मुख्य समाचार
सेलेना गोमेज र जेन मलिकबीच सहकार्यसँगै अफेयरको चर्चा
सेलेना गोमेज र जेन मलिकबीच सहकार्यसँगै अफेयरको चर्चा

। विश्व संगीतका दुई चर्चित अनुहारहरु जेन मलिक र सेलेना गोमेजले सांगीतिक सहकार्य गर्ने भएका छन् । इन्स्टाग्राममा एकले अर्कोलाई फलो गरेसँगै यी दुईले सहकार्य गर्ने सम्भावनाबारे चर्चा सुरु भएको छ । मार्च ८ मा सेलेनालाई फलो गर्दै मलिकले यी दुईबीच सम्भावित टिमअपको संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मलिकको हालैको गतिविधिले इन्स्टाग्राममा चर्चा बटुलेको छ । ‘टु बिगिन अगेन’ गायकले हालै इन्स्टाग्राममा पूर्वप्रेमिका सेलेनालाई फलो गरेका हुन् । मलिकले उनलाई इन्स्टाग्राममा फलो मात्र गरेनन्, सेलेनाकी आमा त्रिशा मलिकले पनि गायकलाई फलो गरेको देखिएको छ । ‘पिलो टक’ गायकले इन्स्टाग्राममा सेलेनासहित १८ जनालाई मात्र फलो गरेका छन् ।

गोमेज र मलिकले सम्भवतः आगामी प्रोजेक्टको लागि सँगै काम गर्ने खबर बाहिरिएपछि फ्यानबीच खुसी छाएको छ । कतिपयले यी दुईबीच नयाँ लभ अफेयर सुरु भएको हुन सक्ने अड्कल काटेका छन् । फ्यानले यो टिमअपलाई लिएर विभिन्न टिप्पणी गरिरहेका छन् । नेपालसहित विश्वभर सेलेना र मलिकका फ्यानहरु छन् ।

व्यक्तिगत कुरा गर्दा सेलेना यसअघि विकेन्ड र जस्टिन बिबरसँगको अफेयर टुटेपछि यतिबेला सिंगल छिन् भने गायक मलिक पनि गिगी हदिदसँगको वैवाहिक सम्बन्ध टुंगिएपछि एक्लै छन् । परिस्थितिले पनि यी दुईलाई निकट ल्याएको अनुमान हलिउड मिडियाले गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ढिलो साँझ परेको डालसको आँगनमा सूर्यका किरण मधुरा हुन थालेका थिए । घाम पश्चिम क्षितिजमा पुग्नै लागेको बेला झकिझकाउ मञ्चमा देखिए अमृत गुरुङ । परिचयको कुनै फुर्को जोडिरहनु नपर्ने अमृतलाई सुन्न उनका फ्यानहरु आतुर थिए । उत्तर फर्किएको मञ्चमा उनी उभिनासाथ तालीको गडगडाहट सहित दर्शकले उत्तेजना र उमंग मिसिएको लवजमा उनको स्वागत गरे । दर्शकलाई नमस्ते ...
। प्रंशसकलाई चक्मा दिंदै विश्वचर्चित अमेरिकी रक ब्याण्ड लिंकिन पार्कले सात वर्षपछि नयाँ लाइनअपसहित जबर्जस्त पुनरागमन गरेको छ । एमिली आर्मस्ट्रङ र कोलिन ब्रिटन क्रमशः सहभोकलिस्ट र ड्रमर-सहनिर्माताको रूपमा सामेल भएका छन् । पुनरागमनसँगै ब्याण्डले विश्व टुरको घोषणा गरेको छ । त्यसअघि नोभेम्बर १५ मा ब्याण्डको नयाँ एल्बम ‘फ्रम जिरो’ रिलिज तयारीमा छ । टुरअन्तर्गत चार ...
। शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र तुरुन्तै दिन सकिने बताएका मन्त्रालय स्रोतले बताएको छ । स्रोतका अनुसार टिकटकले सरकारले राखेका शर्तबाहेक अन्य विषयमा ...
। फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकी आउँदो शनिबार नेपाल आउने भएका छन् । आउँदो आइतबार फिल्मको प्रिमियर समारोह आयोजना गरिएको छ । निर्देशक तथा निर्माता मीनबहादुर भामका अनुसार यी दुई भारतीय कलाकारले फिल्म समेत हेर्नेछन् । अभिनेता सिद्दिकीले बर्लिनमै फिल्म हेरिसकेको र ठूलो पर्दामा हेर्ने इच्छा जनाएका निर्देशक ...
। गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन सुरु भएको छ । यतिबेला ब्लाइन्ड अडिसनका लागि १२० जना प्रतियोगी छनोट भएका छन् । निर्देशक लक्ष्मण पौडेलले यसपटक उत्साहजनक सहभागिता पाइएको बताए । उनका अनुसार डिजिटल अडिसनमा ४० हजार आवेदन आएका थिए । जसबाट दुई हजार जनाले फिजिकल अडिसनमा भाग लिए । तीमध्येबाट १२० जना ब्लाइन्डमा ...