजाइना डेलिभरी पनि धेरै तरिकाले गर्न सकिन्छ जस्तै, उठेर, बसेर, घोप्टो परेर गरिन्छ । भजाइना डेलिभरीअन्तर्गत पर्छ, पानीमा बसाएर गर्ने प्रसूति पनि । अर्थात् वाटर वर्थ डेलिभरी । यस्तो प्रचलन अहिले विश्वमा बढ्दो छ । तर नेपालमा भने यो अभ्यास त्यति पाइँदैन । हामीकहाँ ...