मुख्य समाचार
कञ्चनपुरमा स्वाइन फिभरबाट बँदेलको मृत्यु
कञ्चनपुरमा स्वाइन फिभरबाट बँदेलको मृत्यु

: कञ्चनपुरका बंगुर फार्ममा अफ्रिकन स्वाइन फिभरको संक्रमण तीव्र फैलिन थालेको छ।


केही महिना यतादेखि यहाँको बेदकोट नगरपालिका र कृष्णपुर नगरपालिकाका केही बंगुर फार्ममा देखिएको यो भाइरस शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बदेलमा पनि देखिएपछि निकुञ्जभित्रका बँदेल सखाप हुने जोखिम बढेको छ। यसको कुनै उपचार नभएकाले संक्रमण फैलिए जनावरमा धेरै क्षति पुग्न सक्ने पशु चिकित्सकहरू बताउँछन्।

गत माघमा कञ्चनपुरको बेदकोट नगरपालिकाको एक बंगुर फार्ममा पहिलो पटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको थियो। त्यसको केही दिनपछि कृष्णपुर नगरपालिकाको बंगुर फार्म पनि संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जनाएको छ।

‘कञ्चनपुरमा पहिलो पटक बेदकोट र कृष्णपुरको बँगुर फार्ममा संक्रमण देखिएको हो’, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका बरिष्ठ पशु चिकित्सक पानसिंह ठगुन्नाले भने, ‘अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि संक्रमण देखिएको छ आजै पुनर्वासमा पनि बंगुर मरेको खबर आएको छ।’ उनले यसको कुनै उपचार नभएकाले यसबाट बच्न बंगुर फार्मलाई सुरक्षित राख्नुपर्ने बताए।

संक्रमणकै कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक बँदेलको मृत्यु भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले निकुञ्जको बदेलमा अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट बँदेलको मृत्यु भएको बताए। ‘गत १९ गते निकुञ्जमा गस्ती गरिरहेका बेला बँदेल मृत अवस्थामा भेटिएको थियो’, प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘चोटपटक नलागेको र जीउ सुन्निएको अवस्थामा देखेपछि परिक्षण गरिएको हो।’ उनका अनुसार काठमाडौको केन्द्रिय प्रयोगशालामा परिक्षण गर्दा बदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो।

निकुञ्जभित्र संक्रमण देखिएपछि अन्य जनावरहरूमा समेत संक्रमणको जोखिम बढेको छ। अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडामहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेका धब्बा देखिने र नाकबाट फिंज आउनेजस्ता लक्षणहरू देखा पर्ने पशु चिकित्सकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
काठमाडौं । चिरायु अस्पतालले गीत-संगीत बजेबापत सर्जकलाई रोयल्टी दिने भएको छ । प्रस्तोता समाज, संगीत रोयल्टी संकलन समाज र संगीत तथा चलचित्र उत्पादक समाज नेपाल तथा चिरायु अस्पतालबीच रोयल्टी संकलन सम्बन्धमा सम्झौता भएको हो । जसअनुसार अस्पतालले आफ्नो परिसरमा गीत-संगीतको प्रयोग भएबापत सर्जकलाई रोयल्टी दिने भएको छ । प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी संकलन ...
काठमाडौँ — गत जेठ १६ गते सिन्धुलीको दूधौली नगरपालिका-१ कुर्थौलीमा दुई जना बालकहरूको सर्पको डसाइबाट ज्यान गयो । १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको सर्पको डसाइबाट मृत्यु भएको थियो । सर्पले ग्रिसलाई बायाँ हातको औंलामा र ग्रिस्मको बायाँ खुट्टामा डसेको थियो । ओछ्यानमा सुतिरहेका बेला उनीहरूलाई १६ गते बिहान ३ बजे ...
गर्मी चढेसँगै मुलुकका विभिन्न स्थानमा तातो हावा बहन थालेको छ । तराईका कति जिल्लामा तापक्रम ४० डिग्री सेल्सियस नाघ्दा जनजीवन प्रभावित भएको छ । विद्यालयहरू बन्द गरिएका छन् । मनसुनी वर्षाको तत्काल छेकछन्द नदेखिएकाले केही दिन गर्मी अझै बढ्ने आकलन मौसमविज्ञहरूको छ । तसर्थ, चर्को गर्मीबाट बच्न नागरिकहरूले स्वास्थ्य सावधानी अपनाउन जरुरी छ । सरकारले पनि यसबाट प्रभावित नागरिकलाई विशेष ध्यान ...
काठमाडौं : तराई भूभागमा आगामी पाँच दिनसम्म लू लाग्न सक्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखा ले शुक्रबार दिउँसो 'तातो दिन तथा लू सम्बन्धी बुलेटिन' सम्बन्धी विशेष बुलेटिन जारी गरेर उक्त जानकारी दिएको हो। आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने ...
कर्णाली : राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर शिशु मृत्युदर रहेको देखिएको छ । तीन लाख ५२ हजार नौ सय ८३ विवाहित महिलाले हालसम्म आठ लाख ५२ हजार तीन सय २२ बच्चा जन्माएका छन् । तीमध्ये छ दशमलव चार प्रतिशत अर्थात् ५४ हजार पाँच सय ४८ शिशुको मृत्यु भएको राष्ट्रिय तथ्याङ्क ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम